सम्पूर्णानन्द
सम्पूर्णानन्द | |
---|---|
तेश्रो राजस्थानको राज्यपाल | |
कार्यकाल सन् १९६२ अप्रिल १६ – सन् १९६७ अप्रिल १६ | |
मुख्यमन्त्री | मोहनलाल सुखदिया |
पूर्वाधिकारी | गुरूमुख निहाल सिंह |
उतराधिकारी | सरदार हुकुम सिंह |
दोस्रो उत्तर प्रदेशको मुख्यमन्त्री | |
कार्यकाल सन् १९५४ डिसेम्बर २८ – सन् १९६० डिसेम्बर ७ | |
राज्य प्रमुख | कनैयालाल मानेकलाल मुन्सी भिभी गिरी बुरगुला रामाकृष्णा राव |
पूर्वाधिकारी | गोविन्द वल्लभ पन्त |
उतराधिकारी | चन्द्रभानु गुप्ता |
व्यक्तिगत विवरण | |
जन्म | बनारस, बनारस राज्य, ब्रिटिश भारत | १ जनवरी १८९१
मृत्यु | १० जनवरी १९६९ बनारस, उत्तर प्रदेश, भारत | (उमेर ७८)
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
डाक्टर सम्पूर्णानन्द (सन् १८९१ जनवरी १ – सन् १९६९ जनवरी १०)[१] भारतीय शिक्षक र राजनीतिज्ञ थिए। उनले सन् १९५४ देखि सन् १९६० सम्म उत्तर प्रदेशको दोस्रो मुख्यमन्त्रीको रूपमा काम गरेका थिए। उत्तर प्रदेशका हालसम्म भएका मुख्यमन्त्रीहरूको कार्यालयमा एकल कार्यकाललाई मात्र विचार गर्ने हो भने सम्पूर्णानन्दको कार्यकाल सबैभन्दा लामो समय रहेको थियो। उनी मुख्यमन्त्रीको रूपमा लगभग छ वर्ष रहेका थिए। गोविन्द बल्लभ पन्तको उत्तराधिकारी सम्पूर्णानन्द, संस्कृत र हिन्दी भाषाका विद्वान थिए। कमलापति त्रिपाठी र चन्द्र भानु गुप्ताले सुरु गरेको उत्तर प्रदेशमा राजनीतिक सङ्कट आएपछि २८ नोभेम्बरको मन्त्रिपरिषद्को सल्लाहमा उनले उत्तर प्रदेशलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन भनिएको थियो।
सम्पूर्णानन्द असहयोग आन्दोलनमा सहभागी भएका थिए। उनले वाराणसीमा पण्डित मदन मोहन मालवीयद्वारा सञ्चालित हिन्दी मासिक 'मर्यादा', नेसनल हेराल्ड र काङ्ग्रेस समाजवादीको लागि बारम्बार लेख लेखेर योगदान गरेका थिए। सन् १९२२ मा उनी अखिल भारतीय काङ्ग्रेस कमिटीमा निर्वाचित भएपछि उनी उत्तर प्रदेश मन्त्रिपरिषदमा शिक्षा मन्त्री भएका थिए। सन् १९४६ देखि सन् १९५१ सम्म सङ्घीय मन्त्री र सन् १९५१ देखि सन् १९५४ सम्म शिक्षा, वित्त, र गृह श्रम जस्ता मन्त्रालयहरूको मन्त्रीपदमा रहेर काम गरेका थिए। उनी सन् १९६२ अप्रिलदेखि सन् १९६७ अप्रिलसम्म राजस्थानको राज्यपाल बनेका थिए।
जीवन
[सम्पादन गर्नुहोस्]सम्पूर्णानन्दको जन्म सन् १८९१ जनवरी १ मा बनारस (वर्तमान वाराणसी) मा एक कायस्थ परिवारमा भएको थियो र उनले शिक्षकको रूपमा जीवन सुरु गरेका थिए। बनारस लोकाचारको प्रभावमा हुर्केका उनी परम्परागत संस्कृतिका बलियो समर्थक थिए। उनको संस्कृत र फलित ज्योतिषसहित पुरातन हिन्दू संस्कृतिमा गहिरो चासो थियो। फलितमा उनको रुचि र उनको शिक्षाप्रतिको झुकावले उनलाई खगोलविद्यामा रुचि जगाएको थियो।
सम्पूर्णानन्द यसका साथै एक प्रखर स्वतन्त्रता सेनानी थिए। जेलको थुनामा रहँदा (स्वतन्त्रता सेनानीको हैसियतमा) उनले आफ्ना समकक्षीहरूलाई खगोल विद्याका बारेमा जानकारी गराउने गर्दथे। भारत स्वतन्त्र भएपछि, सम्पूर्णानन्द उत्तर प्रदेशको पहिलो लोकप्रिय सरकारमा शिक्षा मन्त्री बनेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Shahid Smark", Varanasi.nic.in, अन्तिम पहुँच १० जनवरी २०१२।