सामग्रीमा जानुहोस्

हस्तान्तरित र अधिनस्थ प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हस्तान्तरित र अधीनस्थ प्रदेश
the ब्रिटिस भारतको क्षेत्र
१८०५–१८३४

हस्तान्तरित र अधीनस्थ प्रदेश १८०५ भन्दा पहिला र पछि
राजधानीआगरा
क्षेत्रफल 
• १८३५ (?)
९,४७९ किमी (३,६६० वर्ग माइल)
जनसङ्ख्या 
• १८३५ (?)
4500000
इतिहास
इतिहास 
• गठन
१८०५
• विघटन
१८३४
वर्तमान क्षेत्र
उत्तर प्रदेश
उत्तराखण्ड
राजस्थान
मध्य प्रदेश
हिमाचल प्रदेश
हरियाणा
दिल्ली

हस्तान्तरित र अधीनस्थ प्रदेश इस्ट इन्डिया कम्पनी द्वारा गठित र शासित (१८०५ ई ० देखी १८३४ सम्म) उत्तर भारतमा स्थित एउटा क्षेत्र थियो;[] यस प्रदेशमा वर्तमान भारतको—उत्तर प्रदेशको लगभग सबै क्षेत्र (लखनऊ डिभिजन र फैजाबाद डिभिजनलाई छोडेर), दिल्ली र १८१६ पछि कुमाउँ डिभिजन, चमोली जिल्लाको ठूलो क्षेत्र, पौडी गढवाल, देहरादून, रुद्रप्रयाग[] र गढवाल डिभिजनका केही हिस्सहरु पर्दथे।[] १८३६ ई० मा यस क्षेत्रको नाम नर्थ वेस्टर्न प्रोभिन्स राखियो र १९०४ मा आगरा प्रोभिन्स (युनाइटेड प्रोभिन्सेज अफ आगरा र अवध) भयो।[]

हस्तान्तरित प्रदेश

[सम्पादन गर्नुहोस्]

१९ औँ सदिको आरम्भमा, वर्तमान उत्तर प्रदेशको बनारस डिभिजन र इलाहाबादको किल्ला मात्र अङ्ग्रेजहरूको कब्जामा थियो[] १८०१ मा अवधको नवाब (सादात अलि खान) ले ब्रिटिश सरकारलाई जमन शाह दुर्रानीबाट हुन सक्ने हमलाको बचाव गर्नको निम्ति केही भूमि हस्तानतरण गरेका थिए।[] हस्तान्तरित यस भूमिमा गोरखपुर डिभिजन र बरेली डिभिजन थिए; यस डिभिजनमा पर्ने जिल्लाहरू थिए: इलाहाबाद, फतेहपुर, कानपुर, इटावा, मैनपुरी, एटा, मिर्जापुर को दक्षिणी क्षेत्र र कुमाउँ को तराई क्षेत्र थिए। यही हस्तान्तरित क्षेत्र "हस्तान्तरित प्रदेश" को नामले चिनिन थाल्यो। [] एक वर्ष पछि फर्रुखाबादको नवाबले फर्रुखाबाद जिल्ला अङ्ग्रेजहरूलाई हस्तान्तरित गरी दिए।[]

अधीनस्थ प्रदेश

[सम्पादन गर्नुहोस्]
चित्र:Ceded Conquered Provinces details.jpg
युनाइटेड प्रोभिन्सस (१९०८) को नक्शामा "हस्तान्तरित र अधिनस्थ प्रदेश" लाई देखाइएको छ।

द्वितीय मराठा-अङ्ग्रेज युद्ध पछि जेनरल गेराल्ड लेकले मेरठ डिभिजन (मेरठ युद्ध पछि अलीगढ पनि) लाई आफ्नो अधिन पारे, अनि छिटै पूरा आगरा डिभिजन (आगरा शहर सहित) र दिल्ली वरि-परिका जिल्लाहरू आफ्नो अधिन पारे।[] पछि अन्य क्षेत्र जोड्दै जमुनाको किनारे रहेको बाँदा जिल्ला र हमीरपुर जिल्लालाई आफ्नो अधीन लिए पछि जालौन जिल्लाको सानो भू-भाग पनि जोडे।[]

१८१६ ई० मा सुगौली सन्धि (नेपाल-अङ्ग्रेज युद्ध (१८१४-१८१६)) अन्तर्गत वर्तमान उत्तराखण्ड प्रदेशमा रहेको कुमाउँ डिभिजन र देहरादून जिल्ला नेपालसँग खोसियो।[]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ Imperial Gazetteer of India vol. XXIV 1908, p. 158
  2. It included the districts of Chamoli, Pauri, Dehradun, and Rudraprayag in present-day Garhwal division of Uttarakhand state; the Haridwar district of Uttarakhand had become a part of the Ceded and Conquered Provinces in 1805. The two remaining districts, Tehri Garhwal and Uttarkashi, of present-day Garhwal division of Uttarakhand state were part of the princely state of Tehri, and never a part of the Ceded and Conquered Provinces.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  • Alavi, Seema (१९९३), "The makings of Company power: James Skinner in the Ceded and Conquered Provinces, 1802–1840", Indian Economic and Social History Review 30 (4): 437–466, डिओआई:10.1177/001946469303000403 
  • Bayly, C. A. (२००२), Rulers, Townsmen, and Bazaars: North Indian Society in the Age of British Expansion 1770–1870, Delhi: Oxford University Press. Pp. 530, आइएसबिएन 0-19-566345-4 
  • Imperial Gazetteer of India vol. V (१९०८), Abāzai to Arcot ("Agra Province" pp. 71–72), Published under the authority of His Majesty's Secretary of State for India in Council, Oxford at the Clarendon Press. Pp. viii, 1 map, 437.। 
  • Imperial Gazetteer of India vol. XXIV (१९०८), Travancore to Zīra ("United Provinces" pp. 132–276), Published under the authority of His Majesty's Secretary of State for India in Council, Oxford at the Clarendon Press. Pp. vi, 1 map, 437.। 
  • Mann, Michael (१९९५), "A permanent settlement for the Ceded and Conquered provinces: Revenue administration in north India, 1801-1833", Indian Economic and Social History Review 32 (2): 245–269, डिओआई:10.1177/001946469503200205