मुटुको धड्कन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० डेखि १०० पटकजति धड्कन्छ । यो मुटुको फैलने र खुम्चने कृयाले हुने हो । यसैलाई मुटुको धड्कन भनिन्छ । मुटुको धड्कन उमेर, लिङ्ग र काम हेरि फरकफरक हुन्छ । बच्चामा मुटुको धड्कन बढी हुन्छ भने बूढो मानिसमा यसको गती कम हुने गर्दछ । चिन्ता, शारीरिक परिश्रम, डर, ज्वरोले पनि मुटुको धड्कन बढ्छ ।