वर्ष
नेपाली विकिपीडियाबाट
बर्ष समय मापनको एक एकाई हो। 60 सेकेँडको एक मिनेट हुन्छ। 60 मिनटको एक घण्टा हुन्छ। यसै गरी 24 घण्टाको एक दिन हुन्छ भने 365 दिनको एक पुरा बर्ष हुन्छ। पुरा बर्षमा 12 वटा महिनाहरू हुन्छन्। एक महिना सरदर 30 दिनको मानिएको छ तर हिन्दू महिना 29 - 32 दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी 28 दिनको हुन्छ। लिप बर्षमा फेब्रुअरी 29 दिनको हुन्छ। लिप बर्ष प्रत्यक 4 बर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर 31 दिनका हुन्छन् भने बाँकिका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर 30 दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुशार एक बर्षमा 6 वटा ऋतु र 2 वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू 4 वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुशार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न 365 दिन 6 घण्टा लाग्दछ। यही समयलाई बर्ष भनिन्छ।
यो पनि हेरौँ [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |