बसन्तपुर, तेह्रथुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसन्तपुर
Basantapur
देश नेपाल
अञ्चलकोशी
जिल्लातेह्रथुम जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा४,०१४
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
Postal code
57104
क्षेत्रीय सङ्केत026
चित्र:Basantapur.JPG
बसन्तपुर

बसन्तपुर नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लाको एक गाँउ विकास समिति हो । यो रमणिय बजार म्याङलुङ देखि २५ कि.मी. पर्ूवमा पर्दछ। २३२३ मी. उचाईमा रहेको बसन्तपुर पर्ूर्वी पहाडी क्षेत्रको पदयात्राको प्रारम्भ र समाप्ती स्थान भएकोले पर्यटकीय रूपले महत्त्वपूर्ण छ। यो चिसो ठाउको ताफक्रम १०-२० सेन्टीग्रेड र न्यूनतम २-३ सेन्टिग्रेडसम्म हुन्छ। बसन्तपुर र यसको आसपासको क्षेत्रमा पहाड, पर्वत, पोखरी, पोखरी, हरियाली, सूर्‍योदय, सर्ूयास्त लगायतका रोमाञ्चकारी दृश्यहरू दृश्यावलोकन गर्न सकिन्छ। [१]

धरानबाट धनकुटा अनी सिधुवा-चित्रे हुँदै तेह्रथुम जिल्लाको रमणिय स्थान तथा ब्यापारिक केन्द्र बसन्तपुर पुग्न सकिन्छ।बसन्तपुर पर्यटकहरूको लागि पनि सेवा सम्पन्न शहर हो। अधिकांश पर्यटकहरू जो पूर्वी नेपालको भ्रमण गर्दछन उनीहरू बसन्तपुरमा नै बास बस्छन। १/२ दिन बसन्तपुर बसेर घुमे पछि मात्रै उनिहरूको यात्रा अगाडि बढ्छ संखुवासभा, तेह्रथुम, भोजपुर अनी ताप्लेजुङ जाने मुख्य नाका नै बसन्तपुर हो। बसन्तपुर धनकुटा संखुवासभा तेर्थुम भोजपुर अनी ताप्लेजुङ जिल्लाकै एउटा ब्यपारिक् केन्द्र पनि हो। बसन्तपुरबाट सबैभन्दा नजीकको गाविस फुलेक गा.वि.स. हो। केही वर्ष अगाडि सम्म फुलेक गाविसमा हाई स्कूल नहुँदा फुलेकका सम्पूर्ण विद्यार्थीहरू यही बसन्तपुरको बसन्त उच्च माविमा पढ्ने गर्दथे। बसन्तपुरमा पर्यटकहरूको लागि सुविधा सम्पन्न होटेलहरू पनि छन्।

बसन्तपुरमा प्राय ब्रामण क्षेत्री गुरुङ लिम्बु दमाई कामी जातीको वसोबास पाईन्छ । धार्मिक सदभाव र सामाजिक सहयोग यस गा.वि.स.को परिचय हो । यहाँको श्रीमान स्मारक उच्च माध्यमिक विद्यालय सवैभन्दा पुरानो सिवद्यालय हो यस विद्यालयले इथानिय स्तरमा शिक्षाको लागि गरेको योगदान प्रशंसनिय रहेको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]