बाहुन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आर्य मूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा बाहुन भनिन्छ। हिन्दू धर्म ग्रन्थहरूमा समाज सञ्चालनका निम्ति चार वर्णहरूमा विभाजन गरी ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र वर्णहरूको सृजना गरिएको हो भनी उल्लेख गरिएकोछ र ब्राह्मणको अपभ्रंश भई नेपालीहरूमा बाहुन शव्द प्रचलित भएको हो। नेपाली बाहुनहरू खस जाती (भारतको कस्मीर देखि भूटान सम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जाती का हाँगा हुन् । यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश , दार्जीलिङ, कालिम्पोङ, सिक्किम का साथै भूटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन ।

ब्राह्मणका कर्त्तव्यहरू

निम्न श्लोकानुसार ब्राह्मणका छ कर्त्तव्य यस प्रकार छन्।

अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात ।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥

श्लोकानुसार शिक्षाण,अध्ययन,यज्ञ गर्ने, यज्ञ गराउने, दान लीने तथा दान दिने ब्राह्मणका छ कर्त्तव्य भनिएको छ|

जातीय परम्परा र संस्कार

बाहुनहरूको परम्परा हिन्दू धर्म मान्ने आर्य मूलको पूजा आजामा रुची राख्ने छद्म पुजा, कन्या दान, गौ दान, भुमी दान, जस्ता अन्य दानहरू लिने तथा दिने, हिन्दू धर्मका अनुसार पुन्सवन, सीमन्तोनयन,जन्मानुष्ठान, नामकरण (न्वारन),निष्क्रमण, अन्नप्रासन चुडाकर्म,कर्णवेध,उपनयन अर्थात यज्ञोपवित (व्रतवंध),वेदारम्भ,केशान्त अथवा गोदान,तथास्नान समवर्तनम् या, विवाह,अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ।

थरहरू

ब्राह्मण (बाहुन) का नेपाली थरहरू उपाध्याय, ढकाल, गौडेल, रेग्मी,घिमिरे, बराल, पौडेल, अधिकारी, गुरागांइ, पोख्रेल, धिताल, चाम्लागांइ, देवकोटा, (चौलागाई) अर्याल, गौतम, तिमील्सिना, त्रिपाठी, न्यौपाने, भट्टराई, दाहाल, कोइराला, नेपाल, खनाल, तिवारी, जैसी , गैरे, भण्डारी, कंडेल,पाण्डे, उप्रेती, आचार्य,सिग्देल, पन्थि, प्याकुरेल, पराजुली, तिमिल्सीना, सेढाई, गौली, कंडेल, उप्रेती, तिवारी, पन्थ, पाठक आदि हुन।

नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारत उतराखंडको पिथुरागढ़, कुमाउ, बनारस आदि ठाउँहरू बाट ब्राह्मणहरू (बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ।