पौभा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पौभा

'पौभाः' भन्नाले नेपालको मौलिक परम्परागत चित्रकला भन्ने बुझिन्छ। कपडामा लेखिने यो पौभाः चित्रकलामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ। पौभाः चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ। यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा उतारिन्छ।

धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन्।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा