सामग्रीमा जानुहोस्

चक्रवर्ती राजगोपालाचारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रवर्ती राजगोपालाचारी
राजगोपालाचारीको तस्विर
जन्मचक्रवर्ती राजगोपालाचारी
१० डिसेम्बर १८७८
थोरापल्ली, मद्रास प्रेसिडेंसी, ब्रिटिश राज (हाल थोरपल्ली, तमिलनाडु, भारत)
मृत्यु२५ डिसेम्बर १९७२ (उमेर ९४)
मद्रास, तमिलनाडु, भारत (वर्तमान चेन्नई)
निवासमूथरिग्नार राजाजी निनाइवलयम्
राष्ट्रियता ब्रिटिश राज (१८७८-१९४७)
 भारत (१९४७-१९७२)
मातृ शिक्षाप्रतिष्ठानबैंगलोर विश्वविद्यालय प्रेसिडेन्सी कलेज, चेन्नई
राजनीतिक दलस्वतन्त्र पार्टी
जीवनसाथीअलमेलु मंगलम्मा को (m. 1897; मृत्यु 1916)
सन्तानसी.आर. नरसिंहन र लक्ष्मी गान्धी सहित ५
आफन्तमहात्मा गान्धी (सम्धि)
पुरस्कारभारत रत्न (१९५४)



चक्रवर्ती राजगोपालाचारी (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (डिसेम्बर १०, १८७८ - डिसेम्बर २५, १९७२), राजाजी नामले पनि जानिन्छन्। उनी वकील, लेखक, राजनीतिज्ञदार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको कांग्रेसको प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा स्वतन्त्र पार्टीको स्थापना गरे उनी गान्धीजीको समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गान्धीजीको छोरा देवदास गान्धीसंग भएको थियो।) उनले दक्षिण भारतमा हिन्दीको प्रचार-प्रसारको लागि धेरै काम गरे।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

उनको जन्म दक्षिण भारतको सलेम जिल्लामा थोरापल्ली नामक गाउँमा भएको थियो। राजाजी तत्कालीन सलेम जिल्लाको थोरापल्ली नामक एक सानो गाँवमा एक तमिल ब्राह्मण परिवार (श्री वैष्णव)मा जन्मेका थिए। अचेल थोरापली कृष्णागिरि जिल्लापदमा छ। उनको प्रारम्भिक शिक्षा होसूरमा भयो। कालेजको शिक्षा मद्रास (चेन्नई) एवं बेंगलोरमा भयो।

मुख्यमन्त्री

[सम्पादन गर्नुहोस्]

सन १९३७ मा भएको कंसिलोको निर्वाचनहरूमा चक्रवर्तीको नेतृत्वमा कांग्रेसले मद्रास प्रान्तमा विजय प्राप्त गरे उनलाई मद्रासको मुख्यमन्त्री बनाइयो। १९३० मा ब्रिटिश सरकार र कांग्रेसको बीच मतभेद हुदै गर्दा कांग्रेसको सबै सरकारहरू भंग गरिएको थियों। चक्रवर्तीले पनि आफ्नो पदबाट राजिनामा दिए। यसै समय दोश्रो विश्व युद्धको प्रारम्भ भयो, कांग्रेस र चक्रवर्तीको बीच पुन: मन मुटाव भयो। यस पटक उनी गाँधी जीको पनि विरोधमा खडा थिए। गाँधी जीको विचार थियो कि ब्रिटिश सरकारलाई यस युद्धमा मात्र नैतिक समर्थन दियौ, त्यहीं राजा जीको भनाई थियो कि भारतलाई पूर्ण स्वतन्त्रता दिने शर्तमा ब्रिटिश सरकारलाई हरेक किसीमको सहयोग दियौ। यो मतभेद यति बढ्यो कि राजा जीले कांग्रेसको कार्यकारिणीको सदस्यताबाट राजिनामा दिए। यस पछि १९४२ मा 'भारत छोडो' आन्दोलन प्रारम्भ भयो, त्यस बेला पनि त्यो अन्य कांग्रेसी नेताहरूको साथ गिरफ्तार भएर जेल गएनन। यसको अर्थ यो होईन कि उनी देशको स्वतन्त्रता संग्राम वा कांग्रेसबाट विमुख भएका थिए। आफ्नो सिद्धान्त र कार्यशैली अनुसार उनी यी दुबैसंग निरंतर जोडि रहे। उनको राजनीतिमा गहिरो पकड थियो। १९४२ को इलाहाबाद कांग्रेस अधिवेशनमा उनले देशको विभाजनलाई स्पष्ट सहमति प्रदान गरे यद्यपि आफ्नो यस मतमा उनलाई सामान्य जनता र कांग्रेसको धेरै विरोध सहनु पर्‍यो, परन्तु उनले यसको परवाह गरेनन् इतिहास साक्षी छ कि १९४२ मा उनले देशको विभाजनलाई सबैका विरोधका पछि पनि स्वीकार गरे, सन १९४७ मा त्यही भयो। यही कारण हो कि कांग्रेसका सबै नेता उनको दूरदर्शिता र बुद्धिमत्तालाई फलाम मानिरहे। कांग्रेसबाट अलग हुदा पनि यो महसूस गरिएन कि उनी यसबाट अलग छन्।

१९४६ मा देशको अन्तरिम सरकार बन्यो। उनलाई केन्द्र सरकारमा उद्योग मन्त्री बनाइयो। १९४७ मा देश पूर्ण स्वतन्त्र हुदा उनलाई बङ्गालको राज्यपाल नियुक्त गरियो। यसको अगिल्लो वर्ष उनी स्वतन्त्र भारतको प्रथम 'गवर्नर जनरल' जस्तो अति महत्त्वपूर्ण पदमा नियुक्त गरिए। सन १९५० मा उनीलाई पुन: केन्द्रीय मंत्रिमण्डलमा लिईयो। यसै वर्ष सरदार वल्लभ भाइ पटेलको मृत्यु भए पछि उनी केन्द्रीय गृह मन्त्री बनाईए। सन १९५२ को आम निर्वाचनहरूमा उनी लोकसभा सदस्य भए र मद्रासको मुख्यमन्त्री निर्वाचित भए। यसको केही वर्ष पछि नैं कांग्रेसको तत्कालीन नीतिहरूको विरोधमा उनले मुख्यमन्त्री पद र कांग्रेस दुबैलाई नैं छोडि दिए र आफ्नो पृथक स्वतन्त्र पार्टीको स्थापना गरे।

१९५४ मा भारतीय राजनीतिको चाणक्य भनिने राजा जीलाई 'भारत रत्न'बाट सम्मानित गरियो। उनी विद्वान र अद्भुत लेखन प्रतिभाको धनी थिए। जुन गहिराई र तिखोपन उनको बुद्धिचातुर्यमा थियो, त्यही उनको लेखनमा पनि थियो। उनी तमिल र अङ्ग्रेजीको धेरै राम्रो लेखक थिए। 'गीता' र 'उपनिषदों'मा उनको टीकाहरू प्रसिद्ध छन्। उनलाई उनको पुस्तक 'चक्रवर्ती थरोमगम'मा 'साहित्य अकादमी' द्वारा पुरस्कृत गरियो। उनले लेखेको अनेक कथाहरू उच्च स्तरीय थियों। 'स्वराज्य' नामक पत्र उनको लेख निरंतर प्रकाशित हुँदै रहन्थे। यसको अतिरिक्त मदिरा निषेध र स्वदेशी वस्तुहरू विशेष गरी खादीको प्रचार प्रसारमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ।

उनलाई वर्ष १९५४ मा भारत रत्नबाट सम्मनित गरियो। भारत रत्न पाउने उनी पहिलो व्यक्ति थिए।

आफ्नो वेशभूषाबाट पनि भारतीयताको दर्शन गराउने यस महापुरुषको २८ डिसेम्बर, १९७२ मा निधन भयो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:भारतीय स्वतन्त्रता सङ्ग्राम


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:गवर्नर जनरल