इन्ड गेम (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"इन्ड गेम"
टेलर स्विफ्ट, एड सिरनफ्युचरको एकल
सार्वजनिक१४ नोभेम्बर २०१७
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
स्टुडियोएमएक्सएम स्टुडियो
(स्टकहोम, स्विडेन)
सेस्मिक एक्टिभिटिज स्टुडियो

ट्रि साउन्ड स्टुडियो
(एट्लान्टा, जर्जिया)
किसिमआर एण्ड बी[१]
लम्बाई:०४
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"...रेडि फर इट?"
(२०१७)
"इन्ड गेम"
(२०१७)
"न्यु इयर्स डे"
(२०१७)
एड सिरन एकल कालक्रम
बाओ मी
(२०१७)
इन्ड गेम
(२०१७)
पर्फेक्ट
(२०१७)
फ्युचर एकल कालक्रम
रियल थिङ
(२०१७)
इन्ड गेम
(२०१७)
पिटक वाटर[२]
(२०१७)
साङ्गीतिक भिडियो
"इन्ड गेम" युट्युबमा हेर्नुहोस्

"इन्ड गेम" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट, बेलायती गायक एड सिरन र अमेरिकी र्‍यापर फ्युचरको गीत हो जुन स्विफ्टको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यस गीतलाई चर्चित रेकर्ड निर्माता सेलब्याक र म्याक्स मार्टिनले लेखेका हुन् जुन पहिलोपटक १४ नोभेम्बर २०१७ मा फ्रान्सेली समकालीन पप रेडियो चर्टमा एल्बमको तेस्रो एकलको रूपमा सार्वजनिक गरिएको थियो।[३] यस गीतलाई पछि २६ जनवरी २०१८ मा संयुक्त अधिराज्यको समकालीन हिट रेडियो चार्टमा पनि सार्वजनिक गरिएको थियो।

पदोन्नति र सार्वजनिक[सम्पादन गर्नुहोस्]

टेलर स्विफ्टको छैटौँ स्टुडियो एल्बम रेपुटेसनको सार्वजनिक हुने हप्ता १४ नोभेम्बर २०१७ का दिन "इन्ड गेम" गीत पहिलोपटक फ्रान्सको सङ्गीत चार्ट समकालीन हिट रेडियोमा सार्वजनिक गरिएको थियो। ११ जनवरी २०१८ मा स्विफ्टले "इन्ड गेम" गीतको आधिकारिक सङ्गीत भिडियो त्यहि दिनको मध्यरातमा सार्वजनिक हुने घोषणा गरेकी थिइन्। पछि २६ जनवरी २०२८ मा यस गीतलाई संयुक्त अधिराज्यको समकालीन हिट रेडियो चार्टमा सार्वजनिक गरिएको थियो।

लेखन र रचना[सम्पादन गर्नुहोस्]

सेलब्याक यस गीतका उप लेखक हुन्।

"इन्ड गेम" गीतलाई टेलर स्विफ्ट, म्याक्स मार्टिन र।सेलब्याकले लेखेका हुन् भने यस गीतलाई मार्टिन र सेलब्याकले निर्माण गरेका हुन्। य‍स गीतको लम्बाई ४ मिनेट ४ सेकेन्ड छ र यो गीत १५९ बिट प्रति मिनेटले चलेको छ।[४] साङ्गीतिक रूपले यो गीत समकालीन आर र बी बर्णमा पर्छ।[५]

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

सन् २०१७ डिसेम्बरको अन्त्य तिर एड सिरनले "इन्ड गेम" गीतको आधिकारिक भिडियो सार्वजनिक हुने घोषणा गरेका थिए।[६]

१० जनवरी २०१८ मा स्विफ्टले आफ्नो सामाजिक सञ्जाल अनुप्रयोग "द स्विफ्ट लाइफ" मा जनवरी १२ का दिन यस सङ्गीतको आधिकारिक भिडियो गुड मर्निङ अमेरिका नामक एक टेलिभिजन कार्यक्रम मार्फत सार्वजनिक गरिने घोषणा गरेकी थिइन्। उनले यस भिडियोका केही तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी थिइन्। त्यसको एक दिन पछि स्विफ्टले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताहरू मार्फत उक्त भिडियोको सानो अंश पनि उध्वभरण गरेकी थिइन्।

