स्टेभेन जेरार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्टेभेन जेरार्ड
जेरार्ड २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम स्टेभेन जर्ज जेरार्ड
उचाइ १.८३ मीटर (६ फीट ० इन्च )
खेल्ने स्थान(हरू) मिड फिल्डर
क्लब जानकारी
वर्तमान टोली
रेन्जर्स एफसी (म्यानेजर)
युवा करियर
१९८७-१९९८ लिभरपुल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९८-२०१५ लिभरपुल ५०४ (१२०)
२०१५-२०१६ एलए ग्यालेक्सी ३४ (५)
अन्तर्राष्ट्रिय करियर
१९९९-२००० इङ्ल्याण्ड यू-२१ (१)
२०००-२०१४ इङ्ल्यान्ड ११४ (२१)
प्रबन्धक करियर
२०१८– रेन्जर्स एफसी
*क्लब घरेलु लिग उपस्थिति र गोल

स्टेभेन जर्ज जेरार्ड (जन्म;३० मे १९८०) बेलायती फुटबल खेलाडी हुन, जो हाल स्कटल्याण्डको क्लब रेन्जर्स एफसीका प्रबन्धक हुन् । जेरार्ड मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी पेनाल्टी र फ्रि किक विशेषज्ञ मानिन्छन् । पछिल्लो पुस्ताका अब्बल दर्जाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये पनि जेरार्डलाई सर्वाधिक सटीक मिडफिल्डर मान्ने धेरै छन् । उनी मौका सिर्जना गर्छन, सुन्दर पासहरू निकाल्छन् । गोल गर्न पनि उनी माहिर छन्, 'डेड बल अवस्था' मा उनको जवाफ थिएन् । यस्तोमा पनि उनले लिभरपुलका लागि लिग जित्न सकेनन्, इङ्ल्यान्डका लागि केही जित्न सकेनन् । इङ्ल्याण्डका स्टेभेन गेरार्डलाई बेलाबेलामा टोलीलाई अप्ठ्यारोमा धकेल्ने र महँगा गल्तीहरू गर्ने खेलाडीका रूपमा लिइन्छ । उनले पहिलो पटक १९९८ मा लिभरपुलबाट डेब्यु गरे । उनले हालसम्म २ एफए कप, २ एफए कम्युनिटि शिल्ड, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए युरोपा लिग]] र २ युइएफए सुपर कप जिताएका छन् । उनले अन्तराष्ट्रिय खेल मा सन् २००० मा डेब्यु गरे । इंगलैंड को तर्फबाट २००० युइएफए युरो२००४ युइएफए युरो, संगसंगै २००६ फिफा विश्वकप मा खेलेका उनले २०१० फिफा विश्वकप मा कप्तान को पद सम्हाल्ने अवसर पाए । २०१४ फिफा विश्वकपमा उनको टोली समुह चरणबाटै विदा भयो ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म बेलायतको विष्टन, मेर्सिसाइड सहरमा भएको थियो ।

क्लब जीवनयात्रा[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

गोल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]