चन्दन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
श्रीखण्ड
Sandalwood leaf

हाम्रा घर–मन्दिरमा घोटेर लेपको टीका लगाइने सामान्य चन्दनलाई हामी सेतो चन्दन वा श्रीखण्ड भन्दछौँ। अङ्ग्रेजीमा यसलाई 'स्याण्डल उड'en:Sandalwood भनिन्छ। अहिले चर्चामा रहेको रक्तचन्दनलाई पनि अङ्ग्रेजीमा अगाडि 'रेड' थपेर त्यसै भनिन्छ। चन्दनको वैज्ञानिक नाम- 'स्यान्टालम अल्बम' (en:Santalum album)। 'सान्टाक्लज' भनेजस्तै पिता वा परमेश्वरको आदर बोकेको यस बिरुवालाई 'स्यान्टालम' र यसको सेतो प्रजातिलाई 'अल्बम' भनिएको हो। यसको सुगन्धित तेलको रासायनिक नाम 'स्यान्टालोल' छ। पुरानो ग्रन्थमा श्रीखण्डलाई 'स्यान्टल उड' नै भनिएको छ। तर कालान्तरमा अङ्ग्रेजी अपभ्रंशले 'स्याण्डल' बनाएर हेय भावार्थ दियो। नेपालमा यदाकदा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा हैनन्। यी नेपालमा पाइँदैनन्।

हेर्नुहोस् [सम्पादन गर्ने]