स्ट्रेप थ्रोट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Streptococcal pharyngitis
वर्गीकरण एवं बाह्य साधन
A set of large tonsils in the back of the throat covered in white exudate
A culture positive case of streptococcal pharyngitis with typical tonsillar exudate in a 16 year old.
आईसीडी-१० J02.0
आईसीडी- 034.0
डिजीज-डीबी 12507
मेडलाइन प्लस 000639
ईमेडिसिन med/1811

Streptococcal pharyngitis, streptococcal tonsillitis, वा streptococcal sore throat (बोलीचालिको भाषामा स्ट्रेप थ्रोट भनि चिनिने) समूह ए streptococcal संक्रमणको कारणले हुने एक प्रकारको ग्रसनी सोथ हो।[१] यसले टन्सिल र सम्भवत: कण्ठ सहित ग्रासनली लाई असर गर्छ। साधारण लक्षणहरूमा ज्वरो, घाँटी खराब हुने, र अत्याधिक लिम्फ नोड्स पर्दछन्। यो बच्चा अवस्थामा भएको घाँटी खराबको ३७%[२] र वयस्क अवस्थामा भएको 5-15% कारण हो।[३]

स्ट्रेप थ्रोट एउटा सरुवा संक्रमण हो, संक्रमित व्यक्तिको निकट सम्पर्कबाट सर्ने गर्दछ। एउटा निश्चित निदान थ्रोट कल्चरको परिणामहरूमा आधारित रहेर तय गरिन्छ। यद्यपि, यो सँधै आवश्यक छैन लक्षणहरूको आधारमा उपचारको लागि निर्णय लिन सकिन्छ। उच्च सम्भावना रहेको वा भइसकेको अवस्थाहरूमा, एन्टिबायोटिकहरू जटिलताहरू रोक्न तथा छिट्टै सामान्य अवस्थामा ल्याउन दुवैमा उपयोगी हुन्छन्।[४]

संकेत तथा लक्षणहरू[सम्पादन गर्ने]

streptococcal pharyngitis का विशिष्ट लक्षणहरू घाँटी खराब, ३८ °C (१०० °F) भन्दा बढी ज्वरो, टन्सिलर एक्जुडेट्स (टन्सिलमा पीप), र ठूलो घाँटी सम्बन्धी लिम्फ नोड्स हुन्।[४]

अन्य लक्षणहरूमा: टाउको दुख्ने, रिंगटा तथा वान्ता, पेट दुख्ने,[५], मांशपेशी दुख्ने,[६], वा स्कारलाटिनिफर्म खटिरा वापलाटल पेटेचाईहुन्, पछि असाधारण तर उच्च विशिष्ट खोज भइरहने छन्।[४] उष्मयान अवधि र यस प्रकार स्ट्रेप थ्रोटको लक्षणको सुरुवात सम्पर्क पछिको एक देखी तीन दिनको बीचमा छ।[४] यदि ज्वरो, रातो आँखा, स्वर बस्ने, सिँगान बगिरहने, वा माउन्टमा अल्सर छैन भने, स्टेप थ्रोट हुने सम्भावना रहँदैन।[३]

कारण[सम्पादन गर्ने]

स्ट्रेप थ्रोट ग्रूप A बेटा-हेमोलाइटिक स्ट्रेपटोकोकस (GAS) द्वारा हुने गर्दछ।[७] अन्य जीवाणुहरू जस्तै नन–ग्रूप A बेटा-हेमोलाइटिक स्ट्रेपटोकोकीफुसोब्याक्टेरियमले गर्दा पनि ग्रसनी सोथ हुन सक्छ।[४][६] यो संक्रमित व्यक्तिको प्रत्यक्ष, निकट सम्पर्कद्वारा फेलिने गर्दछ र त्यस्तै सेना र विद्यालयहरूमा भिडभाड पाइने हुनाले प्रसार दर वृद्धि हुन सक्छ।[६][८] यस्तो पाइएको छ की धूलोमा भएका सुख्खा जीवाणु संक्रामक हुँदैनन्, यद्यपि दाँत माझ्ने ब्रस वा त्यस्तै वस्तुहरूमा ओसिलो जीवाणु पन्ध्र दिनसम्म जीवित रहन सक्छ।[६] कदमकदाचित, दुषित खानाले प्रकोप निम्त्याउन सक्छ।[६] त्यस्ता संकेतहरू वा लक्षणहरू नभएका बालबालिकाहरूको ग्रसनीमा 12% GAS रहेको हुन्छ।[२]

