ध्वनि
नेपाली विकिपीडियाबाट
ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ| ध्वनिको स्रोतबाट उत्त्पन्न भएको तरन्ग हावामा अवस्थित शुक्ष्म molecules हरु एक आपसमा एक पछि अर्को गर्दै ठोकिएर हाम्रो कान सम्म पुग्छ| र ती molecules हरुको मात्रा जति धेरै हुन्छ त्यतिनै तरंगको गति उतिनै छिटो हुन्छ|
ध्वनी ठोस, तरल र वायु बाट हिड्न सक्छ तर भ्याक्युमबाट भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ। किनकि हावाको तापक्रम बढ्दै जादा मोल्युकल्सहरु छुट्टिदै जान्छ | ध्वनी एक लङ्गिच्युडनल् तरङ्ग हो। यसले रिफ्लेक्सन, रिफ्र्याक्सन, डिफ्र्याक्सन र इन्टरफरेन्स जस्ता गुणहरू देखाउँछ।
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई अल्ट्रासाउण्ड तरङ्ग भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई इन्फ्रसाउण्ड तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरु संग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरुमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरुमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्| भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केहि क्षीण् अगाडि यी जनावरहरु कराउने गर्दछ| यिनि हरुले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
[परिवर्तन्] ध्वनीका गुणहरू
ध्वनीका गुणहरू हुन् फ्रिक्वेन्सि, तरङ्गलम्बाई, एम्प्लिच्युड र गति।
तुलना: प्रकाश

