गौरादह नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरादह नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरछत्रपती सुबेडी
 • उप मेयरजल वर्षा राजबन्शी
क्षेत्रफल
 • जम्मा१४९.८६ किमी (५७.८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४७,३९३
 • घनत्व३२०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटgauradahamun.gov.np

गौरादह नेपालको मेची अञ्चलको झापा जिल्लाको एक नगरपालिका हो।[१] गौरादह दमक नगरपालिकागौरीगन्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन्दर पोखरीहरू रहेका छन।[१] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको हो।[२] गौरादह नगरपालिकाको केन्द्र भने साबिक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० वटा गाउँपालिका कायम भएका छन्।[१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर गौरादह नगरपालिका बनाइएको हो।[३] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गौरादह नगरपालिकाको जनसङ्ख्या ६०,४५१[४] रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० वटा गाउँपालिका", सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, २०७८ आस्विन १, अन्तिम पहुँच २०८० भदौ ०३ 
  2. "गौरादह नगरपालिका घोषण, स्थानियबासिन्दामा खुसियाली", स्वतन्त्र खबर, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १ [dead link]
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  4. "population | national_population and housing_census_year results", censusnepal.cbs.gov.np, अन्तिम पहुँच २०२३-०८-२० 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named नेपालको राष्ट्रिय जनगणना २०७८ (गाविस तह)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]