पार्किनसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गिदीको दुवै भाग, जहाँ सब्स्टेनसिया निग्रा भन्ने ठाउँमा न्युरोन्सलाई गिदीले डोपामिन आपूर्ति गर्न नसक्दा यो रोग लाग्ने गर्दछ। सब्स्टेनसिया निग्रा भन्ने गिदीको त्यो क्षेत्र हो, जहाँबाट कोषिकाहरुले डोपामिन स्वतः उत्पादन गर्छ। तर पार्किनसन भएको मानिसको गिदीले डोपामिन बनाउन छाडेपछि यो रोग अग्रगामी दिशातिर बढछ। यो रोग ६० वर्ष पुगेका मानिसलाई लाग्ने बताइन्छ तर ३०–४० वर्षमै पनि लाग्न सक्छ|

पार्किनसनका चार लक्षण हुन्छन्, जसलाई मोटर लक्षण भनिन्छ :

उपरोक्त चार लक्षणमध्ये तीनवटा लक्षण मिल्न गएमा पार्किनसन भएको डाक्टरले प्रमाणित गरिदिन्छ।तर दुई लक्षण मिलेमा नै पनि पार्किन्सन को रोगी मा बर्गिकरण गर्ने गरिन्छ| यसको प्रयोगशाला जाँच गर्ने विधि छैन।

पार्किनसनको गैरमोटर लक्षण निम्न छन् :

यी लक्षणमध्ये सबै पार्किनसन पीडितलाई सबै लक्षणले छोएको हुँदैन।

सव्सटानसिया नाइग्रांले डोपामिन आपूर्ति गर्न नसक्दा न्युरोट्रान्समिटरले सिग्नल नपठाउँदा शरीरको मोटर प्रणाली अवरुद्ध पार्छ। तसर्थ सर्वप्रथम डोपामिन नै पार्किनसनको मुख्य औषधी हो। शारीरिक व्यायाम जो कसैको स्वस्थ जीवनका लागि एकदमै महत्त्वपूर्ण अभ्यास हो। तर पार्किन्सनका लागि त यो अति नै आवश्यक र स्वस्थजन्य उपाय हो। शारीरिक अभ्यास सन्तुलित हिडाईं र दैनिक क्रियाकलापको विचलनका लागि अति नै आवश्यक कुरा हो।

पार्किनसन लाई वंशाणुगत रोग मानिन्छ तापनि विषादियुक्त वातावरणमष्तिष्क मा हुने चोट लाई पनि प्रमुख कारक मानिएको छ| लक्षणहरुको पूर्ण र गहिराई पहिचान गरेपछि उपचार योजना बनाउनुपर्छ। जसमा औषधी उपचारका साथै तालिम, दैनिक विशेष प्रकारका व्यायाम, खानपिनको छनौट, मित्रवत् ओछ्यान तथा तकिया, शारीरिक अभ्यास गर्ने ठाउँको व्यवस्था, पार्किनसनपीडितका लागि बाथरुममा विशेष व्यवस्था आसनको राम्रो व्यवस्था र हिँड्ने ठाउँमा ठोकिन सक्ने चिजहरु हटाउनु, नृत्य गर्न र ताई ची जस्तो अभ्यास गर्न कोठाको व्यवस्था गर्नु हो।

लडाइँ जारी छ पार्किनसनसँग -०९ Jun २०१३ आइतबार २६ जेष्ठ, २०७० दीपक चापा (चापागाईं)