निदान[सम्पादन गर्ने]

Modified Centor score
पोइन्ट्स स्ट्रेपको सम्भाव्यता व्यवस्थापन
1 वा सोभन्दा कम <10% एन्टीबायोटिक वा कल्चरको आवश्यकता पर्दैन
2 11–17% कल्चर वा RADTमा आधारित एन्टीबायोटिक
3 28–35%
4 or 5 52% प्रयोगसिद्ध एन्टीबायोटिकहरू

संशोधित सेन्टोर क्राइटेरिया ग्रसनी सोथ भएका मानिसहरूको व्यवस्थापन निर्धारण गर्न प्रयोग गरिन सक्छ। ५ क्लिनिकल क्राइटेरियामा आधारित रहेर, यसले streptococcal संक्रमणको सम्भाव्यतालाई संकेत गर्छ।[४]

मानदण्डको लागि एउटा पोइन्ट दिइएको छ:[४]

  • खोकी नलाग्नु
  • सूजन र हल्का घाँटी सम्बन्धी लिम्फ नोड्स
  • तापक्रम >३८.० °C (१००.४ °F)
  • टन्सिलर एक्जुडेट वा सूजन
  • 15 भन्दा कम उमेर (यदि उमेर >44 छ भने एउटा पोइन्ट घटाइन्छ)

इन्फेक्शस डिजिज सोसाइटी अफ अमेरिकाले तथापि प्रयोगसिद्ध उपचार विरुद्ध सिफारिस गर्छ र एन्टीबायोटिकहरूलाई निम्न सकारात्मक परिक्षणमा मात्र उपयुक्त ठान्दछ।[३] यदि तिनीहरूको सहोदरलाई रोग लागेको अवस्था बाहेक ग्रूप A स्ट्रेप र वात ज्वरो दुबै दुर्लभ मानिने हुनाले तीन वर्ष मिनिका बालबालिकाहरूमा परिक्षण आवश्यक पर्दैन।[३]

प्रयोगशाला जाँच[सम्पादन गर्ने]

थ्रोट कल्चर 90-95% सम्म सम्वेदनशीलता भएको streptococcal pharyngitisको निदानको लागि गोल्ड स्ट्यान्डर्ड [९] हो।[४] एउटार्‍यापिड स्ट्रेप टेस्ट (र्‍यापिड एन्टीजेन डिटेक्सन टेस्टिङ वा RADT पनि भनिने) पनि प्रयोग हुन सक्छ। र्‍यापिड स्ट्रेप टेस्ट छिटो भएको अवस्थामा, यो न्यून संवेदनशील (70%) हुन्छ र सांख्यिकीय रूपमा विशिष्टता (98%) थ्रोट कल्चर अनुसार बराबर हुन्छ।[४]

एउटा पोजेटिभ थ्रोट कल्चर वा RADTले लक्षणहरूको सहायतामा तिनीहरूमा एउटा सकारात्मक निदान स्थापित गर्छ जसमा निदान दुविधामा रहेको हुन्छ।[१०] वयस्कहरूमा निदान अलग गर्न नकारात्मक RADT पर्याप्त हुन्छ यद्यपि बच्चाहरूमा थ्रोट कल्चरको परिणामहरू पुष्टि गर्न सिफारिस गरिन्छ।[३] स्पर्शोन्मुख व्यक्तिहरूले थ्रोट कल्चर वा RADTको नियमित रूपमा परिक्षण गारउनु हुन्न किनभने किनभने जनसंख्याको केही निश्चित प्रतिशतले लगातार आफ्नो घाँटीमा कुनैपनि हानिकारक परिणामहरू बिना streptococcal "जीवाणु" बोकेका हुन्छन्।[१०]

विभेदक निदान[सम्पादन गर्ने]

streptococcal pharyngitis का लक्षणहरू अन्य अवस्थाहरूसँग खप्टिने हुनाले यो चिकित्सकिय रूपमा निदान गर्न कठिन हुन सक्छ।[४] खोक्नु, नसल डिस्चार्ज, झाडापखाला, र रातो हुने, आँखाहरू चिलाउने यसका अतिरिक्त ज्वरो र घाँटी खराब हुने भाइरल घाँटी खराब हुने का स्ट्रेप थ्रोट भन्दा बढी निर्देशनात्मक हुन्छन्।[४] घाँटी खराब, ज्वरो र वृद्धि भएको टन्सिलरको साथमा वृद्धि भएको मार्क्ड लिम्फ नोडको विद्यमानता पनि संक्रामक मोनोन्यूक्लिओसिसमा हुन सक्छ।[११]

