मुटु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानव मुटु
मानव मुटुको धड्कन

मुटु मानव लगायत भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अङ्ग हो, जसले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ ।[१] एक दिनमा मुटु झंडै १ लाख पटक धड़किंछ।

सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन रगत पम्प गर्ने गर्छ।मुटुमा चारवटा भाग हुन्छन्,जसमा दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल हुन्छन।

गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन्।मुटुएउटा शंक्तिशाली मांसपेशिक अङ्ग हो।यो शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ। मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई "पेरिकार्डिम"भनिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

पहिलो ओपन हार्ट सर्जरी सन् १८९३मा डा. डानियर हल विलियमले गरेका थिए।सन् १९६७मा दक्षिण अफ्रिकाको केप टाउनमा पहिलो पटक मुटुको सफल प्रत्यारोपण गर्ने काम सम्पन्न भएको थियो।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Taber, Clarence Wilbur; Venes, Donald (२००९), Taber's cyclopedic medical dictionary, F. A. Davis Co., पृ: 1018–23, आइएसबिएन 0-8036-1559-0 

बाह्य सुत्र[सम्पादन गर्नुहोस्]