जवाहरलाल नेहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जवाहरलाल नेहरू
Bundesarchiv Bild 183-61849-0001, Indien, Otto Grotewohl bei Ministerpräsident Nehru cropped.jpg
प्रथम भारतीय प्रधानमन्त्री
कार्यकाल
१५ अगस्त १९४७ – २७ मे १९६४
राष्ट्रपतिराजेन्द्र प्रसाद
सर्वपल्ली राधाकृष्णन
Governor GeneralThe Earl Mountbatten of Burma
चक्रवर्ती राजगोपालाचारी
Deputyवल्लभभाइ पाटिल
अग्रजप्रथम
उतराधिकारीगुल्जारिलाल नन्दा (Acting)
रक्षामन्त्री
कार्यकाल
३१ अक्टोबर १९६२ – १४ नोभेम्बर १९६२
अग्रजVengalil Krishnan Krishna Menon
उतराधिकारीYashwantrao Chavan
कार्यकाल
३० जनवरी १९५७ – १७ अप्रिल १९५७
अग्रजKailash Nath Katju
उतराधिकारीVengalil Krishnan Krishna Menon
कार्यकाल
१० फेव्ररी १९५३ – १० जनवरी १९५५
अग्रजN. Gopalaswami Ayyangar
उतराधिकारीKailash Nath Katju
अर्थमन्त्री
In office
१३ फेब्ररी १९५८ – १३ मार्च १९५८
अग्रजTiruvellore Thattai Krishnamachariar
उतराधिकारीमोरारजी देसाई
कार्यकाल
२४ जुलाई १९५६ – ३० अगस्त १९५६
अग्रजChintaman Dwarakanath Deshmukh
उतराधिकारीTiruvellore Thattai Krishnamachariar
अन्तर्राष्ट्रिय मामिला मन्त्री
कार्यकाल
१५ अगस्त १९४७ – २७ मे १९६४
अग्रजप्रथम
उतराधिकारीगुल्जारिलाल नन्दा
व्यक्तिगत विवरण
जन्म(१८८९-११-१४)१४ नोभेम्बर १८८९
अहमदाबाद, भारत
मृत्यु२७ मे १९६४(१९६४-०५-२७) (७४ वर्ष)
दिल्ली, भारत
राजनीतिक पार्टीभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथी(हरू)कमला कौल
सन्तान(हरू)इन्दिरा गान्धी
अल्मा माटरTrinity College, Cambridge
Inns of Court
पेशाBarrister
सहीछाप

जवाहरलाल नेहरू (नोभेम्बर १४, १८८९ - मे २७, १९६४)को जन्म उत्तर प्रदेशको इलाहाबादमा भएको थियो। उनी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री हुन्।

जीवनी[सम्पादन गर्ने]

जवाहर लाल नेहरूको जन्म इलाहाबादमा एक धनाढ्य वकील मोतीलाल नेहरूको घरमा भएको थियो। उनकी आमाको नाम स्वरूप रानी नेहरू थियो। उनी मोतीलाल नेहरूका एक्ला पुत्र थिए। इनका अलावा मोती लाल नेहरू का तीन छोरीहरू पनि थिए। नेहरू कश्मीरी वंशका सारस्वत ब्राह्मण थिए।

जवाहरलाल नेहरूले विश्वको केही राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो स्कूली शिक्षा हैरो र क्याम्पसको शिक्षा ट्रिनिटी क्याम्पस, लण्डन बाट पूरा गरेका थिए। यस पछि उनले आफ्नो कानुनको डिग्री क्याम्ब्रिज विश्वविद्यालय बाट पूरा गरे। बेलायतमा उनले सात वर्ष बिताए जसमा त्यहांको फैबियन समाजवाद र आइरिश राष्ट्रवादको लागि एक तर्कसंगत दृष्टिकोण विकसित गरे।

जवाहरलाल नेहरू १९१२ मा भारत फर्केर वकालत शुरू गरे। १९१६ मा उनको विवाह कमला नेहरू सँग भयो। १९१७ मा जवाहर लाल नेहरू होम रूल लीगमा शामिल भए। राजनीतिमा उनको असली दीक्षा दुई वर्ष १९१९ मा भयो जब उनी महात्मा गान्धीको सम्पर्कमा आए। त्यस समय महात्मा गान्धीले रोलेट अधिनियमको विरूद्ध एक अभियान शुरू गरेको थियो। नेहरू, महात्मा गान्धीको सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भए। गान्धीले पनि युवा जवाहरलाल नेहरूमा भारतको भविष्य देखे र उनलाई अगाडि बढ्न प्रेरित गरे।

नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरे। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपडा र महंगो संपत्ति त्याग गरे। उनी अब एक खादी कुर्ता र गाँधी टोपी लगाउन थाले। जवाहर लाल नेहरूले १९२०-१९२२ मा असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लिए र यसै क्रममा पहिलो चोटी गिरफ्तार भए। केही महिना पछि उनलाई रिहा गरियो।

जवाहरलाल नेहरू १९२४ मा इलाहाबाद नगर निगमको अध्यक्ष चुनिए र उनले शहरको मुख्य कार्यकारी अधिकारीको रूपमा २ वर्ष सेवा गरे। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो जो उनलाई तब काम आयो जब उनी देशको प्रधानमन्त्री बने। उनले आफ्नो कार्यकालको प्रयोग सार्वजनिक शिक्षाको विस्तार, स्वास्थ्यको देखभाल र स्वच्छताको लागि गरे। १९२६ मा उनले ब्रिटिश अधिकारी हरू बाट सहयोगको कमी भएको भनेर राजीनामा गरे। १९२६ बाट १९२८ सम्म, जवाहर लालले अखिल भारतीय काङ्ग्रेस समितिको महासचिवको रूपमा सेवा गरे। १९२८-२९ मा, कांग्रेसको वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूको अध्यक्षतामा भयो। त्यस अधिवेशनमा जवाहरलाल नेहरू र सुवासचन्द्र बोसले पूर्ण राजनीतिक स्वतन्त्रताको मागको समर्थन गरे, जबकि मोतीलाल नेहरू र अन्य नेताहरूले ब्रिटिश साम्राज्यको भित्र नै प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनु पर्ने मागको समर्थन गरे। मुद्दाको हल गर्न गान्धीले बीचको बाटो निकालेर भने कि ब्रिटेनलाई भारतलाई राज्यको दर्जा दिनका लागि २ बर्षको समय दिइनेछ र यदि यस्तो नभएमा काङ्ग्रेस पूर्ण राजनीतिक स्वतन्त्रताको लागि एक राष्ट्रीय संघर्ष शुरू गर्नेछ। ब्रिटिश सरकारले यसको कुनै जवाफ दिएन।

डिसेम्बर १९२९ मा, कांग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे जसमा जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीको अध्यक्ष चुनिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो जसमा भारत स्वतन्त्रताको माग गरियो। २६ जनवरी, १९३० मा लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र भारतको झण्डा फहराए। गान्धी जीले पनि १९३० मा सविनय अवज्ञा आन्दोलनको आह्वान गरे। आन्दोलन निकै सफल रह्यो र यसले बेलायत सरकारलाई प्रमुख राजनीतिक सुधारको आवश्यकता स्वीकार गर्न बाध्य बनायो।

जब ब्रिटिश सरकारले भारत अधिनियम १९३५ प्रख्यापित गरे तब काङ्ग्रेस पार्टीले चुनाव लडने फैसला गर्‍यो। नेहरू चुनाव भन्दा बाहिर रहे तर जोरका साथ पार्टीको लागि राष्ट्रव्यापी अभियान चलाए। कांग्रेसले लगभग हर प्रांतमा सरकार गठन गर्‍यो[ र केन्द्रीय असेंबलीमा सबैभन्दा बढी सीट जित्यो। नेहरू कांग्रेसको अध्यक्ष पदमा १९३६, १९३७ र १९४६ मा चुनिएका थिए र राष्ट्रवादी आन्दोलनमा गान्धी पछाडी द्वितीय स्थान हासिल गरे। उनलाई १९४२ मा भारत छोडो आन्दोलनमा गिरफ्तार पनि गरियो र १९४५ मा छोडियो। १९४७ मा भारतपाकिस्तानको मुक्तिको समय उनले अङ्ग्रेजी सरकारसँग भएको वार्तामा महत्वपूर्ण रूपमा भाग लिए।