रोकथाम[सम्पादन गर्ने]

टन्सिलेक्टोमी बारम्बार हुने घाँटीका संक्रमणहरूमा (एक वर्षमा तिन पटक भन्दा बढी) एउटा जिम्मेवार सुरक्षात्मक उपाय हुनसक्छ।[१२] यद्यपि लाभहरू साना छन् र पनि श्रृङ्खलाहरूले लिइएका उपायहरूको परवाह नगरिकन सामान्यतया समयमै पाठ सिकाउँछ।[१३][१४] GASको लागि पोजेटिभ जाँच देखिने ग्रसनी सोथका पुनरावर्ती श्रृङ्खलाहरूले एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ जो GASको क्रोनिक वाहक हो जसलाई पुनरावर्ती भाइरल संक्रमणहरू भइरहेका छन्।[३] सम्पर्कमा आएका तर लक्षणहरू नदेखिएका मानिसहरूलाई उपचारको लागि सिफारिस गरिँदैन।[३] GAS का वाहक मानिसहरूमा फैलिने र जटिलताहरूको जोखिम कम हुने भएकाले उपचारको लागि सिफारिस गरिँदैन।[३]

उपचार[सम्पादन गर्ने]

उपचार नगरिएको स्ट्रेपटोकोकल ग्रसनी सोथ सामन्यतया केही दिन भित्रै समाधान हुन्छ।[४] एन्टिबायोटिक औषधिहरूबाट उपचार गर्दा घातक बिरामीको अवधिलाई करिब 16 घण्टाले छोटो पार्छ।[४] एन्टिबायोटिक औषधिहरूले उपचार गर्नुको प्राथमिक कारण भनेको जटिलताहरू जस्तै वात ज्वरो तथा रेट्रोफारिङ्गील एब्सेसहरू कम गर्नु हो[४] र यदि लक्षणहरू शुरु भएको 9 दिन भित्र दिइयो भने तिनीहरू (एन्टिबायोटिक औषधिहरू) प्रभावकारी हुन्छन्।[७]

पीडानाशक औषधिहरू[सम्पादन गर्ने]

पीडानाशक औषधिहरू जस्तै गैर-रसायनिक उत्तेजक-प्रतिरोधी औषधिहरू (NSAIDs) र पारासिटामोल (एसिटामिनोफेन)ले स्ट्रेप थ्रोटसँग सम्बन्धित दुखाइहरूको व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गर्छन्।[१५] गाढा लिडोकेन पनि उपयोगी हुनसक्छ।[१६] जबकीस्टेरोइडले दुखाइमा मद्दत गर्न सक्छ[७][१७] उनीहरूलाई सामान्यतया सिफारिस गरिँदैन।[३] एस्पिरनलाई वयस्कहरूमा प्रयोग गर्न सकिन्छ तर बच्चाहरूमा रेइज सिन्ड्रोमको जोखिमले गर्दा प्रयोग गर्न सिफारिस गरिँदैन।[७]

एन्टिबायोटिक औषधिहरू[सम्पादन गर्ने]

सुरक्षा, खर्च, र प्रभावकारीताको कारणले संयुक्त राज्यमा स्ट्रेपटोकोकल ग्रसनी सोथको लागि रोजाइको एन्टिबायोटिक औषधि पेनिसिलिन Vहो।[४] एमोक्सिसिलिन यूरोपमा रोजाइमा पर्दछ।[१८] भारतमा, जहाँ वात ज्वरोको जोखिम उच्च छ, उपचारको लागि इन्ट्रामस्कुलर बेन्जाथिन पेनिसिलिन G पहिलो रोजाइ हो।[७] उपयुक्त एन्टिबायोटिक औषधिहरूले लक्षणहरूको औषत 3–5 दिनको अवधिलाई एक दिनले घटाउँछ, र संक्रमणता पनि घटाउँछ।[१०] दुर्लभ जटिलताहरू जस्तै वात ज्वरोपेरिटन्सिलर एब्सेसकम गर्ने अभिप्रायले तिनीहरू मुख्य रूपमा निर्धारित गरिन्छन्।[१९] एन्टिबायोटिक औषधिहरूले गरिने उपचारका सम्बन्धमा आएका विषयहरूलाई सम्भावित साइड इफेक्टहरूको विचारले सन्तुलित गरिनुपर्छ,[६] र औषधि सेवनको कारणले प्रतिकुल प्रभाव पर्ने स्वस्थ वयस्कहरूलाई रोगाणुप्रतिरोधक उपचार दिइनु हुँदैन भन्ने कुराको सल्लाह दिनु उचित हुन्छ।[१९] यसको फैलाव अपेक्षा गरिएको भन्दा उच्च दरमा छ भने स्ट्रेप थ्रोटको लागि एन्टिबायोटिकहरू निर्धारित गरिन्छन्।[२०] इरिथ्रोमाइसिन र अन्यम्याक्रोलाइड्स वा क्लिन्डामाइसिन हरू गम्भीर पेनिसिलिन एलर्जीहरूभएका मानिसहरूका लागि सिफारिस गरिन्छन्।[३][४] सुरुमा, कम गम्भीर एलर्जीहरू भएका तिनीहरूमा साधारण सिफालोस्पोरिन प्रयोग गरिन सक्छ।[४] स्ट्रेपटोकोकल संक्रमणहरूले घातक ग्लोमेरुलोनेफ्रिटिस सम्म पनि पुर्‍याउन सक्छ, यद्यपि यस साइड इफेक्टको भार एन्टिबायोटिक औषधिहरूद्वारा घट्दैन।[७]

रोगको निदान[सम्पादन गर्ने]

स्ट्रेप थ्रोटका लक्षणहरू उपचारमा ध्यान नदिए पनि सामन्यतया तीन देखी पाँच दिन भित्रमा सुधार हुन्छ।[१०] एन्टिबायोटिक आौषधिहरूले उपचार गर्नाले जटिलताहरू र सर्ने जोखिमलाई कम गर्छ; एन्टिबायोटिक औषधिहरू दिएको २४ घण्टा पश्चात बच्चा विद्यायमा फर्कन सक्छ।[४] वयस्कहरूमा जटिलताहरूको जोखिम कम हुन्छ।[३] बालबालिकाहरूमा घातक वात ज्वरो बिरलै हुन्छ यद्यपि विश्वका सबैभन्दा विकसित भारत, उप-साहारा अफ्रिका र अष्ट्रेलियाका केही भागहरूमा उपार्जित मुटु रोगको प्रमुख कारण हो।[३]

स्ट्रेपटोकोकल घाँटी संक्रमणहरूबाट उत्पन्न जटिलताहरूमा यिनीहरू पनि पर्दछन्:

refs with no content must have a name

refs with no content must have a name

refs with no content must have a name

संयुक्त राज्यमा बालबालिकाहरूमा हुने रोगको मितव्ययी खर्च ~$३५० मिलियन हो।Cite error: Invalid <ref> tag; refs with no content must have a name

इपिडिमियोलोजी[सम्पादन गर्ने]

ग्रसनी सोथ, बृहत श्रेणी जसमा स्ट्रेपटोकोकल ग्रसनी सोथ पर्छ, संयुक्त राज्यमा वार्षिक ११ मिलियन मानिसहरूमा निदान गरिन्छ।Cite error: Invalid <ref> tag; refs with no content must have a name यद्यपि अधिकांश अवस्थाहरू भाइरल भएपनि, ग्रूप A बेटा-हेमोलाइटिक स्ट्रेपटोकोकस बच्चामा भएको ग्रसनी सोथ अवस्थाहरूको १५–३०% र वयस्कमा भएको ५–२०%को कारण हो।Cite error: Invalid <ref> tag; refs with no content must have a name कारणहरू सामान्यतया हिउँदयामको अन्तिम तथा बसन्त ऋतुको शुरु तिर देखा पर्दछन्।Cite error: Invalid <ref> tag; refs with no content must have a name

