विजय चालिसे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विजय चालिसे (पूरा नाम: विजयकुमार चालिसे, वि.सं. २००८) नेपाली साहित्यकार, पत्रकार एवम् गोरखापत्रका सम्पादक हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. २००८ साल असार २२ गते काठमाडौँ जिल्लाको जोरपाटी आरुबारीमा भएको हो। उनी साहित्यकार रमेश विकलका पुत्र हुन्। नेपालीमा एम्. ए. र बी. एड, पत्रकारितामा डिप्लोमा गरेका चालिसे कथा, उपन्यास आदिमा कलम चलाउँछन्।

कृति[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचनाका रूपमा वि. सं. २०३० मा 'आँसुमा रुझेको जीवन' शीर्षकको कथा प्रकाशित भएको थियो। उनका अन्य कृतिहरू यस प्रकारका छन्:-

  • अनि कुइरो फाट्छ (उपन्यास)
  • होटेल राँकिमा हत्या (उपन्यास)
  • प्रयोग-प्रत्यारोपण (कथासङ्ग्रह)
  • त्रिविध (सहलेखन, (कथासङ्ग्रह)
  • भग्न आस्थाको खण्डहर (कथासङ्ग्रह)
  • अग्निचक्र (कथासङ्ग्रह)
  • विज्ञानको कैदी (कथासङ्ग्रह)
  • खोसिएको सपना (कथासङ्ग्रह)
  • अप्रिलको बेलायत-यात्रा (निबन्ध)
  • मनका तूलिकामा स्म्ृतिका बिम्बहरू (निबन्ध)
  • ओह्...नेपारु (निबन्ध)
  • डोटेली लोक संस्कृति र साहित्य (संस्कृति)
  • दयालु राजकुमार (बालचित्र कथा)
  • समाचार सङ्कलन, लेखन र सम्पादन (पत्रकारिता)
  • आमसञ्चारका विविध पक्ष (पत्रकारिता)
  • समाचार सङ्कलन तथा सम्पादन (पत्रकारिता)
  • आमसञ्चार,द्वन्द्व र आतङ्कवाद (पत्रकारिता)
  • Media and Culture (पत्रकारिता)
  • आमसञ्चारका सिद्धान्तहरू आमसञ्चारका सिद्धान्तहरू बालसाहित्य
  • दयालु राजकुमार (चित्रकथा)
  • सेवाका प्रतिमूर्तिः दयाबीरसिंह कंसाकार ( जीवनी)
  • ३.  अनौठोभूमिमा एलिस, (अनुबाद उपन्यास)
  •  हाम्रो वरिपरिको विज्ञान (बालविज्ञान)
  • बादलका  बुट्टाहरू (बाल नाटकसङ्ग्रह)
  • हराएको मूर्ति (बालकथा सङ्ग्रह)
  • टाटेपाङ्ग्रे (संयुक्त कथासङ्ग्रह)
  • विश्वप्रद्धि बालकथाहरू (खण्ड–१) अनुवाद
  • अमूल्य उपहार, २०५८, संयुक्त कथासङ्ग्रह
  •  विश्वप्रद्धि बालकथाहरू खण्ड–२, अनुवाद,
  • किसानबाट  शिक्षा, कथासङग्रह
  • प्रशिद्ध चिनियाँ बालकथाहरू, संयुक्तअनुवाद सङ्ग्रह
  • चटकीको बाँदर, २०६० कथासङ्ग्रह
  • विजय चालिसेका बालकथाहरू,
  • Nima found Yeti (अङ्ग्रेजी बालकथासङ्ग्रह)
  • मङ्गल ग्रहमा विज्ञान, बाल–विज्ञान उपन्यास
  • मुस्ताङको गुफा, बालउपन्यास
  • लालुको यात्रा, बालउपन्यास
  • क्याप्टेन जेम्सकूक (एउटा साहसी  समुद्रयात्रीको जीवनी)
  • लोखर्केको जिद्दी,  चित्रकथा
  • काका काग, चित्र कविता,
  • चङ्खे खरायो, चित्रकथा
  • नयाँसाथी, बालनाटक
  • चिँ चिँको ¥याफ्टिङ, बालचित्रकथा
  • पछुतो, बालचित्रकथा
  • हाम्रो पृथ्वी, बालविज्ञान
  • हेर्दाहेर्दै पुतली, बालकथा
  • अरिंगालको गोलो, बालकथा
  • उड्ने ट्याङ्का र अरु कथाहरू, अनुदित बालकथा सङ्ग्रह
  • सविनाको डायरी, बालकथा सङ्ग्र,

