सर्बिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र सर्बिया
Република Србија  (Serbian)
Republika Srbija  (Serbian)
सर्बियाको झन्डा
झन्डा
सर्बियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Боже правде
Bože pravde

(नेपाली: "न्यायको देवता")
विश्वको नक्सामा सर्बियाको अवस्थिति (हरियो) र विवादित क्षेत्र कोसोभो[क] (हलुका हरियो) युरोपमा (गाढा खैरो)।
राजधानी
र सबैभन्दा ठुलो सहर
बेलग्रेड
४४°४८′उ॰ २०°२८′पू॰ / ४४.८००°N २०.४६७°E / 44.800; 20.467
आधिकारिक भाषाहरूसर्बियाली[ख]
जातिगत समूहहरू
(सन् २०११)
  • ८३.३% सर्बियाली
  • ३.५% हङ्गेरियाली
  • २.१% रोमा
  • २% बोस्नियाली
  • ९% अन्य / उत्तर छैन
  • (कोसोभो बाहेक)[क]
धर्म
(सन् २०११)
रैथाने(हरू)सर्बियाली
सरकारएकात्मक संवैधानिक गणतन्त्र
आलेक्सान्दर भुचिस
आना ब्रनबिच
• राष्ट्रिय सभा अध्यक्ष
इभित्सा दाचिस
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापनाको इतिहास
• यौवराज्य
सन् ७८०
• अधिराज्य
सन् १२१७
सन् १३४६
• अटोमनद्वारा विजय प्राप्त
सन् १४५९–सन् १५५६
सन् १८०४
• स्वतन्त्र
सन् १८७८
सन् १८८२
सन् १९१८
सन् १९९२
• स्वतन्त्रता पुन:प्राप्त
सन् २००६
क्षेत्रफल
• कोसोभो समावेश[क]
८८,३६१ किमी (३४,११६ वर्ग माइल) (१११औँ)
• कोसोभो बाहेक[क]
७७,४७४ किमी (२९,९१३ वर्ग माइल)[१]
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
Neutral decrease ६८,७१,५४७ (कोसोभो बाहेक)[२] (१०६औँ)
• घनत्व
८९ /किमी2 (२३०.५ /वर्ग माइल) (९५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
ह्रास $१३०.६ अर्ब (कोसोभो बाहेक)[क][३] (७८औँ)
• प्रति व्यक्ति
वृद्धि $१८,८४० (कोसोभो बाहेक)[क][३] (६६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $५२ अर्ब (कोसोभो बाहेक)[क][३] (८४औँ)
• प्रति व्यक्ति
वृद्धि $७,४९७ (कोसोभो बाहेक)[क][३] (७५औँ)
गिनी (सन् २०१९)३३.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.८०६[५]
धेरै उच्च · ६४औँ
मुद्रासर्बियाली दीनार
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालिन समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८१
इन्टरनेट डोमेन
  • .आरएस
  • .срб

सर्बिया (Србија, Srbija, उच्चारण [sř̩bija] उच्चारण), मध्य र दक्षिण पूर्वी युरोपमा आफ्नो भू-भाग फैलिएको सार्वभौम सम्पन्न देश हो। यो पनोनिया खाडीबाल्कनको चौतर्फी घेरामा अवस्थित छ। यसको सिमाना उत्तरमा हङ्गेरी, उत्तरपूर्वमा रोमानिया, दक्षिणपूर्वमा बुल्गेरिया, दक्षिणमा उत्तर म्यासेडोनिया, पश्चिममा क्रोएसियाबोस्निया र हर्जगोभिना र दक्षिण पश्चिममा मोन्टेनेग्रो, कोसोभोको विवादित इलाका हुँदै अल्बानियासम्म फैलिएको छ। सर्बियाको जनसङ्ख्या झन्डै ७० लाख रहेको छ। बेलग्रेड यसको राजधानी र सबैभन्दा ठुलो सहर हो।