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. ढाँचा:DorlandsDict
  2. २.० २.१ Shaikh N, Leonard E, Martin JM (September 2010), "Prevalence of streptococcal pharyngitis and streptococcal carriage in children: a meta-analysis", Pediatrics 126(3): e557–64, PMID 20696723, doi 10.1542/peds.2009-2648 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ Shulman, ST (2012 Sep 9), "Clinical Practice Guideline for the Diagnosis and Management of Group A Streptococcal Pharyngitis: 2012 Update by the Infectious Diseases Society of America.", Clinical infectious diseases : an official publication of the Infectious Diseases Society of America, PMID 22965026 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ ४.१६ ४.१७ ४.१८ Choby BA (March 2009), "Diagnosis and treatment of streptococcal pharyngitis", Am Fam Physician 79(5): 383–90, PMID 19275067, <http://www.aafp.org/afp/2009/0301/p383.html> 
  5. ५.० ५.१ Brook I, Dohar JE (December 2006), "Management of group A beta-hemolytic streptococcal pharyngotonsillitis in children", J Fam Pract 55(12): S1–11; quiz S12, PMID 17137534 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ Hayes CS, Williamson H (April 2001), "Management of Group A beta-hemolytic streptococcal pharyngitis", Am Fam Physician 63(8): 1557–64, PMID 11327431, <http://www.aafp.org/afp/20010415/1557.html> 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ Baltimore RS (February 2010), "Re-evaluation of antibiotic treatment of streptococcal pharyngitis", Curr. Opin. Pediatr. 22(1): 77–82, PMID 19996970, doi 10.1097/MOP.0b013e32833502e7 
  8. Lindbaek M, Høiby EA, Lermark G, Steinsholt IM, Hjortdahl P (2004), "Predictors for spread of clinical group A streptococcal tonsillitis within the household", Scand J Prim Health Care 22(4): 239–43, PMID 15765640, doi 10.1080/02813430410006729 
  9. Smith, Ellen Reid; Kahan, Scott & Miller, Redonda G. (2008), In A Page Signs & Symptoms, In a Page Series, Hagerstown, Maryland: Lippincott Williams & Wilkins, pp. 312, ISBN 0-7817-7043-2 
  10. १०.० १०.१ १०.२ १०.३ Bisno AL, Gerber MA, Gwaltney JM, Kaplan EL, Schwartz RH (July 2002), "Practice guidelines for the diagnosis and management of group A streptococcal pharyngitis. Infectious Diseases Society of America", Clin. Infect. Dis. 35(2): 113–25, PMID 12087516, doi 10.1086/340949 
  11. Ebell MH (2004), "Epstein-Barr virus infectious mononucleosis", Am Fam Physician 70(7): 1279–87, PMID 15508538, <http://www.aafp.org/afp/20041001/1279.html> 
  12. Johnson BC, Alvi A (March 2003), "Cost-effective workup for tonsillitis. Testing, treatment, and potential complications", Postgrad Med 113(3): 115–8, 121, PMID 12647478 
  13. van Staaij, BK (2005 Jan), "Adenotonsillectomy for upper respiratory infections: evidence based?", Archives of disease in childhood 90(1): 19-25, PMID 15613505 
  14. Burton, MJ (2009 Jan 21), "Tonsillectomy or adeno-tonsillectomy versus non-surgical treatment for chronic/recurrent acute tonsillitis.", Cochrane database of systematic reviews (Online) (1): CD001802, PMID 19160201 
  15. Thomas M, Del Mar C, Glasziou P (October 2000), "How effective are treatments other than antibiotics for acute sore throat?", Br J Gen Pract 50(459): 817–20, PMID 11127175 
  16. "Generic Name: Lidocaine Viscous (Xylocaine Viscous) side effects, medical uses, and drug interactions", MedicineNet.com 
  17. "Effectiveness of Corticosteroid Treatment in Acute Pharyngitis: A Systematic Review of the Literature.", Andrew Wing. 2010; Academic Emergency Medicine 
  18. Bonsignori F, Chiappini E, De Martino M (2010), "The infections of the upper respiratory tract in children", Int J Immunopathol Pharmacol 23(1 Suppl): 16–9, PMID 20152073 
  19. १९.० १९.१ Snow V, Mottur-Pilson C, Cooper RJ, Hoffman JR (March 2001), "Principles of appropriate antibiotic use for acute pharyngitis in adults", Ann Intern Med 134(6): 506–8, PMID 11255529, <http://www.annals.org/cgi/reprint/134/6/506.pdf> 
  20. Linder JA, Bates DW, Lee GM, Finkelstein JA (November 2005), "Antibiotic treatment of children with sore throat", J Am Med Assoc 294(18): 2315–22, PMID 16278359, doi 10.1001/jama.294.18.2315 
  21. २१.० २१.१ "UpToDate Inc." 
  22. Stevens DL, Tanner MH, Winship J, et al. (July 1989), "Severe group A streptococcal infections associated with a toxic shock-like syndrome and scarlet fever toxin A", N. Engl. J. Med. 321(1): 1–7, PMID 2659990, doi 10.1056/NEJM198907063210101 
  23. २३.० २३.१ Hahn RG, Knox LM, Forman TA (May 2005), "Evaluation of poststreptococcal illness", Am Fam Physician 71(10): 1949–54, PMID 15926411