ध्वनि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुन्ने प्रक्रिया (निलो: ध्वनी तरङ्ग। रातो: इयरड्रम। पहेँलो: कोक्लिया। हरियो: अडिटोरी रिसेप्टर कोष। प्याजी: हियरिङ रेस्पन्सको फ्रिक्वेन्सि स्पेक्ट्रम। सुन्तला: नर्भ इम्पल्स।)

ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ| ध्वनिको स्रोतबाट उत्त्पन्न भएको तरन्ग हावामा अवस्थित शुक्ष्म molecules हरू एक आपसमा एक पछि अर्को गर्दै ठोकिएर हाम्रो कान सम्म पुग्छ| र ती molecules हरूको मात्रा जति धेरै हुन्छ त्यतिनै तरंगको गति उतिनै छिटो हुन्छ|

ध्वनी ठोस, तरलवायु बाट हिड्न सक्छ तर भ्याक्युमबाट भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ। किनकि हावाको तापक्रम बढ्दै जादा मोल्युकल्सहरू छुट्टिदै जान्छ | ध्वनी एक लङ्गिच्युडनल् तरङ्ग हो। यसले रिफ्लेक्सन, रिफ्र्याक्सन, डिफ्र्याक्सनइन्टरफरेन्स जस्ता गुणहरू देखाउँछ।

मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई अल्ट्रासाउण्ड तरङ्ग भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई इन्फ्रसाउण्ड तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरू सँग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरूमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरूमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्| भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केही क्षीण् अगाडि यी जनावरहरू कराउने गर्दछ| यिनि हरूले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|

ध्वनीका गुणहरू[सम्पादन गर्ने]

ध्वनीका गुणहरू हुन् फ्रिक्वेन्सि, तरङ्गलम्बाई, एम्प्लिच्युडगति

तुलना: प्रकाश