१२ जनवरी २०१८ का दिन यस गीतको आधिकारिक भिडियो स्विफ्टको भिभो खाता मार्फत सार्वजनिक गरिएको थियो। यस भिडियोका निर्देशक जोसेफ केन हुन् भने उनले निर्देशन गरेको भिडियोहरू मध्ये यो १७अौँ भिडियो थियो। यस भिडियोहरू देश विदेशका विभिन्न स्थानहरूमा कैद गरिएको छ जसमा फ्लोरिडाको मायामी, जापानको टोकियो र लण्डन समावेश गरिएका छन्। मायामीमा देखाइएको झलकमा फ्युचरले एक गाडि चलाइरहेका हुन्छन् जसको कुल मूल्य ५००,००० अमेरिक डलर रहेको छ। लण्डनको एक स्थानमा देखाइएको दृश्यमा स्विफ्ट एक मनोरञ्जन केन्द्रमा बसेकी हुन्छन् र त्यसपछि एक दृश्यमा स्विफ्टले जापानको टोकियोमा मोटरसाइकल चलाइरहेको देखाइन्छ।[७] यस भिडियोले युट्युबमा सार्वजनिक भएको पहिलो २४ घण्टामा १४.४ मिलियन अवलोकन पाएको थियो। जनवरी २०१९ का अनुसार यस भिडियोलाई युट्युबमा १९० मिलियन पटक अवलोकन गरिएको छ।

सार[सम्पादन गर्नुहोस्]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा गीत ९ डिसेम्बर २०१७ का दिन बलियो डिजिटल बिक्रीका कारण शीर्ष ८६अौँ आउँदै चार्ट प्रवेश गरेको थियो।[८] चार्टमा प्रवेश गरेको अर्को हप्ता यस गीत ३ स्थान सक्लिँदै ८३अौँ स्थानमा आएको थियो भने त्यसको अर्को हप्ता गीत एकैचोटि ३६अौँ स्थानमा आएको थियो जुन स्विफ्टको बिलबोर्ड हट १०० चार्टमा शीर्ष ५० मा पर्ने व्यक्तिगत ५५अौँ गीत बनेको थियो। त्यसपछिको अर्को दुई हप्ता पछि गीत १८अौँ स्थानमा आउँन सफल हुँदै रेपुटेसन एल्बमका गीतहरू मध्ये शीर्ष २० मा पर्ने तेस्रो गीत बनेको थियो। त्यसको अर्को हप्ता गीत ३०अौँ स्थानमा घटेको थियो।[९] यस गीतले बिलबोर्ड मेनस्ट्रिम चार्टमा शीर्ष १०, वयस्क टप ४० मा शीर्ष १६ मा र रिदमिक सङमा शीर्ष २५ मा आउन सफल भएको थियो।

क्यानडाको आधिकारिक चार्ट क्यानडेली हट १०० मा यस गीत ५३अौँ स्थानमा आएको थियो तर गीतको आधिकारिक भिडियो सार्वजनिक भएसँगै गीत शीर्ष ११अौँ स्थानमा आउन सफल भएको थियो। यस गीतले युएस मेनस्ट्रिमिङ टप ४० मा शीर्ष १७ मा आउन सफल भएको थियो।

अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा मा गीत ३८अौँ स्थानमा आउँद‌ चार्ट प्रवेश गरेको थियो भने गीत ३६अौँ स्थान सम्म पुगेको थियो। संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा यस गीत ८७अौँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो भने पछि यो गीत ४९अौँ स्थान सम्म पुग्न सफल भएको थियो।

चार्ट[सम्पादन गर्नुहोस्]

