समाजवादी विरुद्ध असाधारण कानुन
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
समाजवादी विरुद्ध असाधारण कानून - मजदुर र तथा समाजवादी आन्दोलनको विरोधमा संघर्ष गर्ने उद्देश्यले अन् १८७८मा जर्मनीको विस्मार्क सरकारले जारी गरेको थियो। यसै कानूनद्वारा सामाजिक-जनवादी पार्टीका सबै संगठनहरू र साधारण मजदुर संगठनहरू प्रतिबन्धित गरिएका थिए एवं मजदुर प्रेसमा रोक लगाइएको थियो, समाजवादी साहित्य जफत गरिएको थियो, सामाजिक-जनवादीहरूको घरकपड गरिएको थियो र उनीहरूलाई निर्वासित गरिएको थियो। तर दमनचक्रले सामाजिक-जनवादी पार्टीलाई तहस-नहस पार्न भने सकेन। भूमिगत अस्तित्वको वस्तुस्थिति अनुरूप पार्टीको क्रियाकलापमा हेरफेर ल्याइएको थियो। पार्टीको केन्द्रीय मुखपत्र 'सोसल-डेमोक्रेट' अखबार विदेशबाट प्रकाशित हुन थाल्यो। पार्टी महाधिवेशनहरू (सन् १८८०, १८८३ र १८८७) नियमित रूपमा बोलाइएका थिए। जर्मनीमा गुप्त रूपमा सामाजिक-जनवादी संगठनहरू र गुटहरू छिटै पुनर्गठित हुँदै गए। प्रतिबन्धित केन्द्रीय समतिले तिनको नेतृत्व गरेको थियो। यसको साथै पार्टीले आमजनतासँग सम्वन्ध दरिलो पार्न वैधानिक सम्भावनाहरूको पनि व्यापक प्रयोग गर्यो र त्यवको प्रतिष्ठा निरन्तर बढ्दै गयो। जर्मन सामाजिक-जनवादलाई कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सले ठूलो मद्दत गर्नु भयो। सन् १८९० साधारण र सबल मजदुर आन्दोलनको दवावमा परेर समाजवादी विरुद्ध असाधारण कानून वदर गरियो।[१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७३-४७७