मरकन्टाइल कम्युनिकेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरकन्टाइल कम्युनिकेसन प्रा. लि.

Mercantile Communications Pvt. Ltd.
मौलिक नाम
मरकन्टाइल कम्युनिकेसन्स
केन्द्रीय कार्यालय
हिटि पोखरी, दरवार मार्ग, काठमाडौँ
,
मुख्य व्यक्ति
सन्जिव राज भण्डारी
(CEO)
सेवाहरूइन्टरनेट, इन्ट्रानेट, डोमेन दर्ता, सरभर कोलोकेसन
मालिकमरकन्टाइल समुह
वेबसाइटwww.mos.com.np

मरकन्टाइल कम्युनिकेसन प्रा. लि. (अङ्ग्रेजी: Mercantile Communications Pvt. Ltd.) सुचना प्रविधिको (अङ्ग्रेजी: Information Technology) दुनियाँमा एक चर्चित नाम हो। साथसाथै यस संस्था नेपालमा सुचना प्रविधि भित्राउने कम्पनी पनि हो। मरकन्टाइलको स्थापना सन् १९९४ मा भएको हो। [१] यसको कार्यालय काठमाडौँको दरवार मार्ग स्थित हिटि पोखरीमा अवस्थित छ। हाल यस संस्थाले आफ्ना ग्राहकवर्गलाई विविध सेवा तथा सुविधाहरु प्रदान् गरिरहेको छ जसमध्ये इन्टरनेट (अङ्ग्रेजी: Internet), इन्ट्रानेट अनुप्रयोग विकास (अङ्ग्रेजी: Intranet Application Development), सामग्री डिजाइनिङ तथा विकास (अङ्ग्रेजी: Content Designing and Development) , होस्टिङ (अङ्ग्रेजी: Hosting), आदि मुख्य हुन्। मरकन्टाइल नेपालका लागि डट एन पी (अङ्ग्रेजी: .np ccTLD) डोमेन दर्ता (Domain Registration) गर्ने आधिकारिक संस्था पनि हो।


मरकन्टाइल विवरण[सम्पादन गर्नुहोस्]

मरकन्टाइल कम्युनिकेसनको मुख्य कार्यालय

मरकन्टाइलले नेपालका साथसाथै अन्य छिमेकी राष्ट्रहरू जस्तै बङ्गलादेश र भुटानमा सन्चालन भइरहेका संस्थाहरूलाई पनि इन्टरनेट सेवा प्रयोग गर्न आवश्यक पर्ने परामर्श तथा सुझाव प्रदान् गर्दछ। मरकन्टाइलको विशेषज्ञता र पूर्वाधार समर्थनको सहयोगले यो संस्था नेपालको गुणस्तरीय इन्टरनेट सेवा प्रदायकहरू मध्येको एक बन्न पुगेको छ। भरपर्दो, प्रभावकारी र उपयुक्त प्रविधि उपलब्ध गराउनु यसका मुख्य उद्देश्यहरु हुन्। यसले नेपालमा रिडियो मोडेम (Radio Modems) र भि स्याट (VSAT) जस्ता प्रविधिहरूको प्रयोग गरी तार-रहित सञ्चारको विस्तार पनि गरेको छ। मरकन्टाइलको अर्को अभिन्न अङ्ग यसले सञ्चालन गर्ने अनलाईन समाचार सेवा, नेपालन्युज डट कम ({{lang|en|nepalnews.comपनि हो। मरकन्टाइलले नेपालन्युजको सुरुवात सन् १९९९बाट गरेको हो र यस सेवाको मुख्य उद्देश्य नेपालका विभिन्न क्षेत्रहरू जस्तै बिबिसी नेपाल सेवा, साप्ताहिक चुनाव, बातचीत, राशिफल, मौसम, जिवनशैलि, समुदाय, सर्वेक्षण, चर्चा समुह, र अन्य क्षेत्रहरूको पछिल्लो जानकारी प्रकाशन गर्नु हो। [२]

इतिहास[सम्पादन गर्नुहोस्]

हिटि पोखरीबाट देखिने मरकन्टाइलको कार्यालय

मरकन्टाइलको वास्तविक स्थापना मिति सन् १९५१ हो। स्वर्गिय गोपाल राज भण्डारीले यस संस्थाको स्थापना गर्नुभएको थियो। मरकन्टाइलले नेपालमा इन्टरनेट सेवाको वितरण त्यस समयमा शुरु गरिको थियो जब संयुक्त राज्य अमेरिकामा पनि इन्टरनेट भर्खर-भर्खर प्रचलित हुदै थियो। आफ्ना शुरुवातका दिनदेखि नै मरकन्टाइलले सुचना प्रविधिको परिचय दिदैँ व्यक्तिगत तथा साना व्यापारिक संस्थाहरूलाई अझ थप उत्पादनशील र प्रभावकारी बनाउँदै गयो। यसकै निरन्तरता स्वरूप उनकै छोरा, सन्जिव राज भण्डारीद्वारा मरकन्टाइलमा व्यापक सुधार तथा विस्तार गरी यस संस्थालाई सन् १९९४ मा मरकन्टाइल कम्युनिकेसन भनेर चिनाइयो। यसले नयाँ र अभिनव सुविधाहरूको नियमित विकास गरी आफुलाई छिटो, सहज र गुणस्तरीय सेवा प्रदायक बनाउँदै गइरहेको छ।