साप्ताहि चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१७–१८) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१०] ३६
बेल्जियम बेल्जियम (अल्ट्राटप भ्लान्दरेन)[११]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५० भ्लान्दरेन)[१२] १९
 क्यानडा (क्यानडेली हट १००)[१३] ११
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[१४] १७
 क्यानडा (क्यानडा हट एसी)[१५] ३०
 कोलम्बिया (नेसनल रिपोर्ट)[१६] ८४
 कोस्टारिका (मनिटर ल्याटिनो)[१७]
चेक गणतन्त्र चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[१८] ६३
 डोमिनिकन गणतन्त्र (मनिटर ल्याटिनो)[१९]
 एल साल्भादोर (मोनिटर ल्याटिनो)[२०] १४
 फ्रान्स (एसएनइपी)[२१] १३०
 आयरल्यान्ड (आइआरएमए)[२२] ६८
 इजरायल (मिडिया फरेस्ट)[२३]
 न्युजिल्यान्ड (आरएमएनजेट)[२४]
 निकाराग्वा (मनिटर ल्याटिनो)[२५] १७
८४
 पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[२६] ५२
 पोर्तगाल (एएफपी)[२७] ८१
 रोमानिया (एयरप्ले १००)[२८] ८४
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[२९] ५४
स्लोभेनिया स्लोभाकिया (एकल डिजिटल टप गीत)[३०] ६४
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[३१] ४९
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[३२] १८
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[३३] १३
 संयुक्त राज्य अमेरिका डान्स मिक्स सो एयरप्ले (बिलबोर्ड)[३४] १८
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[३५] १०
 संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[३६] २५

वर्ष समाप्ति चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१८) स्थान
 एल साल्भादोर (मनिटर ल्याटिनो)[३७] ७७
 संयुक्त राज्य अमेरिका युएस मेनस्ट्रिम ४० (बिलबोर्ड)[३८] ४६
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[३९] ५०

