२०१० फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१० फिफा विश्वकप
फिफा विश्वकप दक्षिण अफ्रिका २०१०
२०१० फिफा विश्वकप आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रदक्षिण अफ्रिका
मिति११ जुन-११ जुलाई (३१ दिन)
टोलीहरू३२(६ सङ्घहरूबाट)
स्थान(हरू)१० (९ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता स्पेन (१औँ उपाधि)
उप-विजेता नेदरल्यान्ड
तेस्रो स्थान जर्मनी
चौथो स्थान उरुग्वे
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू६४
गोल सङ्ख्या१४५ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रति खेल)
उपस्थिति३,१७८,८५६ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)उरुग्वे डिएगो फोर्लान
जर्मनी थोमस मुलर
नेदरल्यान्ड वेस्ले स्नाइडर
स्पेन डेविड भिया
(प्रत्येकद्वारा ५ गोल)[१]
उत्कृष्ट खेलाडी(हरू)उरुग्वे डिएगो फोर्लान[२]
उत्कृष्ट युवा खेलाडीजर्मनी थोमस मुलर[३]
उत्कृष्ट गोलरक्षकस्पेन इकर क्यासिलास[४]


चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून (२८ जेठ) स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका (द.अफ्रिका) र मेक्सिको बीचको खेलबाट १९औँ विश्वकप फुटबलको साइत भयो। पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो। ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो। अफ्रिकी सपना द.अफ्रिकाले १९औँ विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दस वटा भव्य रङ्गशाला तयार पारेको थियो। प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ। अन्तर्राष्ट्रिय फूटबल महासङ्घ (फिफा)ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ। फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो। तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ। यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ। त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो। त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए।

डिजिटल विश्वकपका दाबेदार[सम्पादन गर्नुहोस्]

फेसबुकट्विटरको सामाजिक सञ्जालबाट छिनछिनमा गरिएको विश्वकप-अपडेट यसपटकको फूटबल महाकुम्भको नयाँ आयाम हो। जर्मनीमा सम्पन्न पछिल्लो संस्करणताका यी विद्युतीय सञ्जालहरू उदाउँदो अवस्थामा थिए, जसले वितेका चार वर्षमा आश्चर्यजनक प्रभुत्व जमाइसकेको थियो। दैनिक ५ करोड सूचना आदानप्रदान हुने ट्वीटरमार्फत प्रतियोगिता चलिरहँदा सेकेण्डभरमा लाखौं सन्देश फूटबल फ्यानहरूबीच ट्वीट भएको अनुमान छ। ४० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्, फेशबुकका। त्यसमाथि छ, १६ लाखभन्दा बढी प्रयोगकर्ता भएको फिफाको आफ्नै सञ्जाल द क्लब। विश्वकप शुरु भएको निमेषभरमै इन्टरनेटको अर्को लोकप्रिय सञ्जाल युट्युबमार्फत अपलोड गरिएको भिडियोहरू संसारकै लागि आकर्षण थियो। रेफ्रीका विवादास्पद निर्णय हुन् वा आकर्षक गोल वा पेनाल्टी, संसारभरका दर्शकले युट्युबमार्फत दोहोर्‍याई तेहर्‍याई हेरेर प्रतिक्रिया दिएका थिए। यसैगरी, विभिन्न कम्पनीहरूले उपलब्ध गराउने थ्री-डी संस्करणका प्रत्यक्ष म्याचहरूले फूटबलप्रेमीहरूलाई पलभरमै अर्कै संसारमा हुत्याइदियो। फिफाले जोहानेसवर्ग, डर्बन, केपटाउन र पोर्ट एलिजावेथका पाँच रङ्गशालामा हुने २५ म्याचलाई थ्री-डी भर्सनमा प्रसारण गरेको थियो।

छनौट भइसकेका राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

सन् २००९ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरू [५] यस टुर्नामेन्टमा छनौट भएका छन्।

म्याच हुने स्थान[सम्पादन गर्नुहोस्]

