देवदास गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवदास गान्धी (सन् १९०० - १९५७) महात्मा गान्धीका चौथा तथा सबैभन्दा कान्छा पुत्र थिए । उनको जन्म दक्षिण अफ्रीकामा भएको थियो तथा उनी आफ्नो परिवारसँग एउटा युवाको रूपमा भारत आएका थिए । आफ्नो बुवाद्वारा गरिने सबै कार्यहरूमा उनको सक्रिय भागेदारी रहेको थियो तथा उनलाई अङ्ग्रेजी सरकारद्वारा कयौं पटक जेल जीवन पनि भोग्नु परेको थियो । श्री गान्धी एउटा प्रमुख पत्रकारको रूपमा पनि चिनिन्छन तथा भारतबाट निस्किने अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाईम्सको सम्पादक पदमा पनि कयौं वर्षसम्म पदासिन रहेका थिए । श्री गान्धीको प्रेम विवाह सन् १९३३ मा गान्धी जीको सहयोगी तथा प्रमुख स्वतन्त्रता सेनानी राजाजी (चक्रवर्ती राजगोपालाचारी)को सुपुत्री लक्ष्मी सँग भएको थियो । उनको चार सन्तान (तीन पुत्र तथा एक पुत्री) भएको थियो ।