वारिद टेलिकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वारिद टेलिकम
وارد تليكوم الدولية
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापित२००४; २० वर्ष अघि (२००४)
केन्द्रीय कार्यालयअबु धाबी, संयुक्त अरब इमिरेट्स
मुख्य व्यक्ति
सेख नहायन मबरक अल नहायन, अध्यक्ष
बसिर ताहिर, कोष कार्यकारी
उत्पादनहरूदूरभाष सेवा, दीर्घकालीन सञ्जाल, वाइम्याक्स, एज, जिपिआरएस, विमोसप्र, विदूसप्र
सहायक कम्पनीहरू
वेबसाइटwww.waridtel.com Edit this on Wikidata

वारिद टेलिकम अन्तर्राष्ट्रिय (अरबी: وارد تليكوم الدولية‎‎) संयुक्त अरब इमिरेट्समा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय राजधानी अबु धाबीमा अवस्थित छ। यसले बङ्गलादेश, पाकिस्तान, कङ्गो जर्जिया र युगाण्डा गरी ५ वटा देशहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ।

पाकिस्तान[सम्पादन गर्नुहोस्]

वारिदको मालिक कम्पनी, अबू धाबी समूहका प्रमुख कार्यकारी अधिकृत श्री बशिर ताहिरको नेतृत्वमा यसले पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई २९१ मिलियन अमेरिकी डलर तिरि इजाजत पत्र प्राप्त गरेको थियोे।[१]

२३ मे २००५ मा वारिदले व्यावसायिक रूपमा सेवा सञ्चालन गरेको थियोे। श्री हामिद फारोकी, कम्पनीका कर्यकारी अधिकृतको रूपमा नियुक्त गरिएका थिए। सुरूमा यसले २८ मुख्य सहरहरूमा आफ्नो सेवा सुरू गरेको थियोे जसमा यो त्यतिबेलाको सबै भन्दा धेरै सहरहरूमा सेवा पुर्‍याउने दूरसञ्चार सेवा प्रदायक बनेको थियोे जसमा यसले पहिलो चरणमा १५० मिलियन अमेरिकी डलर लगानी गरेको थियोे। ८० दिनभित्रमा, वारिदले दश लाख ग्राहकहरूका साथ ७% बजार साझेदारी गरेको थियो। [२] ३० जून २००७ मा, सिङ्गापुर दूरसञ्चार कम्पनी लिमिटेड (सिङ्गटेल) र वारिद टेलिकमले यसको ३०% स्वामित्व ७५८ मिलियन अमेरिकी डलरको लागि वारिदको अधिग्रहण गर्ने घोषण गरेको थियो। यसका साथै कम्पनीको उणद्यम मुल्य २.९ बिलियन अमेरिकी डलर पुगेको थियो। सिङ्गटेल उक्त स्वामित्व जनवरी २०१३ मा १५० मिलियन अमेरिकी डलरको लागि बिक्री गरेको थियो।[३]

यसो गरेबापत यसले भविष्यमा बिक्री, सार्वजनिक प्रस्ताव वा वारिदको समायोजनबाट आएको शुद्ध आयको ७.५ प्रतिशत प्राप्त गर्नको लागि अधिकार प्राप्त गरेको थियो।[४]

२६ नोभेम्बर २०१५ मा, भिम्पेलकम र अबु धाबी समूहले मोबिलिङ्कवारिद बङ्गलादेशलाई एउटै कम्पनीको रूपमा समायोजन गर्ने सम्झौता पक्का गरेका थिए।[५]

बङ्गलादेश[सम्पादन गर्नुहोस्]

डिसेम्बर २००५ मा,अबु धाबीमा आधारित, वारिद टेलिकम अन्तर्राष्ट्रिय सिमित दायित्व कम्पनीले बङ्गलादेश दूरसञ्चार विनियामक आयोगलाई ५० मिलियन अमेरिकी डलर तिरेको थियो जसले गर्दा यसलाई बङ्गलादेश दूरसञ्चार विनियामक आयोगले दूरसञ्चार सेवा प्रदान गर्नका लागि विश्वव्यापी मोबाइल सञ्चार प्रणाली अनुमति पत्र प्रदान गरेको थियो। यसका साथै यसले बङ्गलादेशमा छैटौँ ठूलो मोबाइल सञ्जाल सञ्चालकको रूपमा सेवा प्रदान गरेको थियो।