सन् २०१० को विश्वकपको लागि फिफाद्वारा सन् २००६ मार्च १७ मा दक्षिण अफ्रिकाका ११ वटा शहर निर्धारित गरिएको छ जुन हुन् ब्लोमफोन्टेन, केप टाउन,डरबन, जोहानेसबर्ग(२ स्थानमा), किमबर्ले,क्लर्क्सडोर्प, ओर्कने, पोलोकवेन,पोर्ट एलिजाबेथ, प्रिटोरिया तथा रस्टेनबर्ग[६] प्रतियोगिताको फाइनल खेल सकर सिटी,जोहानेसबर्गमा हुनेछ।

जोहानेसबर्ग केप टाउन डरबन जोहानेसबर्ग
सकर सिटी1[७] केप टाउन स्टेडियम2 मोसेस मभिदा स्टेडियम3 एलिस पार्क स्टेडियम
२६°१४′५.२७″द॰ २७°५८′५६.४७″पू॰ / २६.२३४७९७२°S २७.९८२३५२८°E / -26.2347972; 27.9823528 (सकर सिटी) ३३°५४′१२.४६″द॰ १८°२४′४०.१५″पू॰ / ३३.९०३४६११°S १८.४१११५२८°E / -33.9034611; 18.4111528 (केप टाउन स्टेडियम) २९°४९′४६″द॰ ३१°०१′४९″पू॰ / २९.८२९४४°S ३१.०३०२८°E / -29.82944; 31.03028 (मोसेस मभिदा स्टेडियम) २६°११′५१.०७″द॰ २८°३′३८.७६″पू॰ / २६.१९७५१९४°S २८.०६०७६६७°E / -26.1975194; 28.0607667 (एलिस पार्क स्टेडियम)
क्षमता: 84,490 क्षमता: 64,100 क्षमता: 62,760 क्षमता: 55,686
प्रिटोरिया पोर्ट एलिजाबेथ
लोफ्टस भर्सफेल्ड स्टेडियम नेल्सन मण्डेला बे स्टेडियम
२५°४५′१२″द॰ २८°१३′२२″पू॰ / २५.७५३३३°S २८.२२२७८°E / -25.75333; 28.22278 (Loftus Versfeld Stadium) ३३°५६′१६″द॰ २५°३५′५६″पू॰ / ३३.९३७७८°S २५.५९८८९°E / -33.93778; 25.59889 (Nelson Mandela Bay Stadium)
क्षमता: 42,858 क्षमता: 42,486
पोलोकवेन नेल्सप्रुइट ब्लोमफोन्टेन रस्टेनबर्ग
२३°५५′२९″S २९°२८′०८″E / २३.९२४६८९°S २९.४६८७६५°E / -23.924689; 29.468765 (Peter Mokaba Stadium) २५°२७′४२″S ३०°५५′४७″E / २५.४६१७२°S ३०.९२९६८९°E / -25.46172; 30.929689 (Mbombela Stadium) २९°०७′०२.२५″द॰ २६°१२′३१.८५″पू॰ / २९.११७२९१७°S २६.२०८८४७२°E / -29.1172917; 26.2088472 (Free State Stadium) २५°३४′४३″S २७°०९′३९″E / २५.५७८६°S २७.१६०७°E / -25.5786; 27.1607 (Royal Bafokeng Stadium)
पिटर मोकाबा स्टेडियम बोम्बेला स्टेडियम फ्री स्टेट स्टेडियम रोयल बफोकेंङ्ग स्टेडियम
क्षमता: 41,733 क्षमता: 40,929 क्षमता: 40,911 क्षमता: 38,646

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Players - Top goals", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  2. "Adidas Golden Ball", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  3. "Hyundai Best Young Player", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  4. "Adidas Golden Glove", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  5. FIFA "Rankings shown are those in May 2010, but the rankings used for selecting the seven non-host seeds were those of October 2009", Espn Fc, ४ अक्टोबर २००९, अन्तिम पहुँच जुलाई २०१० 
  6. "2010 Soccer World Cup Fan Parks & 2010 Host Cities", Google Earth Community, २९ अक्टोबर २००७, अन्तिम पहुँच १ डिसेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २ जुन २००८ मिति
  7. "Soccer City Stadium – Johannesburg", FIFA.com, FIFA, अन्तिम पहुँच १ डिसेम्बर २०११ 

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]