सामग्रीमा जानुहोस्

गोविन्द बल्लभ पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पण्डित गोविन्द बल्लभ पन्त
भारतको ५औँ गृह मन्त्री
कार्यकाल
सन् १९५५ जनवरी १०  सन् १९६१ मार्च ७
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीकैलाशनाथ काटजु
उतराधिकारीलाल बहादुर शास्त्री
उत्तर प्रदेशको पहिलो मुख्यमन्त्री
कार्यकाल
सन् १९५० जनवरी २६  सन् १९५४ डिसेम्बर २७
पूर्वाधिकारीपद सृजित
उतराधिकारीसम्पूर्णानन्द
संयुक्त प्रान्तको मुख्यमन्त्री
कार्यकाल
सन् १९३७ जुलाई १७  सन् १९३९ नोभेम्बर २
पूर्वाधिकारीमुहम्मद अहमद सइद खान
उतराधिकारीरिक्त
कार्यकाल
सन् १९४६ अप्रिल १  सन् १९५० जनवरी २५
पूर्वाधिकारीरिक्त
उतराधिकारीपद समाप्त
व्यक्तिगत विवरण
जन्म(१८८७-०९-१०)१० सेप्टेम्बर १८८७
मृत्यु७ मार्च १९६१(1961-03-07) (उमेर ७३)
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
व्यवसायवकालत

Deprecated parameter imagesizeDeprecated parameter primeminister

नैनीतालमा गोविन्द वल्लभ पन्तको प्रतिमा

पण्डित गोविन्द बल्लभ पन्त वा जिबी पन्त (सन् १८८७ सेप्टेम्बर १० - सन् १९६१ मार्च ७) एक लोकप्रिय स्वतन्त्रता सेनानी र वरिष्ठ भारतीय राजनीतिज्ञ थिए। उनी उत्तर प्रदेश राज्यको पहिलो मुख्यमन्त्री र भारतको पाँचौँ गृहमन्त्री थिए।[] उनी सन् १९५७ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए। गृहमन्त्रीको रूपमा उनको मुख्य योगदान भनेको भाषा अनुसार राज्यहरूमा विभाजन गर्नु र हिन्दीलाई भारतको आधिकारिक भाषाको रूपमा स्थापित गर्नु थियो। []

उनी सन् १८८७ सेप्टेम्बर १० मा अल्मोडा जिल्लाको श्यामली देवी पहाड क्षेत्रमा खुँट भन्ने गाउँमा जन्मेका थिए। उनको आमाको नाम गोविन्दी बाई र बुबाको नाम मनोरथ पन्त थियो। उनको बुवा सरकारी जागिरे भएको कारणले आवतजावतमा व्यस्त हुन्थे जस कारण गोविन्दलाई उनको मावली बाजे श्री बद्रीदत्त जोशीले हुर्काएका थिए। सन् १९०५ मा उनी उच्च शिक्षाको लागि अल्मोडाबाट इलाहाबाद आएका थिए। इलाहाबाद विश्वविद्यालयबाट उनले कानुन विषयमा अध्ययन गर्नुका साथै काङ्ग्रेसको स्वयंसेवकको रूपमा पनि काम गर्थे। सन् १९०७ मा बिए र सन् १९०९ मा कानुन विषयमा उच्च अङ्कका साथ स्नातोकोत्तर उतीर्ण गरेका थिए। यसको सम्मानमा उनलाई कलेजले 'लम्सडेन अवार्ड' प्रदान गरेको थियो।

सन् १९१० मा उनी अल्मोडा आए र वकालत गर्न थाले। वकालतको क्रममा सबैभन्दा पहिले उनी रानीखेत र त्यसपछि काशीपुर गएका थिए। उनले प्रेम सभा नामको संस्था गठन गरे जसको उद्देश्य जनतामा शिक्षा र साहित्यको बारेमा चेतना जगाउनु थियो।

