द्वारिकाज होटल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वारिकाज हेरिटेज होटल काठमाडौंमा रहेको होटल हो। पाँच तारे स्तरको यो होटलमा ७६ वटा डिलक्स कोठाहरू उपलब्ध छन्। यस होटलमा दैनिक ३ हजार भन्दा बढी व्यक्तिहरूको आवत जावत रहन्छ। ३० वर्ष लगाएर निर्माण गरिएको यो होटलले यूनेस्कोबाट एसिया प्यासिफिक क्षेत्रको सम्पदा पुरस्कार प्राप्त गरेको छ।[१]

पुराना भवनमा प्रयोग गरिएका काष्ठकलाहरूको सङ्ग्रह गरी द्वारिका श्रेष्ठले यो होटलको निर्माण गरेका हुन्।[२] यसमा खासगरी नेवारी प्रविधिका तेलिय ईँटको प्रयोग गरिएको छ।

ग्रन्थसूची[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]