उत्तर-पश्चिम प्रदेश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्तर-पश्चिम प्रदेश

उत्तर-पश्चिम प्रदेश ब्रिटिस भारतको एक प्रदेश थियो। उत्तर-पश्चिम प्रदेशको स्थापना पहिलाका हस्तान्तरित र अधिनस्थ प्रदेशका क्षेत्रहरूलाई एक-आपसमा गाभेर १८३६ ई० मा भयेको थियो। १८५८ ई० मा नवाब द्वारा शासित अवध अधिराज्यलाई अङ्ग्रेजहरूले अधीनमा लिई उत्तर-पश्चिम प्रदेशमा गाभेर नयाँ नाम उत्तर-पश्चिम तथा अवध प्रदेश राखेको थिए। १९०२ ई० मा यस प्रदेशलाई पुनः संगठित गरेर संयुक्त प्रदेश आगरा र अवध राखियो।[१] १८५८ देखी इलाहाबादलाई यस प्रदेशको राजधानी बनाईयो, त्यो बेला इलाहाबादलाई भारतको एक दिनको राजधानी पनि तोकिएको थियो।[२]

क्षेत्र[सम्पादन गर्ने]

यस प्रदेशमा वर्तमान भारतको उत्तर प्रदेशको सबै डिभिजन हरू थिए मात्र अवधको लखनऊ डिभिजन र फैजाबाद डिभिजन लाई छोडेर।[१] अन्य क्षेत्रहरू जुन बेला बेलामा यस प्रदेशमा गाभिएका थिए: दिल्ली क्षेत्र, १८३६ देखि १८५८, पछि दिल्लीलाई अङ्ग्रेजी भारतको पंजाब प्रदेशमा राखियो; अजमेर र मेवाड १८३२ अनि १८४६ देखि १८७१ सम्म, १८७१ मा अजमेर-मेवाडलाई ब्रिटिस भारतको एउटा छुट्टै सानो प्रदेशको दर्जा दिइयो; र सौगोर र नेरबुडा क्षेत्र १८५३ देखि १८६१, १८६१ मा सौगोर र नेरबुडा क्षेत्रलाई केन्द्रिय प्रदेशमा सम्मिलित गरियो।[१][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Imperial Gazetteer of India vol. XXIV 1908, p. 158
  2. Ashutosh Joshi (१ Jan २००८), Town Planning Regeneration of Cities, New India Publishing, पृ: २३७, आइएसबिएन 8189422820 
  3. Encyclopædia Britannica

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]