माइकल ज्याक्सन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
माइकल ज्याक्सन

उनी अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन्। उन्लार्इ पप जगत् का संम्राट मानिन्छ। सन १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम “माईकल जोसेफ ज्याक्शन” हो। उनकरो ५१ बर्षका उमेरमा रहस्यमय ढंगले मृत्यु भएको थियो। ११ बर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लागेका ज्याक्सनले १३ बर्षको उमेरमा पहिलो पटक आफ्नो सोलो एल्बम निकालेर `किङ अफ पप`को उपाधी समेत प्राप्त गरेका थिए।

उनको पाँच ओटा एल्बम सबैभन्दा बढी बिक्री हुने एल्बमको रूपमा रहेको छ। १९७९को “अफ द वाल”,१९८२को “थ्रिलर”,१९८७को “ब्याड “,१९९१को “डेन्जरस ” र १९९५को “हिस्ट्री ” उनको सबै भन्दा बढी चर्चित एल्बमहरू हुन, जुन अहिले सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बमहरू मध्य पर्दछन।

उनको रोबोर्ट डान्स र मूनवाक डान्स हेर्न लाएक हुन्थ्यो। १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७५० मिलिएन भन्दा बढी बिक्री भाईसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ। उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो क्ष्रणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन्। [१]

सन्दर्भ सामाग्रिहरू [सम्पादन गर्ने]

  1. http://yosansar.wordpress.com/2009/06/25/michael-jackson-dies/