न्यु इयर्स डे (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"न्यु इयर्स डे"
टेलर स्विफ्टको एकल
सार्वजनिक२७ नोभेम्बर २०१७
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
लम्बाई:५५
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • ज्याक एन्टोनअफ
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"इन्ड गेम"
(२०१७)
"न्यु इयर्स डे"
(२०१७)
"गोर्जियस"
(२०१८)

"न्यु इयर्स डे" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत २७ नोभेम्बर २०१७ मा एल्बमको चौथो एकल रूपमा अमेरिकी रेडियोहरूमा सार्वजनिक गरिएको थियो।[१] स्विफ्टले यस गीतलाई ज्याक एन्टोनअफसँगको सहकार्यमा लेखन र निर्माण गरेकी हुन्।

पृष्ठभूमि र सार्वजनिक[सम्पादन गर्नुहोस्]

"न्यु इयर्स डे" गीतलाई टेलर स्विफ्ट र ज्याक एन्टोनअफले रचना र निर्माण गरेका हुन्। एन्टोनअफले वर्णन गरेकी यो गीत उनी आफ्नो घरमा हुँदा एकदमै छिटो रचिएको थियो।[२] यस गीतलाई रचना गर्नमा स्विफ्टले लण्डनमा हुँदा नयाँ वर्षको अघिल्लो दिन आयोजना गरेको एक पार्टीले प्रेरणा दिएको थियो भने यस गीतको सार पनि त्यहिँ समारोहसँग सम्बन्धि छ।[३][४] "न्यु इयर्स डे" रेपुटेसन एल्बमको सार्वजनिक भएपछि पनि निकै समयपछि सार्वजनिक गराइएको गीत थियो।[५] यस गीतले अमेरिकी कन्ट्रि रेडियोमा एल्बमको चौँथो एकलको रूपमा २७ नोभेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो।[६]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

"न्यु इयर्स डे" गीत अमेरिकी चार्ट कम्पनी हट कन्ट्रि सङको शीर्ष ४० मा आउँदै चार्ट प्रवेश गरेको थियो भने पछि यो गीत शीर्ष ३३ मा आउन सफल भएको थियो। यस गीतले कन्ट्रि एयरप्ले चार्टको पनि ४१अौँ स्थानमा आएको थियो। यो गीत सन् २०१४ मा स्विफ्टको सेक इट अफ पछि दुवै चार्टमा प्रवेश गर्ने पहिलो गीत बनेको थियो। यो गीत क्यानडाको आधिकारिक चार्ट कम्पनी क्यानडेली हट १०० मा शीर्ष ५०अौँ स्थानमा आउन सफल भएको थियो।

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

"न्यु इयर्स डे" गीतको प्रत्यक्ष प्रस्तुति अक्टोबर २०१७ मा स्विफ्टको रेपुटेसन विश्व भ्रमणका बेलामा रेकर्ड गरिएको थियो। भने उक्त प्रस्तुतिलाई एबीसि टेलिभिजन द्वरा ९ नोभेम्बर २०१७ मा पुन:प्रसारण गरिएको थियो।[७] स्विफ्टले यस गीतलाई १३ नोभेम्बर २०१७ मा जिम्मी फलोनको द टुनाइट सो विथ जिम्मी फलोन कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[८][९] यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा विभिन्न देशका सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१०]

चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१७–१८) शीर्ष
स्थान
बेल्जियम बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[११] ३३
 क्यानडा (क्यानडा कन्ट्री)[१२] ५०
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१३] ३३
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[१४] ४१

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा लेबल सन्दर्भ
 संयुक्त राज्य अमेरिका २७ नोभेम्बर २०१७ कन्ट्रि रेडियो बिग मेसिन [१५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "टेलर स्विफ्टको न्यु इयर्स डे", एमटिभी समाचार, २२ नोभेम्बर २०१८, अन्तिम पहुँच १९ मार्च २०१८ 
  2. आर्मस्ट्रोङ्ग, मेगन (नोभेम्बर १४, २०१८), "फलोनको कार्यक्रमको टेलर स्विफ्टको प्रस्तुति", बिलबोर्ड, अन्तिम पहुँच मार्च ५, २०१८ 
  3. टिङ्गल, लरेन (नोभेम्बर १६, २०१८), "टेलर स्विफ्टको "न्यु इयर्स डे" गीत पछाडिको प्रेरणा", सिएमटी समाचार, अन्तिम पहुँच मार्च ५, २०१८ 
  4. "टेलर स्विफ्ट - न्यु इयर्स डे", बिलबर्ड, नोभेम्बर १०, २०१७, अन्तिम पहुँच मार्च ५, २०१८ 
  5. म्याकेनी, ब्रिट्नी (नोभेम्बर १६, २०१७), "टेलर स्विफ्टको न्यु इयर्स डे", रेलिङ स्टोन, अन्तिम पहुँच मार्च १९, २०१७ 
  6. ट्रस्ट, ग्रे; एस्कर, जिम (नोभेम्बर १७, २०१७), "अमेरिकी रेडियो चार्टमा न्यु एयर्स डे गीत", बिलबोर्ड, अन्तिम पहुँच मार्च १९, २०१७ 
  7. "टेलर स्विफ्टको न्यु इयर्स डे गीतको प्रत्यक्ष प्रस्तुति", नोभेम्बर १०, २०१७, अन्तिम पहुँच मार्च १, २०१८ 
  8. रेजेन, किस्टोफर (नोभेम्बर १४, २०१७), "जिम्मी फलोनको कार्यक्रममा टेलर स्विफ्ट प्रत्यक्ष प्रस्तुति दिँदै", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच मार्च १९, २०१८ 
  9. ग्लिक्स, जोस (नोभेम्बर ९, २०१७), "न्यु इयर्स डे", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच मार्च १९, २०१८ 
  10. सेफिल्ड, रब, "रेपुटेसन विश्व भ्रमण", रेलिङ स्टोन, अन्तिम पहुँच जुन २२, २०१८ 
  11. "Ultratop.be – टेलर स्विफ्ट – न्यु इयर्स डे" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप अन्तिम पहुँच मिति- ८ अप्रिल २०१८.
  12. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1240&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Canada Country for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २८ फेब्रुअरी २०१८.
  13. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=357 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Hot Country Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति२७ फेब्रुअरी २०१८.
  14. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=1226 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Country Airplay for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २७ फेब्रुअरी २०१८.
  15. "एकल सार्वजनिकहरू", म्युजिक रो, मूलबाट नोभेम्बर २९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]