ढाँचा:प्रमुख लेख/नेत्रविक्रम चन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेत्रविक्रम चन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेता हुन्। उनी माओवादी नेता रामबहादुर थापा (बादल) र प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य सेनापतिको रूपमा रहेका थिए। नेकपा माओवादीबाट अलग भएसँगै उनी २०७१ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका छन्। त्यसबेलादेखि उनी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आइरहेका थिए। उनले सुभद्रा मल्लसँग विवाह गरेका थिए। उनका दुई छोरा र एक छोरी रहेका छन्।

माओवादी जनयुद्ध सुरु हुँदा ताका उनी अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सचिवको जिम्मेवारी लिएका थिए। तात्कालिक समयका नेता तथा तात्कालिक समयमा प्रचण्डका विश्वासका पात्र यानप्रसाद गौतमसँग कार्यशैलीको विषय उठाइएर गरिएको विषयमा आएको विवादमा उनी फसेका थिए र उनलाई उक्त पदबाट हटाइँदै कर्णाली पुर्‍याइएको थियो। पछि, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका थिए र राजनीतिमा थप सक्रिय भएका थिए। (पूरा  पढ्नुहोस्...)