ढुङ्गे युगदेखि निरन्तर बसोबास गर्दै आधुनिक सर्बियाको इलाकाले छैटौँ शताब्दीमा यसले स्लाभ जातिको बसाइँसराइको सामना गर्नुपरेको थियो। यसले मध्य युगको प्रारम्भमा विभिन्न क्षेत्रीय राज्यहरू स्थापना गरेको थियो। यसले विभिन्न कालखण्डहरूमा यसले बाइजान्टाइन, फ्रान्सिया र हङ्गेरियाली राज्यहरूको लागि उपनिवेशको रूपमा मान्यता प्राप्त थियो। सर्बियाली राज्यले सन् १२१७ मा होली सीकुस्तुन्तुनियाबाट मान्यता प्राप्त गरेको थियो। सन् १३४६ मा सर्बियाली साम्राज्यको रूपमा यसको क्षेत्रीय चरमोत्कर्षमा पुगेको थियो। सोह्रौँ शताब्दीको बीचतिर, ओटोमनहरूले आधुनिक सर्बियाका सम्पूर्ण भागलाई आफ्नो अधीनमा लिएका थिए जसले गर्दा हब्सबर्ग साम्राज्यसँग युद्ध चलेको थियो।[६] १९औँ शताब्दीको प्रारम्भमा सर्बियाली क्रान्तिले राज्यलाई यस क्षेत्रको पहिलो संवैधानिक राजतन्त्रको रूपमा स्थापित गरेको थियो। प्रथम विश्वयुद्धमा हताहतको पछि भोयभोदिनाको भूतपूर्व हाब्सबर्ग साम्राज्यलाई सर्बियासँग एकीकृत गरिएको थियो। यस देशले अन्य दक्षिण स्लाभ राष्ट्रहरूसँग युगोस्लाभियाको सह-स्थापना गरेको थियो। यो सन् १९९० को दसकमा युगोस्लाभ युद्धसम्म विभिन्न राजनैतिक संरचनाहरूमा अस्तित्वमा रहेको थियो।[७] युगोस्लाभियाको विच्छेदको समयमा, सर्बियाले मोन्टेनेग्रोसँग एक सङ्घको गठन गरेको थियो जुन सन् २००६ मा शान्तपूर्वक रूपमा भङ्ग भएको थियो।[८] सर्बियाको स्वतन्त्रतालाई सन् १९१८ देखि पहिलो पटक सार्वभौम राज्यको रूपमा पुनर्स्थापित गरेको थियो। सन् २००८ मा कोसोभोको विधानसभाका प्रतिनिधिहरूले एकपक्षीय रूपमा स्वतन्त्रताको घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय समुदायबाट मिश्रित प्रतिक्रियाहरू प्राप्त भएपछि सर्बियाले यसलाई आफ्नै सार्वभौम क्षेत्रको भागको रूपमा दावी गरिरहेको छ।

सर्बिया एक उच्च मध्यम आय अर्थव्यवस्था हो। यो मानव विकास सूचकाङ्कमा ६४औँ अर्थात् अति उच्च स्थानमा रहेको छ। यो एकात्मक संसदीय संवैधानिक गणतन्त्र हो। यो संयुक्त राष्ट्र सङ्घ, युरोप परिषद्, युरोपमा सुरक्षा र सहकार्यका लागि सङ्गठन, कृष्ण सागर आर्थिक सहयोग परिषद्, मध्य युरोपेली स्वतन्त्र व्यापार सङ्घ, एसियाली पूर्वाधार लगानी बैङ्कविश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो। सन् २०१४ देखि युरोपेली सङ्घमा सन् २०२५ सम्म सहभागी हुने उद्देश्यका साथ देशले आफ्नो युरोपेली सङ्घको सहुलियत सम्झौता गर्दै आएको छ।[९] सर्बियाले सैन्य तटस्थताको नीतिलाई औपचारिक रूपमा पालन गर्दै आएको छ। यस देशले आफ्ना नागरिकहरूलाई विश्वव्यापी स्वास्थ्य सेवा र निःशुल्क प्राथमिक तथा माध्यमिक शिक्षा प्रदान गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

युगोस्लाभिया विखण्डन र राजनैतिक सङ्क्रमण[सम्पादन गर्नुहोस्]

  • स्लोभेनियाद्वारा स्वतन्त्रताको घोषणा: सन् १९९१ जुन २५
  • क्रोएसियाद्वारा स्वतन्त्रताको घोषणा: सन् १९९१ जुन २५

समसामयिक इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००६ मे २१ मा, मोन्टेनेग्रोले सर्बियसँगको सङ्घ अन्त्य गर्ने विषयमा जनमत सङ्ग्रह आयोजना गरेको थियो। यसको नतिजाले ५५.४% मतदाता स्वतन्त्रताको पक्षमा देखिएका थिए। जनमत सङ्ग्रहको आवश्यकता ५५% भन्दा यो केही माथि मात्र थियो। सन् २००६ जुन ५ मा सर्विया स्वतन्त्रताको घोषणापत्रबाट सर्बिया र मोन्टेनिग्रोको सङ्घ अन्त्यको घोषणा गरियो र सर्बिया सन् १९१८ पछि पहिलो पटक नयाँ स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। त्यसै अवसरमा, सर्बियाको राष्ट्रिय सभाले सर्बियालाई यस अघिको सङ्घको कानुनी उत्तराधिकारी घोषणा गरेको थियो।[१०]

सन् २००८ फेब्रुअरी १७ मा, कोसोभोको सभाले एकतर्फी रूपमा सर्बियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो। सर्बियाले यो घोषणाको तुरुन्तै निन्दा गरेको थियो र कोसोभोलाई स्वतन्त्र राज्यको मान्यता दिन अस्वीकार गरेको थियो। यो घोषणाप्रति अन्तर्रष्ट्रिय समुदायमा विविध प्रकारको प्रतिक्रिया आएको थियो, केहीले यसको स्वागत गरे भने केहीले एकपक्षीय कदमको निन्दा गरेका थिए।[११]

सन् २००९ डिसेम्बर २२ मा सर्बियाले आधिकारिक रूपमा युरोपेली सङ्घको सदस्य हुन आवेदन दिएको थियो।[१२] र सन् २०१२ मार्च १ मा सदस्य उम्मेदवारको मान्यता पाएको थियो।[१३][१४] सन् २०१३ जुनमा युरोपेली आयोग र युरोपेली परिषदबाट सकारात्मक सिफारिस आएपछि, सन् २०१४ जनवरीमा युरोपेली सङ्घमा जोडिन वार्ता सुरु भएको थियो।[१५]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ कोसोभोको राजनीतिक स्थिति विवादित छ। सन् २००८ मा सर्बियाबाट एकपक्षीय रूपमा स्वतन्त्रता घोषित गर्दै कोसोभो संयुक्त राष्ट्र सदस्यका ११० भन्दा बढी राष्ट्रहरूबाट औपचारिक रूपमा स्वतन्त्र राज्यको रूपमा मान्यता प्राप्त गरेको छ, जबकि सर्बियाले यसलाई आफ्नो सार्वभौम क्षेत्रको भागको रूपमा दावी गरिरहेको छ।
  2. अल्पसङ्ख्यक भाषाक‍ रूपमा मान्यता प्राप्त:
    हङ्गेरियाली, बोस्नियाली, अल्बानियाली, क्रोएसियाली, स्लोभाक, रोमानियाली, बुल्गेरियालीम्यासेडोनियाली

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The World Factbook: Serbia", केन्द्रीय गुप्तचर संस्था, २० जुन २०१४, अन्तिम पहुँच १८ डिसेम्बर २०१४ 
  2. "PBC stats", stat.gov.rs, २०२०। 
  3. ३.० ३.१ ३.२ ३.३ "World Economic Outlook Database, October 2020", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  4. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  5. "2019 Human Development Report", संयुक्त राष्ट्र विकास कार्यक्रम, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  6. "The Serbian Revolution and the Serbian State", Steven W. Sowards, Michigan State University Libraries, ११ जुन २००९, अन्तिम पहुँच २८ अप्रिल २०१० 
  7. "Yugoslav Agreement on Succession Issues (2001)", ३ अक्टोबर २०१०, मूलबाट २६ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१२ 
  8. "FR Yugoslavia Investment Profile 2001", EBRD Country Promotion Programme, पृ: ३, मूलबाट २८ सेप्टेम्बर २०११-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०११ मिति
  9. "A credible enlargement perspective for and enhanced EU engagement with the Western Balkans", European Commission, ९ फेब्रुअरी २०१८, अन्तिम पहुँच ९ फेब्रुअरी २०१८ 
  10. "Montenegro gets Serb recognition", BBC, १५ जुन २००६। 
  11. "Rift Emerges at the United Nations Over Kosovo", New York Sun, १९ फेब्रुअरी २००८।  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०२१ मिति
  12. "Republic of Serbia – European Union", Ministry of Foreign Affairs, मूलबाट ६ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१३ 
  13. "EU leaders grant Serbia candidate status", BBC News, १ मार्च २०१२, अन्तिम पहुँच २ मार्च २०१२ 
  14. "Serbia gets EU candidate status, Romania gets nothing", EUobserver, २ मार्च २०१२, अन्तिम पहुँच २४ जुन २०१३ 
  15. "conclusions of the European Council (27/28 June 2013)", European Council, मूलबाट २०१३-०७-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]