बलबहादुर राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलबहादुर राई
आवास मन्त्री
श्रम मन्त्री
व्यक्तिगत विवरण
जन्मवि. सं. १९७७ साल फागुन ६ गते
मौला, ओखलढुङ्गा जिल्ला
मृत्युवि.सं.२०६७ असार २० गते
त्रिवि शिक्षण अस्पताल, काठमाण्डौ

बलबहादुर राई नेपालका पूर्वमन्त्री तथा प्रजातन्त्रका सेनानी हुन्। उनी १९ पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए।

नेपाली कांग्रेस पार्टी सँग सम्बन्धित बलबहादुर राईको प्रजातान्त्रिक आन्दोलनको यात्रा ६ दशक भन्दा लामो छ।

सुरूवात[सम्पादन गर्नुहोस्]

बाबु नवलिसंह राई र आमा भवीमाया राईको साँइलो छोराको रूपमा विस १९७७ साल फागुन ६ गते ओखलढुङ्गामा जन्मेका बलबहादुरले १९९५ साल माघ १ गते ओखलढुंगाको विष्णुदल पल्टनमा मिलिसिया पदबाट जागीरे जीवन शुरु गरे। सेनाको कर्णेल या जर्नेल हुने उनको इच्छा थियो, त्यसैले मासिक ४ रूपिया तलबमा जागीर शुरु गरेका थिए। त्यसपछि धनकुटाको श्रीनाथ पल्टनमा भर्ना भए। सेनाको हवल्दार भएको दूई वर्षमा बहिदार भएपछि तेहथुम माल अड्डामा सरुवा भए उनी।

त्यतिबेला भारतमा अंग्रेजविरुद्धको भारत छोडो आन्दोलनले उचाई लिइरहेको थियो। यता उनी सेनामा काम गरिरहेकै थिए, तर सेनामा देखिएको विभेदले युवा बलबहादुरको मनमा बिद्रोहको आगो बल्न थालिसकेको थियो।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

भारतमा २००३मा गठन भैसकेको नेपाली राष्टिय कांग्रेसले नेपालमा पठाएका गोप्य पर्चा पढ्न थालेपछि बलबहादुरमा राणाविरोधी भावना आयो र तेहथुम मालको बहिदार छाडेर उनी लागे ओखलढुंगातर्फ र त्यहा जनक्रान्तिमा सकि्य भएर लागे।

प्रजातन्त्रपछि वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच विवाद बढेपछि राईले मातृकाको पक्ष लिए र पुर्व ३ नम्बरको कांग्रेस सभापति बने। २०१३ सालमा पार्टी पुनः एक भएपछि २०४५ सालसम्म ३६ वर्षसम्म जिल्ला पार्टी सभापति बने। उनी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा ओखलढुंगा क्षेत्रबाट निर्वाचित भई सांसद पनि बने।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि उनी जेल परे, जेलबाट एकवर्षपछि रिहा भएपछि उनको अंश सर्वस्वहरण भयो र लागे भारत प्रवासतिर। २०२५ सालमा आममाफी पाएर फर्केका बलबहादुर २०२९मा फेरि पक्राउ परे। २०३१मा ओखलढुंगा काण्डमा पक्राउ परे, २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका बेला उनी सिरहा जेलमा थिए। बहुदलीय प्रजातन्त्र स्थापना यताका वर्षमा १९ पटक कार्यवाहक प्रधानमन्त्री हुने अवसर पनि उनैले पाए। २०४८ सालको निर्वचनपछि बनेको सरकारमा आवासमन्त्री, २०५१को मध्यावधी निर्वाचनपछि बनेको सरकारमा श्रममन्त्री बने।

अरु नेताहरू बुढ्यौली लागेको र नसकिने भन्दै पन्छिइरहेका बेला बुढा बलबहादुर भने आन्दोलनका मोर्चाहरू माअग्रपंक्तिमा देखिन्थे। २०६२/६३को आन्दोलनमा पनि धेरै जुलुसको नेतृत्व उनैले गरे। [१]

देहान्त[सम्पादन गर्नुहोस्]

८९ वर्षको उमेरमा २०६७ असार २० गते त्रिवि शिक्षण अस्पतालमा राईकोमा निधन भयो।

[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://usnepalonline.com/national-politics/19-times-acting-pm-now-isolated.html[dead link]
  2. मेचीकाली डट कम वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति