हिमालय टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Himalaya TV logo

हिमालय टेलिभिजन नेपालमा अहिले ४ वटा एचडी प्रबिधिमा सन्चालित टेलिभिजनहरू छन् । जसमध्ये हिमालय टेलिभिजन पनि एक हो । वि.सं. २०६७ सालबाट सुरुवातमा ल्याइएको निजी टेलिभिजन प्रसारण कम्पनी हो। समाचार तथा मनोरन्जनात्मक दुवै खाले सामाग्री प्रसारण गर्ने यो टेलिभिजनले बिश्व चर्चित रियालिटी सोहरू द भ्वाइस अफ नेपाल, हिमालय रोडिज, डान्सिङ विथ द स्टार र नेपाल्स नेक्स्ट टप मोडल जस्ता ठूला रियालिटी सोहरू पनि प्रसारण गर्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

हिमालय टेलिभिजन २०६७ सालको घटस्थापनासँगै असोज २२ गते परीक्षण प्रसारणबाट दर्शकहरूको माझ आएको थियो । यस टेलिभिजनले २०६७ साल मंसिर १५ गते देखि नेपालमा औपचारिक रूपमा सञ्चार सेवा आरम्भ गरेको थियो ।

टेलिभिजनमा समाचार विभागलाई सुरुका दिनमा स्वर्गीय प्रवीण गिरी र त्यसपछि कपिल काफ्लेले नेतृत्व दिएका थिए । कार्यक्रम तर्फ प्रारम्भमा विकास आचार्य र समाचार सम्पादक पुरुषोत्तम लम्सालले भूमिका खेलेका थिए ।

२०७५ साल साउन १ गतेदेखि यो टेलिभिजनको स्वामित्व युवा सञ्चार उद्यमी धर्मराज भुसाल र श्याम कँडेलले लिएका छन् । नेपालमा अनलाइन न्यूज मिडियाका अग्रणी भुसाल अनलाइनखवर डटकमका संस्थापक एवं प्रधानसम्पादक पनि हुन् ।

काठमाण्डौंको मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको केन्द्रीय कार्यालय भवन
काठमाण्डौंको मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको केन्द्रीय कार्यालय भवन

प्रसारण[सम्पादन गर्नुहोस्]

समाचारका साथसाथै मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रमा पनि जोड दिएको यस हिमालय टेलिभिजनले काठमाडौँ उपत्यकाका साथसाथै अन्य जिल्लाका समाचारलाई पनि प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ । अहिले यो टेलिभिजन समाचार र मनोरञ्जनयुक्त कार्यक्रमको मिश्रित स्वरूपमा प्रसारणमा छ ।

यो टेलिभिजनको स्वामित्व २०७४ असारसम्म ललित अग्रवाल र च्याङ अग्रवालसँग थियो । धर्मराज भुसाल नेतृत्वको नयाँ टीमले टेलिभिजन खरिद गरेपछि टीभी प्रसारणलाई हाइ डेफिनेसन(एचडी) प्रबिधिमा स्तरउन्नती गरी २०७५ माघ १ गते टेलिभिजन रिब्रान्डिङ र रिलन्चिङ गरिएको थियो ।

रिलन्चिङसँगै हिमालय टीभीले ठूला बहुराष्ट्रिय रियालिटी सोहरूमा अगाडि बढने घोषणा गरेको छ । द भ्वाइस अफ नेपालको दोस्रो सिजन हिमालय टीभीमा प्रसारण भयो जसले डिजिटल भ्यूजमात्र २५ करोडभन्दा ज्यादा आर्जन गरेको छ । यस्तै बिश्वको नम्बर एक डान्सिङ रियालिटी सो– डान्सिङ वीथ द स्टार पनि प्रसारण हुँदैछ । हिमालय रोडिजको तेस्रो सिजन पनि प्रसारण भइरहेको छ ।

हाल टेलिभिजनमा धर्मराज भुसाल अध्यक्ष छन् भने श्याम कडेल कार्यकारी निर्देशक । सुरुवाती दिनमा बिनोद ढुंगेल यसका समाचार सम्पादक थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]