खप्तड छेडेदह गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छेडेदह गाउँपालिकाबाट अनुप्रेषित)
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका is located in नेपाल
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका
निर्देशाङ्क: २९°२४′२४″N ८१°१७′५६″E / २९.४०६७°N ८१.२९८९°E / 29.4067; 81.2989निर्देशाङ्कहरू: २९°२४′२४″N ८१°१७′५६″E / २९.४०६७°N ८१.२९८९°E / 29.4067; 81.2989
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा जिल्ला
सरकार
 • प्रकारस्थानीय सरकार
क्षेत्रफल
 • जम्मा१३५.०८ किमी (५२.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५७५
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटhttps://www.chhededahamun.gov.np/

खप्तड छेडेदह गाउँपालिका सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित एक गाउँपालिका हो।[१] यस गाउँपालिका जिल्लाको पश्चिमी भागमा पर्दछ। बाजुरा जिल्लाका साविकका डोगडी, गुदुखाती, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविसहरूलाई मिसाएर यस गाउँपालिकाको घोषणा भएको थियो।

यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझाङ जिल्ला, उत्तरमा गौमुल गाउँपालिका र दक्षिणमा बुढिगङ्गा नगरपालिका र अछाम जिल्लासँग जोडिएको छ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या १८,५७५ रहेको थियो[२] भने यसले १३५.०५ वर्ग किलो क्षेत्र ओगटेको छ।[३]

नामकरण[सम्पादन गर्नुहोस्]

खप्तड राष्ट्रिय निकुञ्ज तथा छेडेदह ताल यसै क्षेत्रमा पर्ने भएकाले यसको नाम खप्तड छेडेदह राखिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२० 
  2. "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२० 
  3. "National Population and Housing Census 2011(National Report)", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति