ओसामा बिन लादेन
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| ओसामा बिन लादेन | |
|---|---|
![]() ओसामा बिन लादेन |
|
| जन्म | Expression error: Unrecognized punctuation character "�"., १९५७ साउदी अरब |
| पेशा | इन्जिनियरिङ |
| कार्यकाल | १९७९–२०११ |
| जिवनसाथी | धेरै छन |
| सन्तान | धेरै छन |
ओसामा बिन लादेन १० मार्च १९५७मा साउदी अरबको एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे। साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजीकिए। अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे। त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा फेसेनेबेल कपडामा देखिएका थिए।
तर जब १९७९मा सोभियत संघले अफगानिस्तानमाथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए। अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले अलकायदाको मूल संगठन स्थापना गरे। अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए। ओसामा भन्थे साउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन्। मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८मा अमेरिकाको विरुद्धमा युद्धको घोषणा गरेका थिए। १९९४मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो। त्यसपछि उनी सुडान हँुदै १९९६ पुनः अफगानिस्तान पुगे।
१९९८मा केन्या र तान्जानियाको अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए। अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो। यसपछि अमेरिकाले ओसामालाई दुस्मनका रूपमा हेर्न थाल्यो। अमेरिकी गुप्तचर संगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो।
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घण्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए। विन अपि्रुकामा बम विस्फोट १९९३मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए।
सन् २००१ सेप्टेम्बर ११मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए। त्यो हमलापछि बिन लादेन अनेकौँ पश्चिमी देशका लागि अन्तर्राष्ट्रिय आतंकवादी थिए भने केही मानिसका लागि इस्लाम धर्ममा श्रद्धा राख्ने महान् नायक पनि। उनले जिहादको नाममा विश्वका महाशक्ति राष्ट्रलाई तसा्रइरहे। [१]
सन्दर्भ सामाग्री [सम्पादन गर्ने]
आल्á é ,एर्द
बाह्य सूत्र [सम्पादन गर्ने]
Osama bin Ladenको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| Definitions from Wiktionary |
|
| Textbooks from Wikibooks |
|
| Quotations from Wikiquote |
|
| Source texts from Wikisource |
|
| Images and media from Commons |
|
| News stories from Wikinews |
|
| Learning resources from Wikiversity |
- ढाँचा:Aljazeeratopic
- Osama bin Laden collected news and commentary at Dawn
- ढाँचा:Guardiantopic
- ओसामा बिन लादेन collected news and commentary at The New York Times
- Osama bin Laden collected news and commentary at The Wall Street Journal
- Works by or about ओसामा बिन लादेन in libraries (WorldCat catalog)
- ढाँचा:JURISTtopic
- Full text: bin Laden's 'letter to America', The Observer, November 24, 2002
- Hunting Bin Laden, PBS Frontline, (November 2002)
- Young Osama, Steve Coll, The New Yorker, December 12, 2005
- How the World Sees Osama bin Laden[dead link], slideshow by Life
- The Osama bin Laden File from The National Security Archive, posted May 2, 2011
- Letters from Abbottabad from Combating Terrorism Center