सेवाहरू[सम्पादन गर्नुहोस्]

सरभर कोलोकेसन (Sever Colocation)[सम्पादन गर्नुहोस्]

सरभर कोलोकेसन भनेको ग्राहकको सरभरलाई मरकन्टाइल वा सेवा प्रदायककै सुचना केन्द्र (Data Centre) मा राख्ने प्रविधि हो। यसले आफ्ना प्रयोगकर्ताका सम्पूर्ण आवश्यकताहरूको पूर्ती गरी छिटो-छरीतो र विश्वसनीय इन्टरनेट समाधानको सुनिश्चितता गर्दछ। संस्थाहरूले साझा होस्टिङ (Shared Hosting) छोडि सरभर कोलोकेसन प्रयोग गर्नुको मुख्य फाइदाहरू यी हुन् :

  • धेरै वटा वेवसाईटहरूलाई होस्ट गर्नु
  • व्यक्तिगत सफ्टवेयरलाई साझा होस्टिङले निषेध गर्नु
  • सुचनाको सुरक्षाका लागि

वेव सेवाहरू (Web Services)[सम्पादन गर्नुहोस्]

मरकन्टाइलले वेव सेवा अन्तर्गत वेव डिजाइनिङ (Web Designing), गतिशील साइट विकास (Dynamic Site Development), आधारभुत देखि विकसित होस्टिङ (Basic to Enhanced Hosting), खोज इन्जिन अनुकूलन (Search Engine Optimization), ई-कमर्स समाधान (Ecommerce Solutions), आदि सेवाहरू प्रदान् गर्दछ।

ताररहित सन्चार (Wireless)[सम्पादन गर्नुहोस्]

मरकन्टाइलले सुरक्षित तथा दुर्त गतिको ताररहित इन्टरनेट सेवा वितरण गर्दछ। यसले करपोरेट ब्रोडब्याण्डको साथसाथै उपभोक्ता इन्टरनेट ब्रोडब्याण्डको (Consumer Internet Broadband) सेवा सुरुवात गरेको छ। उपभोक्ता ब्रोडब्याण्ड सेवाले व्यक्तिगत, घरेलु प्रयोगकर्ता र ससाना संस्थाहरूलाई ठूलो सहयोग पुगेको छ।

डोमेन दर्ता (Domain Registration)[सम्पादन गर्नुहोस्]

डोमेन दर्ता सेवा मरकन्टाइलको एक महत्त्वपूर्ण सेवा साथसाथै पहिचान पनि हो। नेपाली नागरिक तथा संस्थाहरूका लागि निशुल्क डट एन पी (.np) डोमेन दर्ता गर्ने मरकन्टाइल कम्युनिकेसन, नेपाल सरकारद्वारा अनुमति प्राप्त संस्था हो।


मरकन्टाइल समुह[सम्पादन गर्नुहोस्]

मरकन्टाइल एउटा कम्पनिबाट विकसित हुदै हाल एक विशाल समुहको रूपमा परिवर्तित हुन पुगेको छ। मरकन्टाइल समूह मरकन्टाइल कम्युनिकेसनको छाता सङ्गठन पनि हो। यसले आफ्ना सेवाहरूलाई देशव्यापि तहमा विस्तार गरेको छ। मुलुकभरका विभिन्न स्थानमा मरकन्टाइल समुहले आफ्ना कार्यालयहरू स्थापना गरी विविध सेवा वितरण गरिरहेको छ। केहि मुख्य कार्यालयहरू निम्नानुसार छन्:

सुचना प्रविधि[सम्पादन गर्नुहोस्]

  • मरकन्टाइल कम्युनिकेसन
  • मरकन्टाइल कार्यालय
  • ए टि सी कम्युनिकेसन
  • साइवर वर्लड प्रा लि
  • फेवानेट

वातावरण[सम्पादन गर्नुहोस्]

  • विधुतिय साधन कम्पनी
  • पुमोरी कृषि फोरेष्ट्री
  • हिमाल कृषि फोरेष्ट्री

सम्पर्क केन्द्र[सम्पादन गर्नुहोस्]

  • वैधिक सेवाहरू

[३]

सम्पर्क[सम्पादन गर्नुहोस्]

हिटि पोखरी, दरबार मार्ग, काठमाडौँ, नेपाल
पो. ब. नं.: ६६
टोल फ्रि नं.: १६६००१५५५५५
फोन: ९७७-१-४४४५९२०/ ४४४०७३
फ्याक्स: ९७७-१-४४३७०८८ / ४४२७६१४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मरकन्टाइल कम्युनिकेसन (वि सं २०७०), मरकन्टाइलको स्थापना, श्रोत: www.mos.com.np वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-०५ मिति, पहुँच मिति: वि सं २०७० श्रावण ६ गते
  2. मरकन्टाइल कम्युनिकेसन प्रा लि (वि सं २०७०), नेपलन्युज डट कमको इतिहास, श्रोत: www.nepalnews.com, पहुँच मिति: वि सं २०७० श्रावण ११ गते
  3. मरकन्टाइल कम्युनिकेसन प्रा लि (वि सं २०७०), मरकन्टाइल समूह, श्रोत: mos.com.np , पहुँच मिति: वि सं २०७० श्रावण १३ गते