लालबहादुर शास्त्री
लालबहादुर शास्त्री | |
---|---|
![]() आधिकारिक तस्बिर, १९६६ | |
भारतका प्रधानमन्त्री [[भारतका प्रधानमन्त्री]] | |
कार्यकाल ९ जुन १९६४ – ११ जनवरी १९६६ | |
राष्ट्रपति | सर्वपल्ली राधाकृष्णन |
उपराष्ट्रपति | जाकिर हुसैन (राजनीतिज्ञ) |
पूर्वाधिकारी | जवाहारलाल नेहरू[टिप्पणीहरू १] |
उतराधिकारी | इन्दिरा गान्धी[टिप्पणीहरू २] |
भारतका विदेशमन्त्री | |
कार्यकाल ९ जुन १९६४ – १८ जुलाई १९६४ | |
प्रधानमन्त्री | स्वयं |
पूर्वाधिकारी | गुलजारीलाल नन्दा |
उतराधिकारी | सरदार स्वरण सिंह |
भारतको गृहमन्त्री | |
कार्यकाल ४ अप्रिल १९६१ – २९ अगस्ट १९६३ | |
प्रधानमन्त्री | जवाहारलाल नेहरू |
पूर्वाधिकारी | गोविन्द बल्लभ पन्त |
उतराधिकारी | गुलजारीलाल नन्दा |
रेलवे मन्त्री (भारत) | |
कार्यकाल १३ मे १९५२ – ७ दिसम्बर १९५६ | |
प्रधानमन्त्री | जवाहारलाल नेहरू |
पूर्वाधिकारी | एन. गोपालस्वामी अय्यंगार |
उतराधिकारी | जगजीवन राम |
व्यक्तिगत विवरण | |
जन्म | लालबहादुर श्रीवास्तव २ अक्टोबर १९०४ मुगलसराय, संयुक्त प्रान्त, ब्रिटिश भारत (हाल उत्तर प्रदेश, भारत) |
मृत्यु | ११ जनवरी १९६६ ताशकन्द, सोभियत संघ (हाल उज्बेकिस्तान) | (उमेर ६१)
मृत्युुको कारण | विष सेवन (अनौपचारिक दाबी) |
चिहान | विजय घाट, नयाँ दिल्ली |
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
जीवन साथी | |
सन्तान(हरू) | ६ (हरिकृष्ण शास्त्री, अनिल शास्त्री, सुनील शास्त्री, अशोक शास्त्री, साधना शास्त्री, श्यामला शास्त्री) |
शिक्षा | काशी विद्यापीठ, वाराणसी |
जीवनवृति | राजनीतिज्ञ, स्वतन्त्रता सेनानी |
पुरस्कार | भारत रत्न (१९६६, मरणोपरान्त) |
उपनाम | नन्हे |
लालबहादुर शास्त्री (२ अक्टोबर, १९०४ - ११ जनवरी, १९६६),भारतको तेस्रो र दोस्रो स्थायी प्रधानमन्त्री थिए। उनी १९६३-१९६५को बीच भारतको प्रधान मन्त्री थिए। उनका जन्म मुगलसराय, उत्तर प्रदेशमा भएको थियो।
लालबहादुर शास्त्रीको जन्म १९०४मा मुगलसराय, उत्तर प्रदेशमा लाल बहादुर श्रीवास्तवको रूपमा भएको थियो। उनको पिता शारदा प्रसाद श्रीवास्तव (नाई) एक गरीब शिक्षक थिए, जो पछि राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई उत्तर प्रदेशको संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो। उनी गोविंद बल्लभ पंतको मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर)को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछि उनले भीडको नियंत्रणमा राख्नको लागि लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। १९५१ में, जवाहर लाल नेहरूको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले १९५२, १९५७ र १९६२को चुनावमा कांग्रेस पार्टीलाई ठूलो बहुमतबाट जिताउनको लागि धेरै परिश्रम गरे।
जवाहरलाल नेहरुको उनको प्रधानमन्त्रीको कार्यकालको समयमा २७ मे, १९६४को देहावसान भएपछी, शास्त्री जीले ९ जुन १९६४मा प्रधान मन्त्रीको पद भार ग्रहण गरे।
शिक्षा
[सम्पादन गर्नुहोस्]उनको शिक्षा हरिशचंद्र उच्च विद्यालय र काशी विद्यापीठमा भएको थियो। यहींबाट उनलाई "शास्त्री"को उपाधि पनि मिलो जुन उनको नामसँग जोडि रह्यो।
जीवन
[सम्पादन गर्नुहोस्]आफ्नो बुबा मिर्जापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरूमा उनी माईला थिए। शास्त्रीजीको दुई बहिनीहरू पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। १९२८मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसँग भयो र उनको छ: सन्तान भयो।
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी भारत सेवक सङ्घ सँग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनीतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध गाँधीवादी थिए जो सारा जीवन साधारण रूपमा बिताए र गरीबहरूको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। भारतीय स्वाधीनता संग्रामको सबै महत्त्वपूर्ण कार्यक्रमहरूमा उनको उपस्थिति थियो, र जेलहरूमा रहन पर्यो जसमा १९२१को असहयोग आन्दोलन र १९४१को सत्याग्रह आन्दोलन सबैभन प्रमुख छन्। उनको राजनीतिक दिग्दर्शकहरूमा श्री पुरुषोत्तमदास टंडन, पण्डित गोविंदबल्लभ पंत, जवाहरलाल नेहरु इत्यादि प्रमुख हुन। १९२९मा इलाहाबाद आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजीकपन नेहरूसँग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मन्त्रिमंडलमा गृहमन्त्रीको रूपमा उनी शामिल हुनु थियो। यस पदमा उनी १९५१ सम्म भै रहे।
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष १९६६मा भारत रत्नबाट सम्मनित गरियो।
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]- लालबहादुर शास्त्रीजीको प्रेरक प्रसंग
- Tarakash.com Special:शास्त्रीजीको जीवनको प्रेरक प्रसंग वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-११ मिति

यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/>
tag was found