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देश प्रमाणपत्र कम्पनी
 अस्ट्रेलिया (एरिया) प्लेटिनम
[४०]
७०,०००
 ब्राजिल (प्रो म्युजिक ब्राजिल) गोल्ड
[४१]
२०,०००
 क्यानडा (म्युजिक क्यानडा) प्लेटिनम
[४२]
८०,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) प्लेटिनम
[४३]
१,०००,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा लेबल
 फ्रान्स[४४] १४ नोभेम्बर २०१७ रेडियो मेनस्ट्रिम बिग मेसिन
 संयुक्त राज्य अमेरिका[४५] ३ डिसेम्बर २०१७
 नेदरल्यान्ड[४६] १३ जनवरी २०१८ युनिभर्सल म्युजिक
 संयुक्त अधिराज्य[४७] २६ जनवरी २०१८ भर्जिन इएमआइ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. रब सेफिल्ड (१० नोभेम्बर २०१७), "टेलर स्विफ्टको रेपुटेसन एल्बम", रोलिङ स्टोन, अन्तिम पहुँच ९ नोभेम्बर २०१७ 
  2. "भविष्यमा आउने ४० गीतहरू", अल एक्सेस, मूलबाट डिसेम्बर १२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १८, २०१८ 
  3. "टेलर स्विफ्ट, एड सिरन र।फ्युचरको इन्ड गेम", अफिका, नोभेम्बर १७, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १७, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. https://www.musicnotes.com/sheetmusic/mtd.asp?
  5. https://www.popsongprofessor.com/blog/2017/11/10/what-does-end-game-feat-ed-sheeran-and-future-by-taylor-swift-mean
  6. "टेलर स्विफ्ट, एड सिरन र फ्युचरको इन्ड गेम", इट अनलाइन, डिसेम्बर २, २०१७, अन्तिम पहुँच डिसेम्बर ३, २०१७ 
  7. "टेलर स्विफ्टको इन्ड गेम", क्लेभर, जनवरी १२, २०१८, अन्तिम पहुँच जनवरी १५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १५, २०१८ मिति
  8. "बिलबोर्ड हट १०० (९ डिसेम्बर २०१७)", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर २९, २०१७ 
  9. ट्रस्ट, ग्रे (जनवरी २२, २०१८), "बिलबोर्ड हट १०० को शीर्ष स्थानमा कमिला कबेओको हवाना गीत", बिलबोर्ड, अन्तिम पहुँच जनवरी २३, २०१८ 
  10. "Australian-charts.com – टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- २७ जनवरी २०१८.
  11. "Ultratop.be – टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम" (नेदरल्यान्डेेेली भाषामा). Ultratop Dance. अन्तिम पहुँच मिति १७ फेब्रुअरी २०१८.
  12. "Ultratop.be – टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम" (नेदरल्यान्डेेेेेलीमा) अल्ट्राटप ५० अन्तिम पहुँच मिति- १७ फेब्रुअरी २०१८.
  13. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति January 23, 2018.
  14. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1239&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २३ जनवरी २०१८.
  15. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1242&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २३ जनवरी २०१८.
  16. "टप १००० गीत – ०२/०३/२०१८", नेसनल रिपोर्ट, अन्तिम पहुँच मार्च १२, २०१८ 
  17. "टप २० कोस्टारिका" (स्पेनीमा), मनिटर ल्याटिनो, १२ मार्च २०१८, अन्तिम पहुँच अप्रिल ९, २०१८ 
  18. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 20183 into search. अन्तिम पहुँच मिति- January 24, 2018.
  19. "टप २० एङ्ग्लो डोमिनिकान गणतन्त्र" (स्पेनीमा), मोनिटर ल्याटिनो, १८ फेब्रुअरी २०१८, अन्तिम पहुँच अप्रिल ९, २०१८ 
  20. "टप २० एल साल्भादोर" (स्पेनीमा), मोनिटर ल्याटिनो, १९ फेब्रुअरी २०१८, अन्तिम पहुँच ९ फेब्रुअरी २०१८ 
  21. "Lescharts.com – artist=टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मिति२८ जनवरी २०१८.
  22. "आरआइएमए एकल चार्ट", आइरिस रेकर्ड सङ्घ, अन्तिम पहुँच २० जनवरी २०१८ 
  23. "टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम", मिडिया फरेस्ट, अन्तिम पहुँच २७ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१० मिति
  24. "एनजेट एकल चार्ट", रेकर्डेड म्युजिक एनजेट, ११ डिसेम्बर २०१७, अन्तिम पहुँच २१ डिसेम्बर २०१७ 
  25. "निकाराग्वा प्रशासन" (स्पेनीमा), मनिटर ल्याटिनो, मूलबाट मे ९, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१८ 
  26. "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video". पोल्यान्डेेेली एयरप्ले शीर्ष १०० अन्तिम पहुँच मितिMarch 5, 2018.
  27. "Portuguesecharts.com – टेलर स्विफ्ट, एड सिरन र फ्युचर – इन्ड गेम" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति January 30, 2018.
  28. Arvunescu, Victor (फेब्रुअरी १९, २०१८), "टप एयरप्ले १००" (रोमानीमा), Un site de muzică, फेब्रुअरी १९, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  29. "Archive Chart: 20180209" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति February 10, 2018.
  30. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 20183 into search. अन्तिम पहुँच मिति January 24, 2018.
  31. "Archive Chart: 20180119" बेलायती एकल तालिका अन्तिम पहुँच मिति January 20, 2018.
  32. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति January 23, 2018.
  33. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति February 13, 2018.
  34. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=348 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Dance/Mix Show Airplay for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति February 12, 2018.
  35. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=381 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति January 16, 2018.
  36. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=378 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Rhythmic Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति December 28, 2017.
  37. "टप १००- एल साल्भादेर" (स्पेनीमा), मोनिटर ल्याटिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  38. "पप सङ्गीत – २०१८ वर्ष समाप्ति", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ५, २०१८ 
  39. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति 2018-12-04.
  40. "आधिकारिक एरिया चार्टमा इन्ड गेम गीतको इतिहास" (अङ्ग्रेजीमा), अस्ट्रेलिया सङ्गीत रेकर्ड सङ्घ, २० अक्टोबर २०१८। 
  41. "टेलर स्विफ्ट - इन्ड गेम" (पोर्चुगलमा), प्रो म्युजिक ब्राजिल, ११ अप्रिल २०१८। 
  42. "टेलर स्विफ्ट, एड सिरन र फ्युचर - इन्ड गेम" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, ‎ ३० जनवरी २०१८। 
  43. "टेलर स्विफ्ट, एड सिरन र फ्युचर - इन्ड गेम" (अङ्ग्रेजीमा), अमेरिक रेकर्ड उद्योग सङ्घ, १३ जुलाई २०१८। 
  44. "टेलर स्विफ्ट, एड सिरन र।फ्युचरको इन्ड गेम" (फ्रान्सेलीमा), अफिसिया, १६ डिसेम्बर २०१७। 
  45. "नयाँ अमेरिकी एकल गीत" (अङ्ग्रेजीमा), रेडियो १, १६ डिसेम्बर २०१७। 
  46. "एकल सार्वजनिकहरू" (अङ्ग्रेजीमा), टप ४०, ३ फेब्रुअरी २०१८। 
  47. "बीबीसी – रेडियो १" (अङ्ग्रेजीमा), बीबीसी रेडियो, ३० जनवरी २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"इन्ड गम" गीतको सार