माइली साइरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइली सायरस
३८ औँ पिपुल च्वाइस अवार्डमा साइरस, रेड कार्पेट २०१२
व्यक्तिगत विवरण
वास्तविक नामडेस्टिनी होप सायरस
जन्मस.न् १९९२ नोवेम्बर २५
नासभिल्ला, टेन्नेसी, संयुक्त राज्य
विधापप सङ्गीत,[१] R&B, रक सङ्गीत
पेशाअभिनेत्री,गायिका
वाद्ययन्त्रस्वोर,गितार, पियानो
सक्रिय वर्ष२००१-वर्तमान
लेबलहलिउड, आरसिए
सहयोगीबिल्ली रे साइरस, जोनाज ब्रदर्स
वेबसाइटmileycyrus.com

माइली सायरस(जन्म: २५ नोबेम्बर १९९२; बाल्यकालको नाम: डेस्टिनी होप सायरस) एक अमेरिकी अभिनेत्री तथा पप् गायिका हुन। उनको जन्म अमेरिकाको नासभिल्ला भन्ने ठाउँमा भएको थियो।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

डेस्टिनी हप साइरस को जन्म नोबम्बर २३, १९९२ मा फ्रयान्क्लिन, टेनिज (नेस्भिल्ला)मा लेटिया जीन 'टिस' फिन्ले साइरस र बिल्ली रे साइरसको छोरीको रूपमा भयो । उनकी आमा बाबुले आफ्नो छोरीले धेरै कुरा पूरा गर्ने विश्वास लिई उनको नाम 'स्माइली' राखिदिए तर पछि छोंट्टयाएर 'माइली' राखे किनभने उनका बाबू आमा अनुसार उनी सानी छदाँ मुस्कुराइरहन्थीन्।

सन् २००८ मा उनको आधिकारिक नाम माइली रे साइरस राखियो । रे शब्दले बाबू पट्टिको हजुरबुबा राजनीतिकर्मी रोनाल्ड रे साइरसलाई सम्मान गर्छ जसको मृत्यु २००६ मा भयो ।

साइरसका बाबूआमाले भने डिसेम्बर २८, १९९३ मा गोप्य रूपमा विवाह गरे । विवाह भएको एक वर्ष पछि ब्रेसन र नोहा जन्मिए । आमा पट्टिबाट साइरसका ट्रेस र ब्रान्डी र बाबू पट्टिबाट क्रिस्टोफर् (दाजु) सौतेनी दाजु बहिनीहरु भए । ट्रेस मेट्रो स्टेसन पप व्यान्डको गेटारवाधक र भोक्लिस्ट हुन् । नोहा अभिनेत्री हुन् । ब्रान्डी पनि एक गेटारवाधक हुन् ।

साइरस हेरिटेज एलिमेन्टरी स्कुलमा भर्ना भईन्। उनी ख्रिस्चियनको रूपमा हुर्किइन् र उनको बप्तिस्मा साउदन बापटिस्टमा गरियो । उनी सानै देखि चर्च गइरहन्थिन् र धार्मिक औँठी(पिउरिटी रिङ लगाउँथिन् । सन् २००१ मा उनी परिवारसित टोरन्टो,क्यानडा गइन् जहाँ उनको बाबुले डक (टेलि-चलचित्र)को दृश्य खिचेका थिए ।

सन् २००५मा साइरस हलिउड गइन् ।

चलचित्र सुरुवात[सम्पादन गर्नुहोस्]

बाबू बिल्लीले रोयल एल्कजेन्ड्रा थिएटरमा लग्दा साइरसले बाबुको हात समाउँदैँ , "मलाई यहि गर्न मन छ , ड्याडी ; म अभिनेत्री बन्न चाहन्छु ।" भनिन् । पछि उनले गायन र अभिनय कक्षाहरु आमस्ट्रङ एक्टिङ स्टुडियो , टोरोन्टोमा लिइन् । साइरसले डकमा काइलको भूमिका निभाइन् ।

सन् २००३ मा उनले द एडभेन्चर्स अफ सार्क बोइ र लाभा गर्लमा अडिसन दिइन् जसमा उनले भूमिका त पाइनन् तर पछि उनले ह्याना मोन्टेनामा अभिनय गरिन् ।

२००६ : ह्याना मोन्टेना र चर्चा[सम्पादन गर्नुहोस्]

साइरस र उनको पाल्तु कुकुर रोडि, सन् २००७

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

स्वास्थ्य र वैवाहिक नाता[सम्पादन गर्नुहोस्]

दान-धर्म[सम्पादन गर्नुहोस्]

द्यौलत र बाहिरि परिचय[सम्पादन गर्नुहोस्]

अभिनित चलचित्रहरु[सम्पादन गर्नुहोस्]

एल्बम[सम्पादन गर्नुहोस्]

सांगीतिक यात्राहरू[सम्पादन गर्नुहोस्]

अवार्डस् र छनोट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Deming, Mark, "Miley Cyrus – Biography", Allmusic, Rovi Corporation, अन्तिम पहुँच अक्टोबर २१, २००९ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]