सामग्रीमा जानुहोस्

लालबहादुर शास्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालबहादुर शास्त्री
आधिकारिक तस्बिर, १९६६
भारतका प्रधानमन्त्री [[भारतका प्रधानमन्त्री]]
पदमा
९ जुन १९६४  ११ जनवरी १९६६
राष्ट्रपतिसर्वपल्ली राधाकृष्णन
पूर्वाधिकारीजवाहारलाल नेहरू[]
उतराधिकारीइन्दिरा गान्धी[]
भारतका विदेशमन्त्री
पदमा
९ जुन १९६४  १८ जुलाई १९६४
पूर्वाधिकारीगुलजारीलाल नन्दा
उतराधिकारीसरदार स्वरण सिंह
भारतको गृहमन्त्री
पदमा
४ अप्रिल १९६१  २९ अगस्ट १९६३
पूर्वाधिकारीगोविन्द बल्लभ पन्त
उतराधिकारीगुलजारीलाल नन्दा
रेलवे मन्त्री (भारत)
पदमा
१३ मे १९५२  ७ दिसम्बर १९५६
पूर्वाधिकारीएन. गोपालस्वामी अय्यंगार
उतराधिकारीजगजीवन राम
व्यक्तिगत विवरण
जन्मलालबहादुर श्रीवास्तव
(१९०४-१०-०२)२ अक्टोबर १९०४
निधन११ जनवरी १९६६(1966-01-11) (उमेर ६१)
मृत्युको कारणविष सेवन (अनौपचारिक दाबी)
समाधिस्थलविजय घाट, नयाँ दिल्ली
दलभारतीय राष्ट्रिय कांग्रेस
दम्पती
सन्तान६ (हरिकृष्ण शास्त्री, अनिल शास्त्री, सुनील शास्त्री, अशोक शास्त्री, साधना शास्त्री, श्यामला शास्त्री)
शिक्षाकाशी विद्यापीठ, वाराणसी
व्यवसायराजनीतिज्ञ, स्वतन्त्रता सेनानी
पुरस्कार तथा सम्मान
भारत रत्न (१९६६, मरणोपरान्त)
उपनामनन्हे

लालबहादुर शास्त्री (२ अक्टोबर, १९०४ - ११ जनवरी, १९६६),भारतको तेस्रो र दोस्रो स्थायी प्रधानमन्त्री थिए। उनी १९६३-१९६५को बीच भारतको प्रधान मन्त्री थिए। उनका जन्म मुगलसराय, उत्तर प्रदेशमा भएको थियो।

लालबहादुर शास्त्रीको जन्म १९०४मा मुगलसराय, उत्तर प्रदेशमा लाल बहादुर श्रीवास्तवको रूपमा भएको थियो। उनको पिता शारदा प्रसाद श्रीवास्तव (नाई) एक गरीब शिक्षक थिए, जो पछि राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।

भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई उत्तर प्रदेशको संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो। उनी गोविंद बल्लभ पंतको मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर)को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछि उनले भीडको नियंत्रणमा राख्नको लागि लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। १९५१ में, जवाहर लाल नेहरूको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले १९५२, १९५७१९६२को चुनावमा कांग्रेस पार्टीलाई ठूलो बहुमतबाट जिताउनको लागि धेरै परिश्रम गरे।

जवाहरलाल नेहरुको उनको प्रधानमन्त्रीको कार्यकालको समयमा २७ मे, १९६४को देहावसान भएपछी, शास्त्री जीले ९ जुन १९६४मा प्रधान मन्त्रीको पद भार ग्रहण गरे।

शिक्षा

[सम्पादन]

उनको शिक्षा हरिशचंद्र उच्च विद्यालयकाशी विद्यापीठमा भएको थियो। यहींबाट उनलाई "शास्त्री"को उपाधि पनि मिलो जुन उनको नामसँग जोडि रह्यो।

जीवन

[सम्पादन]

आफ्नो बुबा मिर्जापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरूमा उनी माईला थिए। शास्त्रीजीको दुई बहिनीहरू पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। १९२८मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसँग भयो र उनको छ: सन्तान भयो।

स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी भारत सेवक सङ्घ सँग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनीतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध गाँधीवादी थिए जो सारा जीवन साधारण रूपमा बिताए र गरीबहरूको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। भारतीय स्वाधीनता संग्रामको सबै महत्त्वपूर्ण कार्यक्रमहरूमा उनको उपस्थिति थियो, र जेलहरूमा रहन पर्‍यो जसमा १९२१को असहयोग आन्दोलन१९४१को सत्याग्रह आन्दोलन सबैभन प्रमुख छन्। उनको राजनीतिक दिग्दर्शकहरूमा श्री पुरुषोत्तमदास टंडन, पण्डित गोविंदबल्लभ पंत, जवाहरलाल नेहरु इत्यादि प्रमुख हुन। १९२९मा इलाहाबाद आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजीकपन नेहरूसँग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मन्त्रिमंडलमा गृहमन्त्रीको रूपमा उनी शामिल हुनु थियो। यस पदमा उनी १९५१ सम्म भै रहे।

शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष १९६६मा भारत रत्नबाट सम्मनित गरियो।

बाहिरी कडिहरू

[सम्पादन]

यी पनि हेर्नुहोस्

[सम्पादन]
  1. गुलजारीलाल नन्दाले १३ दिन कार्यवाहक प्रधानमन्त्रीको रूपमा सेवा गरे।
  2. गुलजारीलाल नन्दाले १३ दिन कार्यवाहक प्रधानमन्त्रीको रूपमा सेवा गरे।