प्रयोगकर्ता:Suman K. Regmi

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुमन कुमार रेग्मीबाट अनुप्रेषित)

सुमन कुमार रेग्मी नेपालका एक वरिष्ठ मौसमविद् हुन्। त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञानमा स्नातोकोत्तर गरेका सुमन कुमार रेग्मीका मौसम र यससँग सम्बन्धित अनुसन्धानहरूमा क्रियाशिल छन। यसका साथै उनका नेपाली भाषामा लेखिएका मौसम र यससँग सम्बन्धित समसामयिक लेखहरू विभिन्‍न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन। उनी हाल जल तथा मौसम विज्ञान विभागको काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको मौसम विज्ञान तथा पूर्वानुमान महाशाखामा कार्यरत छन। हाल उनी मौसम विज्ञान तथा वातावरण र अन्य यस्तै विभिन्‍न सङ्घ संस्थासँग पनि आवद्ध रहेका छन।