जुलियन असान्ज
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
छोटो समयमै ठूलो चर्चा कमाउने व्यक्तिहरूमा जुलियन असान्ज पहिलो नम्बरमा पर्छन्। यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ। अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक हुन्। कारण उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रू पमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिए। यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन्। अमेरिकी संस्थापन पक्ष असान्जले असल पत्रकारिता नगरेको मान्छ। अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवं विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने असान्ज हिरो हुन्। उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लैले गरे। [१]
वर्ष २०१० का पछिल्ला महिना विश्वभरिका सञ्चारमाध्यमले सबैभन्दा धेरै पटक फुकिएको वा लेखिएको नाम हो, विकिलिक्स र त्यसका सञ्चालक जुलियन अन्साज। अमे रिकी सरकारका गोप्य एवं अति गोप्य भनिएका दस्तावेजहरू उनी प्रमुख रहेको विकिलिक्समा सार्वजनिक भएपछि अमेरिकी सरकार यति धेरै आत्तियो कि त्यसको बचाउ गर्न विदेश मन्त्री हिलारी क्लिन्टनले प्रमुख देशहरूको भ्रमण गर्नुपर्यो। साता दिनसम्म सिनेटमा अन्साजविरुद्ध कस्तो कारबाही गर्न सकिन्छ भनेर छलफल गर्नुपर्यो। कतिपय सिनेटले अन्साजलाई ओसामा विन लादेनजस्तै आतंकवादी घोषणा गर्नुपर्ने राय व्यक्त गरे भने कतिले उनलाई गोली ठोक्नुपर्ने मत राखे। अन्साजले लगातार अति गोप्य दस्तावेज सार्वजनिक गरेपछि उनीविरुद्ध बलात्कारका दुईवटा अभियोगमा मुद्दा दायर गरियो। उनलाई स्वतन्त्र बाँच्न यति कठिन भयो कि उनले आफैंले बेलायती प्रहरीसमक्ष आत्मसमर्पण गरे। उनको साइटलाई अमेरिकी संस्थापन पक्षले धेरैपल्ट इन्टरनेट सञ्जालबाट हटाउने, उनको बैंक खाता बन्द गर्ने तथा विभिन्न किसिमका अप्ठयारोमा पार्न खोजे पनि उनका समर्थकहरूले ती सबै प्रयासलाई अवरुद्ध तुल्याएका छन्। अहिले अन्साज टाइम म्यागजिनको सर्वेक्षणमा सबैभन्दा बढी मत पाउने व्यक्ति बनेका छन्। विकिलिक्सका लाखौं मिरर साइट खोलिनुले पनि उनी कति शक्तिशाली छन् भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि उनलाई टाइमले वर्ष व्यक्ति घाषणा गर्न सकेन। अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले अमेरिकालाई हानि हुने दस्तावेज प्रकाशित गरेकै कारण अन्साजलाई उक्त सूचीमा नराखिएको अनुमान गरिन्छ।
अस्टे्रेलियामा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन्। १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बने। कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो। जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्व इन्टरनेट सञ्जालमा बामे सर्दै थियो। उनी सधैं समयभन्दा दुई पाइला अघि रहे। उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ।