द्वारकानाथ कोटनिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द्वारकानाथ कोटनिस
जन्म१० अक्टोबर १९१०
सोलापुर, महाराष्ट्र
मृत्यु९ डिसेम्बर १९४२(1942-12-09) (उमेर ३२)
चीन
मातृ शिक्षाप्रतिष्ठानबम्बई विश्वविद्यालय
पेशाचिकित्सक
धर्महिन्दू
जीवनसाथीगुवो क्विङलान
सन्तानयिन्हुवा (१९४२–१९६७)
मातापिताशांताराम कोटनिस

द्वारकानाथ कोटनिस (मराठी भाषा: द्वारकानाथ शांताराम कोटणीस) एक भारतीय चिकित्सक थिए। सन् १९३८ को दोस्रो चीन-जापानी युद्धको समयमा चिकित्सा सहायता प्रदान गर्न चीन पठाइएका पाँच जना भारतीय चिकित्सकहरूमध्ये एक थिए। आफ्नो समर्पण र लगनशीलताका लागि परिचित, कोटनिसलाई चीन-भारत मित्रता र सहयोगको उदाहरणको रूपमा लिइन्छ।[१]

पारिवारिक अवस्था[सम्पादन गर्नुहोस्]

कोटनिसको जन्म भारतको बम्बईस्थित सोलापुर सहरमा एक सम्पन्न परिवारमा भएको थियो।[२] उनका मातापिता अत्यन्त दयालु स्वभावका थिए।[३]

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

सम्पन्न परिवारमा जन्मिएकाले उनको बाल्यकाल सुखमै बितेको थियो। चार वर्षको उमेरदेखि उनी विद्यालय जान थालेका थिए। उनी सानैदेखि लगनशील र मेहनती थिए। उनी परीक्षामा जहिले प्रथम नै हुन्थे।

त्यस बेला सोलापुरमा सङ्क्रामक रोगहरू फैलिएको थियो जसबाट बच्नको लागि सहरवासीहरू सहरबाहिर छाप्रो बनाएर बस्थे। उनको परिवारको हालत पनि त्यस्तै थियो। त्यसबाट उनी ज्यादै दुःखी हुन्थे। त्यसैबेला उनमा देश र जनताको सेवा गर्ने भावनाले जन्म लियो जसको फलस्वरूप उनी यसैबाट प्रेरित भई चिकित्सालाई भविष्यको पेसाका रूपमा रोजेका थिए। उनले चिकित्साशास्त्रमा स्नातक डिग्री गरेका थिए।[४]

कार्यहरू[सम्पादन गर्नुहोस्]

सन् १९३७ मा उनले एउटा अस्पतालमा रेजिडेन्ट फिजिसियनको रूपमा काम गरेका थिए। त्यस समयमा एसिया, युरोप, अफ्रिकामा युद्ध चलिरहेको थियो । जर्मनी, इटाली, जापानजस्ता साम्राज्यबाट मुक्त हुन विभिन्न राष्ट्रका जनता विद्रोहमा उत्रदै प्रतिरोध गरिरहेका थिए। चीनमा पनि प्रतिरोध युद्ध चर्किएको बेला उनी भारतीय चिकित्सक दलसँग चीन पुगेका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Fallen foreign heroes not forgotten", China Daily, २ अप्रिल २०१०। 
  2. Pandya, Haresh (7 July 2015) Manorama Kotnis, Hindi-Chini Behen- Proud Sister of the Legendary Dr. D.S. Kotnis died in Mumbai, aged 94. Outlook India.
  3. "China commemorates Dr Kotnis, slips in opinion about how Asia's India-China must work together to defeat West", Times Now, १२ अक्टोबर २०२०। 
  4. Link, Volume 25, Issue 4, United India Periodicals, १९८३, पृ: ९१। 
  5. "Japan's Role in the Far East" (originally published in the Modern Review in October 1937): "Japan has done great things for herself and for Asia. Her reawakening at the dawn of the present century sent a thrill throughout our Continent. Japan has shattered the white man's prestige in the Far East and has put all the Western imperialist powers on the defensive – not only in the military but also in the economic sphere. She is extremely sensitive – and rightly so – about her self-respect as an Asiatic race. She is determined to drive out the Western powers from the Far East. But could not all this have been achieved without Imperialism, without dismembering the Chinese Republic, without humiliating another proud, cultured and ancient race? No, with all our admiration for Japan, where such admiration is due, our whole heart goes out to China in her hour of trial" The Essential Writings of Netaji Subhas Chandra Bose. Sisir K. Bose and Sugata Bose (eds.). Delhi: Oxford University Press. 1997 p. 190. आइएसबिएन ९७८०१९५६४८५४६