ढाँचा:प्रमुख चित्र/२०२४-०१-०१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाका टोपी

ढाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन्। यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन्। प्राय दौरा सुरुवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले र ढाका टोपी मुख्य हुन्। त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन्।

तस्विर सिर्जनाकर्ता: अकल्यान्ड युद्ध स्मारक सङ्ग्रहालय