नेपाली वर्णमाला गाना
नेपाली वर्णमाला गाना
[सम्पादन गर्नुहोस्]कमल फुल भमराले छायो
खटिया माथि बस्यो खरायो
गधा माथि छ धोबि चढेको
घडि हेर लौ तिन बजेको
ङयाङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छ
चरो बारीमा चरिरहन्छ
छडि हातमा गुरुजी लिन्छन्
जहाज जंगी जलमा चल्छन्
झण्डा फरफर गर्दछ हेर
ञा ञा बालक रुन्छ अडेर
टपरीमा छ टमाटर खात
ठगले थैलि लायो हात
डम डम डमरु बज्दछ हाम्रो
ढकनी माथि फूल छ राम्रो
ण णा बिणा सुन्दर स्वर
तबला तान्दिक तान्दिक जोर
थलियामा ली खाऊ मिठाई
दहि बेच्दछिन् ग्वालिनी आर्इ
धनुषधारिले मार्दछ तिर
नगरा ठोक्दछ योद्धा बिर
पहलमानहरु कुस्ति खेल्गछन्
फल पाकेपछि भुइँमा झर्छन्
बकरीवनमा दुवो चर्छ
भन्टा खाए बैगुन गर्छ
मह माउरीले जम्मा गर्छ
यम पापीको सातो हर्छ
रथमा राजा भए सवार
लकडी बनमा छन् हज्लजार
वकिल हिडेको अड्डा जान
शरिफा पाक्यो जान्छु म खान
षटमुख हिँडे चडि मजूर
सदुवाका छन शिरमा सिन्दुर
हरिणीका छन ठुला आँखा
क्षेत्री रणका बिग्न चनाखा
त्रास देखाउछ राक्षस हेर
ज्ञानी बस्दछ जंगल नेर
स्रोत
[सम्पादन गर्नुहोस्]स्रोतः तिलादेवी गौतम