डेमी मुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेमी मुर
Moore at the 2010 Time 100 Gala
जन्मDemi Gene Guynes
(1962-11-11) नोभेम्बर ११, १९६२ (उमेर ६१)
Roswell, New Mexico, अमेरिका
पेशाActress
कार्यकाल1981–present
जीवनसाथीFreddy Moore (1980–1985)
Bruce Willis (1987–2000)
Ashton Kutcher (2005–2013)
सन्तानRumer Willis, Scout Willis, Tallulah Willis

डेमी मुरको पूरा नाम डेमी गिनेस कुचर हो। टेलिभिजन शृङ्खला जेनरल हस्पिटलबाट अभिनययात्रा प्रारम्भ गरेकी डेमी से न्ट एल्मोज् फायर -१८८५)बाट हलिउडमा स्थापित नायिकाका रूपमा प्रख्यात भइन्। सन् १९९०मा चलचित्र घोष्टका लागि १ करोड डलर लिएर सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याइन्। त्यसपछि १ करोड डलर लिएर उनले लगातार अ फ्यु गुड मेन -१९९२), इन्डिसेन्ट प्रपोजल -१ ९९३) एवं डिस्किलोजर -१९९४) जस्ता चलचित्रमा अभिनय गरिन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

न्यू मेक्सिकोको रसवेलमा जन्मिएकी मुरको बाल्यकाल दुःखद थियो। दुई महिनाकी छँदा उनका बुबा उनकी आमालाई छाडेर बेपत्ता भएका थिए। उनकी आमाले ड्यानी गिन्स नामका पुरुषसँग दोस्रो विवाह गरिन् तर ड्यानीले त्यसको एक वर्षमै आत्महत्या गरे। यसले कलिली मुरको मनमा त्रासयुक्त जीवनको बोध गरायो। उनले आफ्नो बाल्यकालमा करिब ४० वटा डेरा सरेको अनुभव सुनाएकी छिन्। आमा र सौतेनि बुवा दुवैमा रक्सीको लत बसेका कारण दुबै बेलाबेलामा मारपिटमा ओर्लन्थे। त्यही पीडामा ड्यानीले आत्महत्या गरेको हुनसक्ने मुरको अनुभव छ।

हलिउड यात्रा[सम्पादन गर्नुहोस्]

Moore at the Academy Awards in 1989

सन् १९८०मा असाध्यै अप्ठ्यारो आर्थिक अवस्थामा मुरले १७ वर्षको उमेरमा प|mेडी मूर नामक युवकसँग विवाह गरेकी थिइन्। जीवनमा प्रगति गर्नका लागि विवाह बाध्यता थियो। मुरसँग विवाह गरेपछि उनले हलिउडको रङ्गीन दुनियामा प्रवेश गरेकी हुनाले उनको नामपछाडि मुर जोडिएको हो। उनका श्रीमान् सामान्य व्यापारी थिए तर उनी यति प्रशिद्ध भइन् कि प|mेडीमुर आफ्नी श्रीमतीको प्रगतिबाट असन्तुष्ट हुन थाले। यो अवस्था कायम राख्नु उचित थिएन। फलस्वरूप मुरले सन् १९८७मा ब्रुस विलिससित विवाह गरिन्। ब्रुसबाट तीन छोरी जन्मिए। उनीहरूको त्यो विवाह सन् २०००मा टुङ्िगयो। त्यसपछि असल श्रीमान्को खोजी गर्दै र तीन छोरी स्याहार्दै उनले ५ वर्ष बिताइन्। अन्ततः उनले चर्चित कलाकार अस्टिन कुचरसँग विवाह गरिन्। मुरभन्दा ५ वर्ष कान्छा अस्टिनसँग दुई वर्षे प्रेमपछि वैवाहिक सम्बन्ध गाँसिएको हो। अहिले अस्टिन हलिउडका सबैभन्दा व्यस्त नायक भएका छन् भने मुर टेलिभिजन कार्यक्रमको निर्माण एवं विभिन्न ब्राण्डकी प्रस्तोता बनेकी छिन्।

Moore at the Huffington Post Pre-Inaugural Ball, 2009.

