जेफाले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडो मोरङको सिंहदेवीमा गाविसमा पर्दछ| विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने सिंहदेवी गाविसमा १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । २१ घरघुरी भएको उक्त बस्तीदेखि करिब पाँचसय मिटर उचाइमा पर्ने जेफाले डाँडो छ । त्यहाँबाट पूर्वाञ्चलका १६ जिल्लाको दृश्यसहित सूर्योदय अनि सूर्यास्तको दृश्य देख्न सकिन्छ । जेफालेबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिमालको दृश्य पनि देख्न सकिन्छ । मगर जातिको बाहुल्य रहेको त्यस ठाउँमा पर्यटकलाई हुर्रा नचाएर थप मनोरञ्जन दिने उनीहरूको परम्पराबाट आन्तरिक पर्यटकहरू आकषिर्त हुने गरेका छन् ।

जेफाले डाँडाको आकर्षण-विनोद भण्डारी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-२७ मिति