स्याब्रु नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याब्रु नाच
न्यूयोर्कमा "एभरेस्ट डे २०१९" मा स्याब्रु नृत्य प्रस्तुत गर्दै मानिसहरू
विधालोकनृत्य
साधन(हरू)टुङ्ना
उत्पतिनेपाल

स्याब्रु नाच, शेर्पा समुदायको परम्परागत नेपाली लोकनृत्य हो।[१] योल्मो लगायतका नेपालका अन्य हिमाली समुदायहरूले पनि यो नाच नाच्ने गर्दछन्। यो नाच हरेक चाडपर्वमा साथै विभिन्न शुभ कार्यक्रम र जमघटमा पनि नाच्ने गरिन्छ।

प्रदर्शन[सम्पादन गर्नुहोस्]

यो नाच समूहमा प्रस्तुत गरिन्छ। नाच महिला र पुरुष दुबैले गर्छन।[२] नृत्य प्रदर्शन गर्दा मानिसहरू आफ्नो जातीय लुगा लगाउँछन्। मानिसहरूले नृत्य प्रदर्शन गर्दा लाइन वा गोलाकार मा बिस्तारै हिड्दै परम्परागत लोक गीत गाउँछन्। गीतहरू प्रायः टुङ्ना जस्ता परम्परागत वाद्ययन्त्रहरूको साथमा हुन्छन्।

संरक्षण[सम्पादन गर्नुहोस्]

नेपालका विभिन्न लोकनृत्यसँगै स्याब्रु नृत्यको लोकप्रियता पनि घट्दै गएको छ। नृत्य शैलीको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न प्रतियोगिता, कार्यशाला र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।[३][४][५] ग्याल्पो ल्होसार पर्वमा यो नाच एक अनिवार्य अनुष्ठान हो।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "ग्याल्पो लोसारमा स्याब्रु प्रतियोगिता (फोटोफिचर)", ग्याल्पो लोसारमा स्याब्रु प्रतियोगिता (फोटोफिचर) (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  2. "वल्र्ड रेकर्ड राख्न मेरा पिक हिमालमा स्याब्रु नृत्य छायांकन गरिदैँ", Dcnepal (en-USमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  3. "स्याब्रु नृत्य प्रतियोगितामा जुनबेशी मावि प्रथम", enumburkhabar (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९ [dead link]
  4. "ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने - रुपाकोट खबर" (en-USमा), २०२२-०९-१४, अन्तिम पहुँच २०२२-१०-०९ 
  5. "नाच्न बजाउन सिक्दै शेर्पा", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]