१९४७ मा उनी स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बने। अङ्ग्रेजले करीब ५०० राज्य रजौटालाई एक साथ स्वतन्त्र गरेको थियो र त्यसबेला सबैभन्दा ठूलो चुनौती ती राज्य रजौटाहरूलाई एउटा झण्डा मुनी ल्याउनु। उनले भारतको पुनर्गठनको मार्गमा आएको हर चुनौतीको समझदारी पूर्वक सामना गरे। जवाहरलाल नेहरूले आधुनिक भारतको निर्माणमा महत्वपूर्ण भूमिका निभाए। उनले योजना आयोगको गठन गरे, विज्ञान र औद्योगिक विकासलाई प्रोत्साहित गरे र तीन लगातार पञ्चवर्षीय योजना शुभारंभ गरे। उनको नैतिको कारण देशमा कृषि र उद्योगको एक नया युग शुरु भयो। नेहरूले भारतको विदेश नैतिको विकासमा एक प्रमुख भूमिका निभाए।

जवाहर लाल नेहरूले जोसेफ ब्रज टीटो र अब्दुल गमाल नासिरको साथमा मिलेर एसिया र अफ्रीकामा उपनिवेशवादको अन्त्यका लागि एक असंलग्न आन्दोलनको रचना गरे। उनी कोरियाली युद्धको अन्त्य गर्न, स्वेज नहर विवाद सुल्झाउन र कंगो समझौतालाई मूर्तरूप दिन जस्ता अन्य अन्तरराष्ट्रीय समस्या हरूको समाधानमा मध्यस्थको भूमिकामा रहे। पश्चिम बर्लिन, अस्ट्रिया, र लाओस लगायत अन्य विस्फोटक मुद्दाको समाधानमा पर्दा पछाडी बाटै उनको महत्वपूर्ण योगदान रह्यो। उनलाई वर्ष १९५५ मा भारत रत्न बाट सम्मनित गरियो।

तर नेहरूले पाकिस्तान र चीनसँग भारतको सम्बन्धमा सुधार ल्याउन सकेनन्। पाकिस्तान सँग एक सम्झौता सम्म पुग्नलाई कश्मीर मुद्दा र चीनको साथ मित्रतामा सीमा विवाद बाटाका काडा साबित भए। नेहरूले चीन सित मित्रताको हात पनि बढाए, तर १९६२ मा चीनले धोकापूर्ण आक्रमण गर्‍यो। नेहरूको लागि यो एक ठूलो झटका थियो र शायद उनको मृत्यु पनि यही कारण भयो। २७ मे, १९६४ मा जवाहरलाल नेहरू लाई हृदयघात भयो जसले उनको मृत्यु भयो।

आलोचना[सम्पादन गर्ने]

धेरै मानिसहरूको विचार छ कि नेहरूले अन्य नेताको तुलनामा भारतको स्वतन्त्रता संग्राममा कम योगदान दिएका थिए। तापनि गान्धीजीले उनलाई भारतको प्रथम प्रधानमन्त्री बनाए भारतका अरू विभिन्न समस्याहरूमा पनि नेहरूलाई जिम्मेवार मानिन्छ जसमध्ये केही तल उल्लेख गरिएको छ।

  • लेडी माउंटबेटनको साथ नजीकको सम्बन्ध
  • काश्मीरको समस्या
  • चीनद्वारा भारत माथि हमला
  • मुस्लिम तुष्टीकरण (मुसलमानलाई सन्तुष्ट गराईरहने)
  • भारत द्वारा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि चीनको समर्थन
  • भारतीय राजनीतिमा वंशवादलाई बढावा दिनु
  • हिन्दीलाई भारतको राष्ट्रभाषा बनाउनमा ढीलो गर्नु वा अन्तमा अनन्तकालका लागि स्थगन।
  • भारतीय राजनीतिमा कुलीनतन्त्र कायम गर्नु
  • गान्धीवादी अर्थव्यवस्थाको हत्या एवं ग्रामीण भारत लाई नदेख्नु
  • भारतीय इतिहास लेखनमा गैर-काङ्ग्रेसी तत्त्वको अवहेलना

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Montreal Gazette", Google News Archive, ९ जुन १९६४, पृ: ४। 
  2. Ramachandra Guha (२३ सेप्टेम्बर २००३), "Inter-faith Harmony: Where Nehru and Gandhi Meet Times of India", The Times Of India 
  3. In Jawaharlal Nehru's autobiography, An Autobiography (1936), and in the Last Will & Testament of Jawaharlal Nehru, in Selected Works of Jawaharlal Nehru, 2nd series, vol. 26, p. 612,

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]