सासंक प्रतिष्ठान, झापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वतनत्र लेखन र मुक्त संस्कृतिमा आस्था राख्ने सिर्जनशील लेखक, कलाकार, रङ्गकर्मी एवं समाजसेवी व्यक्तित्वहरूको स्वतन्त्र मञ्चका रूपमा उपयोग गर्न सकिने गरी कवि एवं साहित्यकार वैरागी काइँलाको धुलाबारी स्थित घरमा २०४७ जेठ २८ गते डाकिएको भेलाले प्रसिद्ध समालोचक गणेशबहादुर प्रसाईंको अध्यक्षतामा साहित्य, संस्कृति र कला (सासंक) प्रतिष्ठान नामक संस्था स्थापना भएको देखिन्छ । यस प्रतिष्ठानले झापाली साहित्यिक सङ्घ संस्थाहरूको समन्वय गरी प्रत्येक वर्ष एउटा राम्रो कार्यक्रम गर्दै आएको भएता पनि वर्तमान समयमा यो निष्क्रिय प्राय देखिएको छ । यसको स्थपना कालको तदर्थ समिति यसप्रकार रहेको छ –

१.छविलाल खतिवडा – अध्यक्ष
२.अमृतलाल श्रेष्ठ – उपाध्यक्ष
३.कृष्ण धरावासी – सचिव
४.पुनितकुमार वंशल – कोषाध्यक्ष
५.वैरागी काइँला - सदस्य
६.हरिकुमार श्रेष्ठ – सदस्य
७.कविराज पोखरेल – सदस्य
८.भरत भुर्तेल – सदस्य
९.शिरोमणि खतिवडा – सदस्य
१०.चेतनाथ शर्मा – सदस्य
११.चन्द्रकुमार भट्टराई – सदस्य
१२.चेतकुमारी दहाल – सदस्य
१३.दुर्गा दहाल – सदस्य

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]