वैवाहिक बलात्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैवाहिक बलात्कार वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । संसारभरि नै यो अमान्य रहेकोछ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यतिर प्रकाशमा आएको हो । अझै पनि कतिपय देशहरूमा भने यसबारे नियमहरू बनिसकेका छैनन् ।

महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभर प्रचलन रहेकोछ । यस धारणालाई पश्चिमा मुलुकहरूमा सन् १९६० र ७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पूर्वीय युरोप र स्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानुन बनिसकेको थियो । अर्धविकसित मुलुकहरूको यसतर्फ सन् १९९० र सन् २००० तिर ध्यान गएको पाईन्छ ।

समाज[सम्पादन गर्नुहोस्]

नेपाली समाजले विवाहपछि श्रीमान सँगको यौनसम्पर्कलाई मात्र मान्यता दिन्छ । तर, नेपालको कानुनले भने लोग्ने–स्वास्नीबीच पनि सहमति नभई यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । सहमति विपरीत भएको यस्तो सम्बन्धलाई दण्डनीय मानेको छ । 

कानुन[सम्पादन गर्नुहोस्]

मुलुकी ऐनअनुसार कुनै पनि महिलाको सहमतिबिना गरिने जबर्जस्ती यौन सम्बन्ध बलात्कार हुन्छ । जसमा श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिएको छ । 

यौन र दाम्पत्य जीवन[सम्पादन गर्नुहोस्]

यौनसम्पर्क श्रीमान् र श्रीमती दुवैको प्राकृतिक आवश्यकता हो । महिलाले आफ्नो यौनअधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्नेबित्तिकै श्रीमती माथि यौनअधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्यजीवन सुखी र दिगो हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]