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष फिल्म भूमिका नोट
1973 चइसेस कोरी
पैरासाईट पेट्रीसिया वेलेस
1983 यंग डाक्टर्स इन लव न्यू इन्टर्न अन्क्रेडीटेड
1984 नो स्मल अफेयर लरा विक्टर
ब्लेम इट अन रियो निकोल 'निकी' हलिस
1985 सेंट एल्मोस फायर जूल्स
1986 विजडम केरेन सीमन्स
वन क्रेजी समर कसांड्रा एल्ड्रिज
अबाउट लास्ट नाईट... डेबी
1988 द सेवेंथ साइन एबी क्विन
द न्यू होमओनर्स गाइड टु हैपीनेस लघु फिल्म
1989 वी आर नो एन्जिल्स मली
1990 घोस्ट मली जेन्सेन सर्वश्रेष्ठ अभिनेत्रीको लागि सैटर्न पुरस्कार
नामित - "मोशन पिक्चरमा एक अभिनेत्री द्वारा सर्वश्रेष्ठ प्रदर्शन - हास्य/संगीत" 48 गोल्डन ग्लोब पुरस्कार पर
1991 द बूचर्स वाइफ मरीना लेम्के
मर्टल थट्स सिंथिया केलग
नथिंग बट ट्रबल डीएन लाईटसन
1992 ए फ्यू गुड मेन LCDR जोऐन गैलोवे नामांकित - सर्वश्रेष्ठ महिला प्रदर्शनको लागि MTV मूवी पुरस्कार
1993 इंडीसेंट प्रोपोजल डायना मर्फी [[सर्वश्रेष्ठ चुंबनको MTV मूवी पुरस्कार, वुडी हरेल्सन|सर्वश्रेष्ठ चुंबनको MTV मूवी पुरस्कार, वुडी हरेल्सन]] सँग
नामांकित - सर्वश्रेष्ठ महिला प्रदर्शनको लागि MTV मूवी पुरस्कार
नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार.
1994 डिसक्लोजर मेरेडिथ जनसन नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार
| नामांकित - सर्वश्रेष्ठ खलनायकको लागि MTV मूवी पुरस्कार
1995 नाउ एन्ड देन बूढी सामन्था
द स्कार्लेट लेटर हेस्टर प्रिन नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार
1996 बेविस एन्ड बट्ट-हेड डू अमेरिका डलास ग्रिम्स (स्वर)
स्ट्रिपटीज एरिन ग्रांट
द हंचबैक अफ नोट्र डम एस्मेराल्डा (स्वर)
द जूरर एनी लायर्ड
1997 डीकंसट्रक्टिंग हैरी हेलेन/हैरीको किरदार
जी.आई. जेन LT जर्डन ओ'नील नामांकन - सर्वश्रेष्ठ लडाईको लागि MTV मूवी पुरस्कार विगो मोर्टनसेन सँग
Destination Anywhere: The Film जेनी लघु फिल्म
2000 पैशन अफ माइंड मार्था मैरी/'मार्टी' टाल्रिज
2002 द हंचबैक अफ नोट्र डम एस्मेराल्डा (स्वर)

स्ट्रेट-टु-DVD
नामांकन - "सर्वश्रेष्ठ एनिमेटेड किरदार प्रदर्शन" डीवीडी विशेष पुरस्कार में

2003 Charlie's Angels: Full Throttle मैडिसन ली नामांकित - सर्वश्रेष्ठ खलनायकको लागि MTV मूवी पुरस्कार
नामांकन - "सेक्सिएस्ट शी-विलेन" (Villana mas Sexy) MTV मूवी पुरस्कार मेक्सिको में
2006 हाफ लाई ट रेचेल कार्लसन सीमित रूपले जारी, अधिकांश प्रदेशहरूमा स्ट्रेट-टु-DVD
बबी वर्जीनिया फैलन हलीवुड फिलिम पुरस्कार "वर्षको एनसेंबल"को लागि हलीवुड फिलिम समारोह में
नामांकन - "मोशन पिक्चरमा एक किरदार द्वारा उत्कृष्ट प्रदर्शन 13वें स्क्रीन एक्टर्स गिल्ड पुरस्कार में
2007 फ्ललेस लरा क्विन सीमित रिलीज
मिस्टर ब्रुक्स जासूस ट्रेसी एटवुड
2009 बुनराकू पोस्ट-प्रोडक्शन
हैपी टिअर्स लरा पोस्ट-प्रोडक्शन
जोनेसेस केट फिल्मांकन जारी

टेलीभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका नोट
1982-83 जनरल हस्पिटल जैकी टेंपलटन
1984 द मास्टर होली ट्रमबुल 1 कडी
बेडरूम नैन्सी हास्य शृङ्खला
मून लाई टिंग (टी.वी. शृङ्खला) वुमन इन एलीवेटर अन्क्रेडीटेड
टेल्स फ्रम द क्रिप्ट कैथी मर्नो 1 कडी, "डेड राईट"
1991. मास्टर निन्जा होली ट्रमबुल टी.वी. फिल्म
1996 इफ दीज वल्स कुड टक क्लेयर डोनेली टी.वी. फिल्म
नामांकन - "टेलीभिजनको लागि निर्मित उत्कृष्ट मूवी" 49 प्राइमटाइम एम्मी पुरस्कार में
नामांकन - "टीवीको लागि निर्मित लघु शृङ्खला या मोशन पिक्चर में एक अभिनेत्री का सर्वश्रेष्ठ प्रदर्शन" 54वें गोल्डन ग्लोब पुरस्कार पर
1997 एल्लेन द सैम्पल लेडी 1 कडी "द पप्पी एपिसोड: पार्ट 2"
2004 विल एंड ग्रेस बेबीसिटर सिट-कम
2009 द मैजिक 7 U-Z-ओनिसा (स्वर) एनिमेटेड टीवी फिल्म

डेमी मुरको नेपाल यात्रा[सम्पादन गर्नुहोस्]

नेपाल यात्राको क्रममा डेमी मुर

डेमी मुर अप्रिल १ तारिखमा ड्रागन एयरको जहाजबाट काठमाडौँ ओर्लंदा साधारण पहिरनमा थिइन्। मुरसँग विश्वप्रशिद्ध समाचार च्यानल सीएनएनका ९ जना पत्रकारको टोली पनि थियो। सीएनएन टेलिभिजनले डेमी मुर र अनुराधा कोइरालाले गरेका कामका विषयमा एक घण्टा लामो डकुमेन्ट्री बनाउने योजनाका साथ त्यो टोलीलाई पठाएको थियो, जसको नाम ‘फ्रिडम प्रोजेक्ट’ राखिएको छ। सन् २०११ भरी विश्वभरिमा हुने महिला बेचबिखनका समाचारलाई प्राथमिकता दिने नीतिअन्तर्गत डेमी मुरलाई त्यसको ब्रान्ड एम्बेस्डर बनाएका कारण पनि डेमी मुरको पहिलो भ्रमणमा नेपाल परेको थियो। अप्रिल २मा द्वारिकाज होटलबाट सिएनएनको पत्रकार टोली र मुर माइती नेपालको परिसर पुगेका थिए। त्यही दिन मुरको टोली माइती नेपालको गोकर्णस्थित एचआईभी संक्रमित महिला तथा बालबालिका पुन:स्थापना गृह पुगेको थियो। नेपालमा पनि व्यवस्थित रूपमा एचआईभी संक्रमित महिला तथा बालबालिकालाई राखिएको देखेर छक्क पर्दै मुरले माइती नेपालको टिमलाई धन्यवाद दिएकी थिईन्। अप्रिल ३मा मुर फेरी गोकर्णस्थित माइती नेपालको पुनःस्थापना केन्द्र पुगिन्। त्यहाँ उनी बालबालिकासँग ‘वटरफ्लाई वटरफ्लाई बीच कलर डु यु लाई क’ गीतमा नाचिन्। अप्रिल ४मा नेपाल-भारत सिमामा बेचिन लागेका चेलीहरू कसरी पत्ता लाग्छन् ? कसरी उनीहरू नेपाल फर्काइन्छन् भन्ने कुराको जानकारी लिन मुर र पत्रकारको टोली भैरहवाको सुनौली पुग्यो। माइती नेपालको सहयोगमा आफ्नो गाउँ फर्कदै गरेकि एक युवतीको साथ रसुवाको राम्चे सम्म पुगेकि डेमी मुर अप्रिल ७मा नेपालबाट फिर्ता भइन।

सन्दर्भ सामाग्रिहरू:[सम्पादन गर्नुहोस्]