१७ अगष्ट २००६ मा आयोजित एक प्रेस सम्मेलनमा, वारिदले यसको सञ्जाल अक्टोबर २००६ मा दुई महिना अगावै सूचारू हुने घोषण गरेको थियो। अक्टोबर २००६ मा, यसको मुख्य उपकरण आयातकर्ता नोकिया भुक्तानीमा विवाद भएको भन्दै सम्झौताबाट टाढिए पछि, वारिद टेलिकमले बङ्गलादेशमा यसको सेवा घोषण गरेको लगभग एक वर्ष पश्चात् अप्रिल २००७ मा गरेको सञ्चालन थियो।[६]

१ अक्टोबर २००७ मा, वारिद टेलिकमले यसको सञ्जाल अतिरिक्त ५ जिल्लाहरूमा विस्तार गरेको थियो र यसका साथै यसले ५६ वटा जिल्लामा पूर्ण रूपमा सेवा सञ्चालन गरेको कुरा पेस विज्ञप्तिमा जनाएको थियो। मममयनसिङ्, जामालपुर, शेरपुर, राजबाडी, नाडाइल लगायतका जिल्लाहरूमा वारिद बङ्गलादेशको सञ्जाल पूर्णरूपमा सक्रिय छ। १० नोभेम्बर २००७ मा, यसको सञ्जाले ६१ वटा जिल्लाहरूमा पूर्ण सेवा प्रदान गरेको थियो।

सन् २०१० मा, वारिद टेलिकम यसको ७० प्रतिशत स्वामित्व भारतको अग्रणी दूरसञ्चार कम्पनी भारती एयरटेल लिमिटेडलाई ३०० मिलियन अमेरिकी डलरमा बेचेको थियो। ४ जनवरी २०१० मा सो सम्झौता बङ्गलादेश दूरसञ्चार विनियमक आयोगले स्वीकृत गरेको थियो।

२० डिसेम्बर २०१० मा, वारिद टेलिकम एयरटेलको रूपमा पुनर्गठित गरिएको थियो।

जर्जिया र आइभोरी कोष्ट[सम्पादन गर्नुहोस्]

यसले जर्जियामा सेवा सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो र यसले जर्जियामा वाइम्याक्स सेवा सञ्चालन गर्दै आइरहेको छ। यसले आइभोरी कोष्टमा पनि दूरसञ्चार सेवा प्रदान गर्दछ। [७][८]

गणतन्त्र कङ्गो[सम्पादन गर्नुहोस्]

यसले गणतन्त्र कङ्गोमा जनवरी २००८ मा सेवा सुरु गरेको थियो।[९][१०] ५ नोभेम्बर २०१३ मा, यसलाई भारतको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी भारती एयरटेलले अधिग्रहण गरेको थियो।

युगाण्डा[सम्पादन गर्नुहोस्]

यसले सन् २००७ मा युगाण्डामा सेवा सञ्चालन गर्ने योजना बनाएको थियो।[११][१२] वारिदले युगाण्डामा यसको सहायक कम्पनी वाटिन दूरसञ्चारको सहायतामा वाइम्याक्स सेवा प्रदान गरेको थियो। यसलाई पनि भारती एयरटेलले अधिग्रहण गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://m.arabianbusiness.com/royal-flush-57528.html
  2. [http://www.ericsson.com/ericsson/successtories/2005/november/warid.shtml Warid, واريد ، باكستان ، تكسب مليون مشترك في يومًا
  3. SingTel Confirms to Stake for $758 Million वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१२ मिति
  4. [१] वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०६ मिति
  5. "موبيلينك ، وريد تليكوم تعلن عن دمجها", डाउन, नोभेम्बर २६, २०१५, अन्तिम पहुँच नोभेम्बर २७, २०१५ 
  6. https://www.wsj.com/articles/SB10001424052748703436504574639763075967666
  7. "Warid Telecom wins Georgian WiMAX licence", टेलिकम पेपर, २००७-११-२१, अन्तिम पहुँच २०१४-०४-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१९ मिति
  8. "Cote d’Ivoire: Warid Telecom pays for licence but can’t get enough spectrum to operate", ब्यालेन्सिङ एक्ट, २००९-०३-१३, अन्तिम पहुँच २०१४-०४-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१९ मिति
  9. "الكونغو برازافيل: إطلاق شركة وريد تليكوم", अल अफ्रिका, २००८-०१-१८, अन्तिम पहुँच २०१४-०४-१९ ]
  10. "Bharti Airtel to Buy Warid Group's Congo Telecom Operations", द वाल ष्ट्रिट जर्नल, २०१३-११-०५, अन्तिम पहुँच २०१४-०४-१९ 
  11. وريد خطط الشبكة في أوغندا - टेलिकमपेपर
  12. "Uganda regulator clears Airtel’s Warid Telecom acquisition", मिण्ट, २०१३-०५-१३, अन्तिम पहुँच २०१४-०४-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]