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्नुहोस्]

  • युवामञ्च (मासिक, सम्पादन)
  • गोरखापत्र (दैनिक, सहायक सम्पादन)
  • साँग्रिला (त्रैमासिक, सम्पादन)
  • सम्झना (भैरव स्मृतिअंक, सम्पादन)
  • वन्धुसङ्गम (कविता सङ्ग्रह १,२को सम्पादन)
  • विभिन्न पत्रपत्रिकाहरूमा कथा, निबन्ध, लेख प्रकाशित

पुरस्कार[सम्पादन गर्नुहोस्]

साहित्यिकपत्रकारिता पुरस्कार, २०४६, शिक्षा तथा संस्कृति मन्त्रालय, श्री ५को सरकार

हराएको मूर्ति बालकथा संग्रहका लागि बालपुस्तक लेखनको श्रेष्ठताका निमित्त नेपाल बालसाहित्य पुरस्कार, २०५६

टाटेपाङ्ग्रेका लागि जनकप्रसाद हुमागाईंरञ्जुश्री पराजुलीसहित वि. सं. २०५७ सालको साझा बालसाहित्य पुरस्कार

पशुपति बहुमुखी क्याम्पस सम्मान तथा पुरस्कार, २०५७; 

चटकीको बाँदर कथा सरू्ग्रहका लागि नेपाल बालसाहित्य पुरस्कार–२०५९;

प्रेस चौतारी नेपाल सम्मान २०६२, प्रेस चौतारी,  नेपाल;

बालसाहित्यप्तिष्ठान अभिनन्दन– २०६४;

साहित्य सञ्जाल, चन्द्रनिगाहपुर रौतहटद्वारा देवकोटा शताब्दी सम्मान २०६५, तथा अभिनन्दन;

सुनकोशी साहित्य सम्मान, सुनकोशी साहित्य प्रतिष्ठान, २०६६;

विशिष्ट शिक्षासेवी सम्मान–२०६६, राष्ट्रिय विकास तथा सम्मान केन्द्र;

२०६६;  यती, अन्तरिक्ष र गाउँघरका कथा सङ्ग्रहका लागि साझा बालसाहित्य पुरस्कार २०६७;

ह्रृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार–२०६८, प्रेसचौतारी,नोपाल;

रिम्स स्रष्टा सम्मान–२०६८; रिडर्स इन्टरनेसनल मोडल स्कुल, जोरपाटी;

नई ईश्वरबल्लभ साहित्य पुरस्कार–२०७०; 

वैजयन्ती स्रष्टा सम्मान–२०७०; नेपाल साहित्य समाज, साहित्य संबद्र्धन केन्द्र, शब्दार्थ प्रकाशन;

पुष्कर गौतम बालसाहित्य पुरस्कार–२०७०, तन्नेरी मासिक;

राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७२, शिशु सेवा समिति बिराटनगर;

जनमत बालसाहित्य पुरस्कार–२०७३, जनमत प्रतिष्ठान, बनेपा;

पारिजात बालसाहित्य सम्मान–२०७३, पारिजात स्मृति केन्द्र, काठमाडौँ;

बालपत्रकारिता पुरस्कार–२०७३, बाल विकास समाज, नेपाल;

सुरभि अभिनन्दन–२०७४, सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँ;

अरुणिमा अभिनन्दन–२०७६, अरुणिमा शैक्षिक प्रतिष्ठान, बौद्ध;

नोबेल साकोस सम्मान २०७५,

चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान–२०७६, कार्तिकेय ट्रष्ट, काठमाडौँ । आदि....पाएका छन्।



बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]