पात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पात भनेका प्राय सबैजसो बोटरुखहरूका हाँगा हरूमा हुने हरियो रंगका साना-ठुला विभिन्न आकार र प्रकारका पत्ती हुन् | पातहरू बढीजसो गाईवस्तुहरूलाई खुवाउन प्रयोग गरिन्छन् तर पातका विभिन्न प्रयोग हुन सक्छन् । पात प्राय जसो हरियो हुन्छ, जसको कारण क्लोरोफिल नामक तत्व हो।

पात : शब्दहरु[सम्पादन गर्नुहोस्]

पातलाई अङ्ग्रेजीमा लीफ भनिन्छ।

पातका बारे बयान गर्न प्रयोग गरिने शब्दहरु अङ्ग्रेजीमा
पातका बारे बयान गर्न प्रयोग गरिने शब्दहरु अङ्ग्रेजीमा

पातका विशेषताहरु[सम्पादन गर्नुहोस्]

सामान्यतया विभिन्न रुख वा बोटविरुवाको प्रकारसँगै पातका आकारहरूमा पनि फरक पर्ने हुन्छ । प्रकाश संश्लेषणका लागि नै पातको मुख्य भूमिका हुने भएकाले पातको त्यसै अनुरुप विकास हुँदै आएको हो । घामका किरणलाई पातमा पार्नका लागि , हावाबाट कार्वनडाइक्साइडलाई लिनका लागि पात मिलेर बसेको हुन्छ तर हुरी चल्ने ठाउँहरूमा , हिउँ पर्ने ठाउँहरूमा , पानी नपर्ने सुख्खा ठाउँहरूमा पनि पातको आफ्नै किसिमबाट विकास भएका छन् ; तिनका आफ्नै मुख्य कार्य हुने गर्छन्।

जराबाट शोसिएको पानी, घामका प्रकाश, स्टोमाटाबाट लिइएको हावा र पातमै भएको क्लोरोफिल : तिनीहरूक भूमिकाबाट पातले खाना बनाउने गर्छ जुन कार्बोहाइड्रेट र पछि स्टार्चका रूपमा पनि रहने गर्छ ।

अङ्गुरको पात

साह्रै जाडो मौसममा वा साह्रै गर्मी याममा पातहरु झर्ने गर्छन् र अनुकूल वातावरणमा फेरि पलाउने गर्छन् । जमिनमा सुकेका पात कुहिनाले पनि माटोको उर्वर शक्तिलाई मदत गर्छ ।

शरद ऋतुमा सुकेर झरेको पात

पात र अन्य जन्तु[सम्पादन गर्नुहोस्]

पातको नक्कल गर्ने एक किरा


पात किराले खाइएको अवस्थामा

पात सबै वनस्पतिको खाना बनाउने माध्यम हो ।किटले पात खानाको रूपमा प्रयोग गर्ने गर्छन् । केहीका लागि वासस्थान त केहीका लागि शत्रुबाट बच्न पनि किराहरु पातको प्रयोग गर्छन् ।

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=पात&oldid=902578" बाट अनुप्रेषित