धनगढी प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनगढी प्रिमियर लिग
Official logo of DPL 3.
देशहरू नेपाल
प्रशासकधनगढी क्रिकेट एकेडेमी
ढाँचाट्वाण्टी-ट्वाण्टी
पहिलो प्रतियोगिता२०७३
पछिल्लो प्रतियोगिता२०७५
आगामी प्रतियोगिता२०७५
प्रतियोगिताको ढाँचाराउण्ड-रोबिनप्ले अफ
टिम सङ्ख्या
वर्तमान विजेतासिवाइसी अत्तरीया
वर्तमान ट्रफी विजेतासिवाइसी अत्तरीया
सबैभन्दा सफलटिम चौराहा धनगढी (२ पटक)
वेबसाइटआधिकारिक वेबसाइट
धनगढी प्रिमियर लिग २०७५

धनगढी प्रिमियर लिग एक व्यावसायिक क्रिकेट लिग हो जुन नेपालको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजना हुने गर्दछ यो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको परिमार्जित रूप पनि हो। यो विस २०७३ सालमा स्थापना भएको थियो। यसका संस्थापकहरू धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम क्रिकेट एकेडेमी हुन्।

पहिलोपटकको प्रतियोगितामा पारस खड्काको कप्तानी रहेको तथा प्रतियोगिताको आयोजक टोली टिम चौराहा धनगढीले उपाधि उचालेको थियो भने दोस्रो संकरणमा पनि टिम चौराहा धनगढीले दोस्रोपटक उपाधि जितेको थियो तर कप्तान भने सोमपाल कामी रहेका थिए। तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि भने दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरीयाले जितेको थियो। प्रतियोगिताको दोस्रो संस्करण देखि उत्कृष्ट स्वदेशी खेलाडीलाई गोल्ड स्टार जुत्ताको तर्फबाट सुनौलो जुत्ता पनि प्रदान गरिएको थियो जुन पुरस्कार पहिलोपटक ललित भण्डारी जितेका थिए।

टोलीहरू[सम्पादन गर्नुहोस्]

वर्तमान[सम्पादन गर्नुहोस्]

टोली सहर मालिक[१] सहभागी कप्तान
विराटनगर किङ्ग्स बिराटनगर पारस लुनिया २०७३ नेपाल करण केसी
सिवाइसी अत्तरीया अत्तरीया नर बहादुर राई २०७३ नेपाल दिपेन्द्रसिंह ऐरी
काठमाण्डौ गोल्डेन्स काठमाडौ रमेश सिलवाल २०७३ नेपाल ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाइटेड भिमदत्त नगरपालिका सुशील कुमार श्रेष्ठ २०७४ नेपाल शरद भेषावकर
रूपन्देही च्यालेञ्जर्स बुटवल सुरज उप्रेती २०७३ नेपाल वसन्त रेग्मी
धनगढी स्टार्स धनगढी कृष्ण बोहरा २०७५ नेपाल सोम्पाल कामी

पहिलेका टोलीहरू[सम्पादन गर्नुहोस्]

टोली सहर आवद्ध छोडेको वर्ष
कञ्चनपुर आइकोनिक्स भिमदत्त २०७३ २०६३
टिम चौराह धनगढी धनगढी २०७३ २०७४

नतिजा[सम्पादन गर्नुहोस्]

संस्करण अनुसार नतिजा[सम्पादन गर्नुहोस्]

संस्करण स्थान अन्तिम खेल (फाइनल) संस्करणका उत्कृष्ट खेलाडी
विजेता नतिजा उप-विजेता
२०७३
विवरण
एसएसपी क्रिकेट मैदान, धनगढी टिम चौराहा धनगढी
१५९/५ (२० ओभर)
टिम चौराहाले ६२ रनले खेल जितेको थियो
स्कोरकार्ड
विराटनगर किङ्ग्स
९७ (१८.१ ओभर)
नेपाल सुशील कँडेल (विराटनगर किङ्ग्स)
२०७४

विवरण

एसएसपी क्रिकेट मैदान, धनगढी टिम चौराहा धनगढी
१८१/४ (२० ओभर)
टिम चौराहाले २१ रनले खेल जितेको थियो
स्कोरकार्ड
काठमाण्डौ गोल्डेन्स
१६०/८ (२० ओभर)
संयुक्त अरब इमिरेट्स रोहन मुस्ताफा (टिम चौराहा धनगढी)
२०७५ फाप्ला क्रिकेट मैदान, धनगढी सिवाइसी अत्तरीया
१२७/७ (१९.५ ओभर)
सिवाइसीले अत्तरीयाले ३ विकेटले खेल जितेको थियो
स्कोरकार्ड
महेन्द्रनगर युनाइटेड
१२३ (२० ओभर)
भारत सन्नी पटेल (सिवाइसी अत्तरीया)

टोली अनुसार नतिजा[सम्पादन गर्नुहोस्]

टोलीहरू २०७३ २०७४ २०७५
विराटनगर किङ्ग्स उप-विजेता पाँचौ पाँचौ
सिवाइसी अत्तरीया छैटौँ चौँथा विजेता
कञ्चनपुर आइकोनिक्स पाँचौ
काठमाण्डौ गोल्डेन्स चौँथा उप-विजेता तेस्रा
महेन्द्रनगर युनाइटेड तेस्रा उप-विजेता
रूपन्देही च्यालेञ्जर्स तेस्रा छैटौँ चौँथा
धनगढी स्टार्स विजेता विजेता छैटौँ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टोलीमा समावेश खेलाडी र मालिक", माई रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]