स्वतन्त्रता सङ्ग्राममा भूमिका

[सम्पादन गर्नुहोस्]

सन् १९२१ डिसेम्बरमा गान्धीको आह्वानमा उनले असहयोग आन्दोलनको माध्यमबाट खुला राजनीतिमा प्रवेश गरे। सन् १९२५ अगस्ट ९ मा उत्तर प्रदेशका केही युवाहरूले काकोरी मुद्दामा सरकारी कोष लुटेर लगे, त्यसपछि पन्तले अन्य वकिलहरूसँग मिलेर उनीहरूको मामिलाको पक्षमा वकालत गरेका थिए। त्यसबेला उनी स्वराज पार्टीको टिकटमा नैनीतालबाट व्यवस्थापिका परिषदको सदस्य पनि भएका थिए। सन् १९२७ मा, उनले राम प्रसाद 'बिस्मिल' र उनका अन्य तीन साथीहरूलाई नोजबाट बचाउन पण्डित मदन मोहन मालवीयसँगै भायसरायलाई एउटा चिठी पठाए, तर गान्धीजीको समर्थनको अभावमा तिनीहरू त्यो अभियानमा सफल हुन सकेनन्। उनले सन् १९२८ को साइमन आयोग र सन् १९३० को नुन सत्याग्रहको बहिष्कारमा पनि भाग लिए र सन् १९३० मे महिनामा उनले देहरादुन जेलको हावा पनि खाएका थिए।

मुख्यमन्त्रीको कार्यकाल

[सम्पादन गर्नुहोस्]

सन् १९३७ जुलाई १७ देखि सन् १९३९ नोभेम्बर २ सम्म उनी ब्रिटिस भारतमा संयुक्त प्रान्तको प्रथम मुख्यन्त्री बनेका थिए। यस पछि, उनलाई फेरी सोही जिम्मेवारी दिइयो र उनी सन् १९४६ अप्रिल १ देखि सन् १९४७ अगस्ट १५ सम्म संयुक्त प्रान्त (उत्तर प्रदेश) को मुख्यन्त्री बनेका थिए। जब भारतको आफ्नै संविधान बन्यो र संयुक्त प्रान्तको नाम परिवर्तन गरि उत्तर प्रदेश राखियो, तेस्रो पटक पनि उनी मुख्यमन्त्री पदको लागि सर्वसम्मतिले नियुक्त भएका थिए। यस प्रकार, उनी सन् १९५० जनवरी २६ देखि सन् १९५४ डिसेम्बर २ सम्म स्वतन्त्र भारतको उत्तर प्रदेश राज्यको मुख्यन्त्री रहेका थिए।

गृहमन्त्रीको कार्यकाल

[सम्पादन गर्नुहोस्]

सरदार पटेलको मृत्यु पछि उनलाई भारत सरकारको गृह मन्त्रालयको जिम्मेवारी दिइयो। भारतको गृहमन्त्रीको रूपमा उनको कार्यकाल सन् १९५५ देखि सन् १९६१ मा उनको मृत्यु नहोउन्जेलसम्म रहेका थिए।

हार्ट अट्याकको सामना गर्दै ७ मार्च १९६१ मा उनको मृत्यु भयो। त्यसबेला उनी भारत सरकारमा केन्द्रीय गृहमन्त्री थिए।

स्मारक र संस्थानहरू

[सम्पादन गर्नुहोस्]

गोविन्द बल्लभ पन्त सामाजिक विज्ञान प्रयागराज उत्तर प्रदेश

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Govind Ballabh Pant गोविन्द वल्लभ पन्त", मूलबाट १७ अगस्त २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सितंबर २०१२ अभिलेखिकरण २०१९-०८-१७ वेब्याक मेसिन
  2. "Govind Ballabh Pant Engineering College, Pauri Garhwal, Uttarakhand अभिलेखिकरण २०१२-१२-२५ वेब्याक मेसिन". Gbpec.net. Retrieved 1 January 2013.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]