प्रचण्ड

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
पोखरामा एक र्‍यालीलाई सम्बोधन गर्दै प्रचण्ड


विषयसूची

[परिवर्तन्] राजनीतिक यात्रा

पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।"

[परिवर्तन्] फेरि वैद्य नजिक

प्रचण्डको सम्बन्ध मोहन वैद्यसँग नजिक हुन पुग्यो । किनभने, त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा 'मशाल' का महामन्त्री भएका थिए । त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे । त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे । ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्‍यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो । ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालिम दिएका थिए । २०६२ फागुन २ गतेको 'जनादेश' लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, "त्यो तालिमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरूङको घरमा गयौँ । त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो ।" त्यो समुहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन् । त्यसपछि ०५२ मा 'जनयुद्ध' थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालिम दिए, प्रचण्डले । १० वर्षका दौरानमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन् ।

[परिवर्तन्] आमा बित्दाको क्षण

०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन् । उनलाई वीर अस्पताल पुर्‍याइयो । मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए । दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो । अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे । किरिया गरेनन्, भाइले गरे । ०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो । न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम 'बाबु' थियो । तर, स्कुल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन् । बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन् ।

[परिवर्तन्] पकड बलियो हुँदै

०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको अवधारणा पास गरेपछि पार्टी भित्रै उनका केही आलोचक पनि जन्मिए । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेज अनुरूप माओवादीले ०५८ सालमा आफ्नो छुट्टै 'जनमुक्ति सेना, नेपाल' गठन गर्‍यो, जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो । ०६१ भदौमा फुन्टीबाङमा सम्पन्न बैठकले रणनीतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनीतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि डा. बाबुराम भट्टराई समूहसँग उनको मतमतान्तर हुन पुग्यो । यस विवादले यतिसम्म ठूलो रूप लियो कि दुवै नेताहरू एकअर्कामा दरबारपरस्त र भारतपरस्त भन्ने जस्ता आरोप-प्रत्यारोपसमेत भए । 'माघ १९' पछिको अन्तर्राष्ट्रिय दबाब नभएको भए सायद माओवादी पार्टी यतिखेर फुटिसक्थ्यो । राजाको 'कू' का कारण माओवादीको अन्तर्राष्ट्रिय सङ्गठन -रिम र पार्टीभित्रका केही नेताको दबाबमा प्रचण्ड र बाबुरामको विवाद मिलाए । यो विवाद २०६२ कात्तिकमा सम्पन्न चुङबाङ बैठकमा सबै पक्षबाट आत्मालोचना गरेर साम्य भएको थियो । पछिल्लो अवस्थामा पार्टीभित्र प्रचण्डको दह्रो पकड देखिन्छ । श्रीमती सिता त पार्टीमा छन नै उनका दुई छोरी र एक छोरा सबै पार्टीका 'डब्लूटी' बनेका छन् । विद्रोहको सुरूदेखि नै आधार इलाकामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोस्टबहादुर बोगटी (दिवाकर) की छोरीसँग प्रचण्डका छोरा प्रकाशको विवाह २०६२ फागुनमा एक भव्य समारोह बीच भारतमा भएपछि उनको अर्को नाता गाँसिएको छ । उनका छोरीपट्टीका सम्धी दुवै भारतमा प्रवास ब्युरोमा कार्यरत छन् ।

[परिवर्तन्] विबाद

उनले पाँच लाख बराबरको खाट चीनबाट मगाएको समाचार बिभिन्न पत्र पत्रिकाले छाप्दा उनका कार्यकर्ताहरुले छापाखानामा तोडफोड गरेका थिए ।

[परिवर्तन्] आनीबानी

प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, "प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै 'डायनामिक' मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।" प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेर अनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् तर हाल धेरै मादक पदार्थ खानाले उनको भुंडी बड्दै गयेको छ। यसै हुनाले उनि भुडीं घटाउन बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेय पदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो तर लुकि लुकि बेलुका वाइन संग हल्का सुर्काउनु हुन्छ। उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको 'आमा' हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् । तर अचम्मको कुरा, उनी आफै भने बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्न माहिर छन्। यो कुराको पछिल्लो प्रमाण उनको हालै सार्वजनिक भएको डेढ साल पुरानो भिडियो हो।

सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, 'श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।' खेलकुदका बारेमा प्रचण्ड भन्छन्, 'बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।' उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आफ्नो आदर्श नेता लेनिनलाई मान्दछन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।

[परिवर्तन्] समयानुक्रम

पूर्वाधिकारी
गिरिजा प्रसाद कोइराला
नेपालको प्रधानमन्त्री
अगस्ट् १८, २००८ देखि मे ४, २००९
उत्तराधिकारी 
माधब कुमार नेपाल

[परिवर्तन्] सन्दर्भ

[परिवर्तन्] बाह्य लिङ्कहरू