समावेशीकरण
स्वरूप
पछाडी पारिएका वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरूलाई मूलधारमा ल्याउन उदेश्य वा नाम मा सरकारी संस्था , सरकार को अनुदान मा आश्रित संस्था र गैरसरकारी संस्थाहरूमा आरक्षण,अग्रअधिकार र सकारात्मक विभेद को प्रयोग गरी समावेश गरिने प्रक्रिया लाई समावेशीकरण भनिन्छ । Rightful sharing of power, resources and opportunities (PRO) समावेशीकरणको मूल मर्म हो ।
समावेशीकरणले लोकतन्त्रलाई पक्षपोषण गर्दछ । यसले सबैको पहिचान भेटिने तर कसैको अस्थित्व नमेटिने मार्ग प्रदान गर्दछ ।
समावेशीकरण गराउने तरीकाहरू
→ आरक्षण
सङ्घीयता, विकेन्द्रीकरण , स्वायत्तता
→ सकारात्मक विभेद → सशक्तिकरण गरेर → लक्षित कार्यक्रम गरेर → समानुपातिक प्रतिनिधीत्व गराएर → मानव विकास र गरीबी निवारणको क्षेत्रमा लगानी गरेर → जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर